• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, जेठ २८, २०८३
☰
बिहिबार, जेठ २८, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

  • ५. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

अजिरकोटको जुम्ल्याह खोला भिरमा ‘हनी हण्टिङ’, मह खाँदा सात जना बिरामी


  •   शुक्रबार, बैशाख २१, २०८१ मा प्रकाशित
  • गोरखा । गोरखाको अजिरकोट गाउँपालिकामा साहसिक पर्यटन प्रवद्र्धन गर्दै परम्परागत पेशालाई व्यवसायिक बनाउदै लैजाने उद्देश्य सहित भिरमौरीको मह सिकार ‘हनी हन्टिङ’ गरिएको छ । अजिरकोट–२ ओलाङ गाउँस्थित जमिनबाट करिब ८ सय मिटरको उचाईमा रहेको डरलाग्दो जुम्ल्याहा खोला भिरमा डोरीको सहायताले भिरमौरीको मह सिकार गरिएको गाउँपालिकाकी उपाध्यक्ष अनिता भजुेलले जानकारी दिनुभयो ।

    Advertisement

    ‘‘अहिले राम्रो उत्पादन हुने याम पनि हो, उहाँले भन्नुभयो,‘‘ओलाङ गाउँका स्थानीय अनुभव प्राप्त११जना व्यक्तिहरु डोरीको सहायताले भिरमा पुगेर ‘हनी हन्टिङ’ गरिएको हो ।’’ सो क्रममा पाँच पाथीभन्दाधेरै मह संकलन गरिएको उपाध्यक्ष भुजेलले जानकारी दिनुभयो । ‘‘हामीले भिरमा भएजत्ति सवै मह सिकार गरिएन, उहाँले भन्नुभयो, ‘‘चारपाँच वटा गोलाबाट मात्रै झण्डै पाँचपाथी भन्दा धेरै मह संकलन भएको छ ।’’

    ओलाङ क्षेत्रमा पाइने भिरमौरीको मह प्रतिमाना दुई हजार रुपैयाभन्दा बढी मूल्यमा बिक्री हुने गरेको छ । ‘‘त्यहाँका स्थानीयले भिरमौरीको मह धेरैजसो त कोसेलीको बाढ्ने प्रचलन छ, उपाध्यक्ष भुजेलले भन्नुभयो, ‘‘खरिद बिक्री गर्दा एक मानाको दुई हजार रुपैयाभन्दा बढीमा बिक्री हुन्छ ।’’ भिरमौरीको मह अत्याधिक पाइने त्यसक्षेत्रको संरक्षणका गाउँपालिकाले विशेष योजना बनाउन लागेको छ ।

    ‘‘अत्याधिक भिरमौरीको मह उत्पादन हुने जुम्ल्याहा खोलाको भिरमा यसअघि स्थानीयले याम मिलाएर मह झिक्ने गर्दै आएका छन् । उहाँले भन्नुभयो, ‘‘त्यसलाई अब व्यावसायिक बनाउदै स्थानीयको आयआर्जन वृद्धिका लागि पर्यटन पवर्द्धनसँग जोड्दै लैजाने उद्देश्यले यसपटकदेखि विशेष कार्यक्रम नै गरेर मह सिकार गरिएको हो ।’’ गाउँपालिकाले भिरमौरीको मह सिकार आधुनिक ढङ्गबाट गर्नका लागि आवश्यक सामग्री खरिद गरेर गरेको छ ।

    त्यस्तै ‘हनी हण्टिङ’ गरिने क्षेत्रसम्म गोरेटो बाटो निर्माणका गर्ने तयारी भइरहेको उहाँले बताउनुभयो । ‘‘यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकले ‘हनी हन्टिङ’ गरिने भिरको अवलोकन गर्नका आउजाउ गर्न सजिलो हुनेगरी गोरेटो बाटो निर्माण गर्ने योजना पनि बनाएका छौँ । उहाँले भन्नुभयो, ‘‘ओलाङ पुग्ने पर्यटक एकपटक हनी हन्टिङ गरिने ठाउँको अवलोकन गर्न पुगोस् भन्ने हाम्रो चाहना हो ।’’
    भिरमौरीको मह सिकार गर्ने पेशामा युवाको आकर्षण बढाउँदै यसैका माध्यमबाट अजिरकोटमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिने भएकाले यसलाई व्यावसायिक रुपमा सुदृढ गर्दैअघि बढाउन लागिएको गाउँपालिका अध्यक्ष दीपक देवकोटाले बताउनुभयो । गाउँपालिकाले अब हरेक वर्षको एकदिन ‘हनी हन्टिङ’ गर्ने दिनलाई फेस्टिबलको रुपमा अगाडि बढाउने उहाँको भनाइ छ ।

    जुम्ल्याह खोला भिरलगायतका ओलाङका अन्य क्षेत्रमा साहसिक पर्यटनका लागि अत्यधिक सम्भावना भएकाले त्यसको समेत सभाव्यता अध्ययन गर्न लागिएको अध्यक्ष देवकोटाले बताउनुभयो । ‘पर्यटनमैत्री नमूना गाउँ प्रवर्द्धन तथा जीविकोपार्जन परियोजना’ अन्तर्गत ओलाङलाई नमूना गाउँको रुपमा विकास गर्न लागिएको छ ।

    ‘‘गण्डकी प्रदेश सरकार र गाउँपालिकाको साँझेदारीमा ओलाङ गाउँलाई नमूना गाउँको रुपमा विकासका लागि यहाँ व्यावसायिक ट्राउट माछापालन, होमस्टे सञ्चालन, स्थानीय जडिबुटीको उत्पादन तथा प्रवर्द्धन लगायतका कार्यक्रम सञ्चालन गर्न लागिएको छ, उहाँले भन्नुभयो, ‘‘त्यसका लागि प्रदेश सरकार र स्थानीय सरकारको साँझेदारीमा एक करोड बजेट विनियोजन भएको छ ।’’

    भिरमौरीको मह खाँदा बिरामी

    गाउँपालिकाको आयोजनामा भएको भिरमौरीको मह सिकारपछि मह खाँदा सात जना बिरामी परेका छन् । भिरमौरीको मह खाएर अजिरकोट –२ का वडाध्यक्ष कृष्णबहादुर गुरुङ, ३ का वडाध्यक्ष बाबुराम अधिकारी, गाउँपालिका योजना शाखाका प्रमुख अमरराज पङ्गेनी, प्राविधिक शाखाका अञ्जन खड्का, पदम गुरुङ बिरामी परेका छन् ।

    मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव राजन भट्टराई र सुरन पौडेल बिरामी परेका छन् । उहाँहरु सबै ‘हनी हन्टिङ’ कार्यक्रममा सहभागी हुनुभएको थियो । कार्यक्रममा पालिकाभित्रका पाँच सय जनाभन्दा बढीको सहभागिता रहेको थियो । भीरमौरीले स्थानीय तथा जङ्गलमा पाइने जडिबुटी तथा वनस्पतिका रसबाट मह तयार गर्ने भएकाले भिरमौरीको मह शक्तिवर्द्धक हुनुका साथै औषधिको रुपमा प्रयोग गर्न सकिन्छ । यो थोरै खाँदा पनि लाग्न सक्ने स्थानीयवासीको भनाइ छ ।

    शुक्रबार, बैशाख २१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २३ गते (६

    • २.
      आज २०८३ साल जेठ २४ गते (७

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८

    • ४.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९

    • ६.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer