• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, जेठ ३०, २०८३
☰
शनिबार, जेठ ३०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

घाँटीमा गिर्खा किन आउँछ ?


  •   शनिबार, बैशाख २२, २०८१ मा प्रकाशित
  • शरीरका विभिन्न अंगमा गिर्खा आइरहेको हुन्छ । अझ घाँटीमा अन्य अंगमा भन्दा बढी गिर्खा आएको देखिन्छ । घाँटीमा छालाको भित्र सानोदेखि ठूलो र नरमदेखि कडा खालको गिर्खा आउने गर्छ । सानो आकारको गिर्खा आएमा हेलचेक्र्याइँ गरी त्यत्तिकै छाडिदिने धेरैको बानी हुन्छ ।

    Advertisement

    तर घाँटीमा आउने यस्ता गिर्खा दीर्घकालीन समस्याको लक्षण पनि हुनसक्छ । घाँटीमा आउने गिर्खालाई तीन चरणमा विभाजन गर्न सकिन्छ- सामान्य, मध्यम र दीर्घकालीन ।

    सामान्य चरण

    भाइरल संक्रमण अर्थात् ज्वरो, रुघाखोकीले घाँटीमा गिर्खा आउन सक्छ । त्यस्तै दाँतमा कीराले खाएको छ, गिजामा पिप जमेको छ, गिजा सुन्निएको अवस्थामा पनि घाँटीमा गिर्खा आउन सक्छ । कानभित्र पिप जमेमा र टाउको छालामा संक्रमण वा टाउकोमा चायाको कारण घाउ वा पिप जमेमा पनि घाँटीमा गिर्खा आउन सक्छ । यस्तो अवस्थालाई सामान्य रुपमै लिंदा हुन्छ ।

    रुघाखोकी लाग्ने, ज्वरो आउने, टाउको दुख्ने, जीउ दुख्ने, घाँटी दुख्ने समस्याका कारण आउने गिर्खा सम्बन्धित रोगको उपचार गराएमा आफैं ठीक हुन्छ ।

    मध्यम चरण

    क्षयरोगको कारण पनि घाँटीमा गिर्खा आएको हुनसक्छ । घाँटीको गिर्खासँगै ज्वरो आउने, सुत्दा चिट्चिट् पसिना आउने, खोकी लाग्ने वा कहिलेकाहीं खोकी नलाग्न पनि सक्छ, खान मन नलाग्ने, तौल घट्दै जाने लक्षण देखापर्छ ।

    कसरी पहिचान गर्ने ?

    यसमा गिर्खा दुख्ने वा नदुख्ने दुवै हुनसक्छ । दुई-तीनवटा गिर्खा एकै ठाउँमा जमेर वा टाँसिएर बसेका र छुँदा अलि नरम खालका हुन्छन् ।

    दीर्घकालीन

    क्यान्सररोगका कारण पनि घाँटीमा गिर्खा आउने गर्छ । रगतको क्यान्सर, पेट तथा फोक्सो, ग्रन्थीको क्यान्सर पनि गिर्खाको रूपमा घाँटीमा आउन सक्छ । थाइराइड अर्थात् हार्मोनको गडबडीले पनि गिर्खा आउन सक्छ ।

    कसरी पहिचान गर्ने ?

    लामो समय रहने रोग जस्तै क्यान्सरमा दुख्ने र नदुख्ने दुवै खालका गिर्खा हुनसक्छ । केही क्यान्सरमा गिर्खा टाँसिएको हुँदैन तर घाँटीमा छुट्टाछुट्टै गिर्खा धेरै आएको हुन्छ । छुँदा रबरजस्तो तर अलि कडा खालको पनि हुन्छ । त्यस्तै कहिलेकाहीं क्यान्सरबाट आउने गिर्खा छालामा टाँसिएको पनि हुनसक्छ ।

    उपचार

    घाँटीमा मात्र नभई शरीरको जुनसुकै ठाउँमा गिर्खा आएमा पनि जनरल फिजिसियनलाई जाँच गराउनुपर्छ । त्यसपछि मात्र के कारणले गिर्खा आएको हो त्यसको उपचार हुन्छ । घाँटीमा आउने गिर्खाको समयमा उपचार गरिएन भने गिर्खा पाक्ने, पिप जम्ने समस्या हुनसक्छ । शल्यक्रियासमेत गर्नुपर्ने हुनसक्छ ।

    के–के जाँच गर्नुपर्छ ?

    रगत जाँच : रगतमा केही खराबीका कारण गिर्खा आएको हो कि भनेर रगत जाँच गरिन्छ ।

    अल्ट्रासाउण्ड : के कारणले गिर्खा आएको थाहा पाउन अल्ट्रासाउण्ड गर्नुपर्ने हुन्छ ।

    जटिल किसिमको गिर्खा भएमा गिर्खाबाट पानी निकालेर जाँच गर्नुपर्ने हुन्छ । जसलाई फाइन निडल एस्पिरेशन साइटोलोजी (एफएनएसी) भनिन्छ ।

    यसबाहेक बिरामीको आवश्यकताअनुसार बायोप्सी, एक्सरे, सिटी स्क्यान गर्नुपर्ने हुन्छ ।

    शनिबार, बैशाख २२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २४ गते (७

    • २.
      आज २०८३ साल जेठ २५ गते (८

    • ३.
      आज २०८३ साल जेठ २६ गते (९

    • ४.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer