• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, जेठ ३०, २०८३
☰
शनिबार, जेठ ३०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

तम्बा भिरमा महको सिकार


  •   बिहिबार, बैशाख २०, २०८१ मा प्रकाशित
  • धादिङ । गंगाजमुना गाउँपालिकाको २ र ३ को सिमानामा ताप्राङ खोलामा रहेको निकै कहाली लाग्दो तम्बा भिर । भिरको बिचमा निकै सुन्दर देखिने माहुरीका २९ वटा चाका । दुई दिनदेखिको तयारीपछि भिरमा टाँगिएका डोरीको भर्‍याङ । मौरीको गोला रहेको मुन्तिर हरियो स्याउला बालेर धूवाँ पुतपुताइन्छ । मौरीलाई वनमा डढेलो लागेको जस्तो देखाएर ध्यान भङ्ग गर्न र मान्छेलाई नटोकोस् भनेर त्यसो गरिन्छ । धूवाँ पुतपुताएपछि मौरीले गोला छोड्दै जान्छ ।

    Advertisement

    कोक्रो बाँधेको डोरी तान्ने, छोड्ने गर्छन् । उमानाथ गोलाको सोझै आइपुगेपछि तोस्रोले मह काढ्छन् । कोक्रोमा थाप्छन्  । तल जयबहादुर क्षत्री र प्रेमबहादुर पौडेल क्षत्री कोक्रो कुरेर बस्छन् । चाका आएपछि हातैले निचोरेर मह जम्मा गर्छन् ।

    मह काढ्दा प्रयोग हुने भाषा अलग्गै छ । कोक्रो बाँधेको डोरी बिस्तारै–बिस्तारै छोडिन्छ, गोलानेरै कोक्रो आएपछि चिच्याइन्छ जसमा खुसीको भाव देखिन्छ । चाका जम्मा गरेर कोक्रो छोडेपछि माथि बसेकाले डोरी छाड्दै तल पुर्‍याउँछन्। तल चाका जम्मा भएपछि हर्षोल्लासको वातावरण देखा पर्दछ । माथि बसेकाले डोरी तान्छन् । डोरीमा झुन्डिएर महको सिकार गर्नेका लागि खाना र पानीको व्यवस्था डोरीको नै माध्यमबाट गरिन्छ ।

    तम्बा भिर माहुरीको बासले मात्र होइन सँगै रहेको झरनाको दृश्यले निकै मन लोभ्याउँछ । भिरमा मानिस झुण्डिर मह सङ्कलन गरेको दृश्यलाई कलकलाउँदै बहेको पानी र माथिबाट झरेको झरना निके मनमोहक देखिन्छ । साहसिक पर्यटनको अत्यधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२ तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’ गरिएको छ । ‘गङ्गाजमुना तीनसुरे पदमार्ग’को अनुसन्धान तथा प्रवर्द्धनको अन्वेषणका लागि पुगेको ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान), गंगाजमुना गाउँपालिकाको संयुक्त टोलीको उपस्थितिमा तेम्बा भिरमा ‘हनी हन्टिङ’ गरिएको हो ।

    उक्त महfभिर गङ्गाजमुना–२ र ३ को सिमाना ताप्राङ खोलामा पर्दछ । गङ्गाजमुना–३ का वडाध्यक्ष राजकुमार गुरुङले वडाभित्रका पर्यटकीय क्षेत्रको खोज गरी संरक्षणमा वडा लागेको बताउनुभयो । बुधबारदेखि सुरु भएको भिरमौरी मह निकाल्न चार दिन लाग्ने छ । भिरमौरीको मह निकाल्नका लागि री गाउँका चन्द्रबहादुर तामाङ, कुर्मु तामाङ, दुर्गा तामाङ सुरक्षा सामग्री सहित भिरमा टाँगिएको डोरी बसेर आगो लगाउने, चाका काट्ने लगायतका काम गरिरहेका देखिन्छ । भिर मौरीको मह वर्षमा दुईपल्ट काढिन्छ । जेठमा काढ्ने मह विषाक्तसमेत हुनसक्छ । उक्त महले कसै–कसैलाई नसहने र बिरामी नै बनाउने किसिमको हुन्छ । रातो गुराँसमा पाइने रसबाट बन्ने महले मात लाग्छ । मङ्सिरमा काढ्ने मह भने पोसिलो हुन्छ । भिर मौरीको महलाई स्थानीयवासीले औषधिका रूपमा प्रयोग गर्दै आएका कुर्मु तामाङ बताउनुहुन्छ ।

    तामाङ भाषामा ‘ह्यारा’को अर्थ भिरमौरी भन्ने बुझिन्छ । गङ्गाजमुना–२ का वडाध्यक्ष बलबहादुर तामाङले तेम्बा भिरमा पुर्खाहरूको पालादेखि मह झिक्ने चलन भएको र हालसम्म त्यसले निरन्तरता पाएको बताउनुहुन्छ । मह झिक्नका लागि नजिकै रहेको लताप, धुसेनी र तावलका स्थानीय बासिन्दाको मात्रै सहभागिता रहने गरेको छ । मह झिक्न भिरमा प्रयोग हुने डोरीको भर्‍याङ लगायतको सामग्री खरिद गर्न हाल ‘री’ गाउँका ६ युवाले दुई लाख लगानी गरेर गरेको र उत्पादन भएको मह एक हजार पाँच सयदेखि दुई हजारसम्ममा बिक्री वितरण गरिँदै आएको वडाध्यक्ष तामाङले बताउनुभयो ।

    भिरमौरीको महलाई आगामी दिनमा संरक्षण समिति बनाएर उत्पादन गरिने अध्यक्ष तामाङको भनाइ छ । उक्त महभिरमा विगत दुई सय वर्षदेखि भिरमौरीको मह निकालिँदै आएको स्थानीय वृद्ध आइतराम तामाङ बताउनुहुन्छ ।

    गंगाजमुनाका प्रमुख प्रशासकीय अधिकृत अनिल श्रेष्ठले विगत लामो समयदेखि भिरमौरीको मह उत्पादन हुँदै आएको तेम्बा भिरमा मह उत्पादनका लागि आवश्यक सामग्री गाउँपालिकाले व्यवस्थापन गरेर पर्यटन प्रवर्द्धनमा सहयोग गर्दै आएको बताउनुभयो । श्रेष्ठका अनुसार यस क्षेत्र साहसिक पर्यटनको अत्यधिक सम्भावना भएको क्षेत्र भएकाले महबाहेक क्यानोनिङका समेत सम्भावना देखाएकाले गाउँपालिकाले यसको सम्भाव्यता अध्ययन गरेर अगाडि बढ्ने जानकारी दिनुभयो ।

    भिरमा रहेको महलाई बेचेर मात्र होइन उक्त स्थानलाई अवलोकनस्थल बनाएर पर्यटन भित्र्याउने योजना गाउँपालिकाले राखेको छ ।(गोरखापत्र)

    बिहिबार, बैशाख २०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २४ गते (७

    • २.
      आज २०८३ साल जेठ २५ गते (८

    • ३.
      आज २०८३ साल जेठ २६ गते (९

    • ४.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer