• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, जेठ २९, २०८३
☰
शुक्रबार, जेठ २९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

  • ५. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

पाहुनालाई कोसेली ताराखोलाको मकै


  •   शनिबार, बैशाख २२, २०८१ मा प्रकाशित
  • बागलुङ । लेकाली चोयाले बुनेको चिटिक्कको डाली । डालीभरि भुटेको सिरिम्ले मकै । मकै पनि जिल्लाको ताराखोलाका । शनिबार यहाँ आयोजित एक समारोहका अतिथिलाई उपहारस्वरुप टक्र्याइएका बागलुङका रैथाने उत्पादन हुन् यी । स्थानीय उत्पादनको प्रवर्द्धन हेतु बागलुङ उद्योग वाणिज्य सङ्घले ‘मायाको चिनो’ अर्थात् कोसेलीका रूपमा अतिथिलाई डाली र मकै प्रदान गरेको हो ।

    Advertisement

    सङ्घको ६० औँ वार्षिक साधारण सभा समारोहका प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाललगायत अतिथिले खुसी र श्रद्धापूर्वक बागलुङको स्थानीय उत्पादनलाई उपहारका रूपमा ग्रहण गरे । मायाको चिनोमा आयातित वस्तु तथा सजावटका समान दिने प्रचलन रहँदै आएकामा सङ्घले भने स्थानीय उत्पादनलाई प्राथमिकता दिएको हो ।

    त्यस क्रममा प्रमुख अतिथि ढकालले सङ्घले स्थानीय उत्पादनलाई प्राथमिकता दिएकामा प्रसन्नता व्यक्त गर्नुभयो । “अतिथिलाई उपहारका रूपमा डाली र मकै दिनुभयो, खाजा पनि सेलरोटी र घरेलु अचार खुवाउनुभयो, यो निकै नै सराहनीय छ”, उहाँले भन्नुभयो, “यसले कृषि उपजका माध्यमबाट स्थानीयस्तरमा आर्थिक गतिविधि बढाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ ।” उहाँले परम्परागत सीप र प्रविधिमा आधारित वस्तुको बजारीकरण गर्न सके स्थानीयवासीको आयआर्जनमा सुधार ल्याउन सकिने धारणा राख्नुभयो ।

    अध्यक्ष ढकालले पछिल्लो समय ठुला मेला, महोत्सव र समारोहमा पुग्ने अतिथिहरूलाई स्थानीय उत्पादन उपहारका रूपमा दिने प्रचलन बढेको बताउनुभयो । “हामी कहाँ भएको मकै, भटमास, आलु, सिन्कीलगायतको उत्पादन र बजारीकरणलाई प्राथमिकता दिनु जरुरी छ”, उहाँले भन्नुभयो । अध्यक्ष ढकालले आफू देशका विभिन्न भूभागमा पुग्दा स्थानीय उत्पादनलाई जोड दिन आग्रह गर्ने गरेको सुनाउँदै गृहजिल्ला बागलुङले त्यसप्रति देखाएको जागरूकता प्रशंसनीय रहेको बताउनुभयो । “यसले जिल्लाको पहिचान पनि दिलाउँछ, स्थानीय उत्पादनप्रति सर्वसाधारणको चासो बढ्दै जान्छ”, उहाँले भन्नुभयो ।

    सङ्घका अध्यक्ष नरेश कँडेलले स्थानीय उत्पादनको प्रवर्द्धन होस् भनेर अतिथि उपहारका लागि डाली र मकै छानिएको बताउनुभयो । उहाँका अनुसार जिल्लाको ताराखोला गाउँपालिकामा उत्पादित मकै उपहारका रूपमा अतिथिहरूलाई प्रदान गरिएको हो । ताराखोलालगायत यहाँका लेकाली भेगमा लगाइने रैथाने जातको मकै स्वादिष्ट र पौष्टिक मानिन्छ । यहाँ आउने पाहुनाले पछिल्लो समय ताराखोलाकै मकै र आलु अनि भाँगो र सिस्नोको धुलो खोज्ने गरेका छन् । यस्तै निगालोको चोयाबाट बन्ने डोका, डालाडाली, नाङ्ला आदिका लागि पनि ताराखोला, बडिगाडको जलजलालगायत उपल्लो ग्रामीण भेग बढी चिनिन्छन् ।

    चैते दसैँलगायतका अवसरमा हुने मेला, महोत्सवमा ती ठाउँका किसान हप्तौँ दिन लगाएर डालाडाली र नाङ्ला बेच्न सदरमुकाम आइपुग्छन् । अध्यक्ष कँडेलले पछिल्लो समय ताराखोलाको मकै ‘ब्राण्ड’का रूपमा स्थापित भइसकेको बताउनुभयो । “यहाँको सिरिम्ले मकै विदेशसमेत निर्यात हुँदै आएको छ, भुटेर खाँदा मकै ज्यादै स्वादिलो छ, आटोका रूपमा खाँदा पनि उत्तिकै रुचाइन्छ”, उहाँले भन्नुभयो, “पछिल्लो समय होटल, रेष्टुराँमा पनि भुटेको मकैको खपत बढ्दो छ ।” गत पुसमा सञ्चालित बागलुङ महोत्सवमा पनि ताराखोलाको आलु, मकै, भाँगो, सिस्नोको धुलोलगायत स्थानीय उत्पादनले आकर्षण थपेका थिए । स्थानीय उत्पादनको व्यवसायीकरणका लागिसमेत सङ्घले किसान र व्यवसायीहरूलाई सहयोग गर्दै आएको अध्यक्ष कँडेलको भनाइ छ ।

    साधारण सभाकै अवसरमा काठेखोला गाउँपालिका-८ लेखानीमा कोदोको बिस्कुट उद्योग सञ्चालन गर्नुभएका चानसिँह श्रीसलाई नगदसहित सम्मान गरिएको अध्यक्ष कँडेलले जानकारी दिनुभयो । बागलुङ नगरपालिका-१ रामरेखास्थित मनसुन दालमोठ उद्योगका सञ्चालक यमप्रसाद कँडेलले ताराखोला गाउँपालिका, काठेखोला गाउँपालिका, म्याग्दीको गौसरालगायत ठाउँबाट ल्याएको मकै प्रशोधनपछि भुटेर बजार पठाउने गरिएको बताउनुभयो ।

    “उद्योगमा भुटेर प्याकेजिङ गरिएको मकै काठमाडौँ, भैरहवा, पोखरालगायत सहरमा पनि निर्यात हुँदै आएको छ, बाहिरका व्यापारीमार्फत बागलुङको मकै हङकङ र बेलायतमासमेत पुग्ने गरेको छ”, उहाँले भन्नुभयो, “विदेशी जाने बागलुङेहरूले कोसेलीका रूपमा पनि भुटेको मकै लाने चलन छ ।” मकैबाट आटो, रोटी, सातुलगायतका परिकार पनि बनाउन सकिने कँडेलले बताउनुभयो । सञ्चालक कँडेलले जाडो याममा दैनिक पाँच-छ क्विन्टल भुटेको मकै बजार जाने गरेको बताउनुभयो । “असोजदेखि चैतसम्म मकैको बिक्री धेरै हुन्छ, कुनै महिनामा त माग धान्नै गाह्रो हुन्छ, बागलुङको भुटेको मकै भनेपछि एक किसिमको ब्राण्ड बनेको छ”, उहाँले भन्नुभयो, “बाहिरी जिल्लाबाट धेरै माग आउने गरेको छ ।”

    उद्योगले गाउँका किसानबाट सिरिम्ले मकै खरिद गरी भुटेर बजारमा बेच्दै आएको छ । विषादरहितको रैथाने जात, उर्वरा माटो, लेकाली हावापानी आदि कारणले बागलुङका ग्रामीण भेगमा लगाइएको मकै उपभोक्ताको रोजाइमा पर्ने गरेको हो । बागलुङ बजारस्थित होटल आरतीका सञ्चालक कविता बस्नेतले ताराखोलाको मकै, आलु, भाँगो, च्याउ, सिन्की, गेडागुडीलगायत उत्पादनबाट बनेका परिकार पाहुनालाई चखाउने गरेको सुनाउनुभयो । “हाम्रो भान्छामा स्थानीय परिकार अनिवार्य पाक्छ, गाउँले खानाको स्वादले पाहुनाको पनि आकर्षण बढेको छ”, उहाँले भन्नुभयो, “मम: चाउमिनजस्ता खाजाको सट्टा आलु, मकै आदिका परिकार रोज्नेको सङ्ख्या बढ्दो छ ।”

    उहाँले पछिल्लो समय सहरी क्षेत्रका मानिस पनि परम्परागत खानाका परिकारतर्फ आकर्षित भइरहेको बताउनुभयो । “अग्र्यानिक उत्पादन भनेपछि ग्राहकले खुसी भएर खान्छन्”, उहाँले भन्नुभयो । होटल दि राजनका सञ्चालक राजन शाक्यले विशेष गरी ताराखोलाको मकै, आलु र भाँगो ग्राहकको रोजाइमा पर्ने गरेको बताउनुभयो । “होटलमा आउने पाहुनाले स्थानीय परिकार बढी रुचाउन थालेका छन्, यहाँको उत्पादन जिल्ला बाहिरपनि निर्यात हुँदै आएको छ”, सञ्चालक शाक्यले भन्नुभयो, “स्थानीय उत्पादनको प्रवर्द्धन र बजारीकरणका लागि उद्योग वाणिज्य सङ्घलगायत सम्बद्ध निकायले ध्यान दिनु जरुरी छ ।” रासस

    शनिबार, बैशाख २२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २३ गते (६

    • २.
      आज २०८३ साल जेठ २४ गते (७

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८

    • ४.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९

    • ६.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer