• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, जेठ २९, २०८३
☰
शुक्रबार, जेठ २९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

  • ५. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

किन खाने बट्टाईको अन्डा ? फाइदा जानिराखौ


  •   आइतबार, बैशाख २३, २०८१ मा प्रकाशित
  • काठमाडौं । नेपालमा बट्टाई पालन निकै फास्टाएको छ। बट्टाईको अन्डा र मासुलाई पौष्टिक खाद्य पदार्थ मानिन्छ। यसको मासुभन्दा पनि अन्डा निकै स्वास्थ्यबर्धक हुने विज्ञहरुको भनाइ छ। बट्टाईको अन्डा स्वास्थ्यका हिसाबले बच्चादेखि वृद्धसम्मलाई फाइदाजनक खुराक मानिन्छ।

    Advertisement

    बट्टाई कुखुरा जस्तै खोरमा थुनेर पालिन्छ। एक वर्गमिटर ठाउँमा करिब ५० वटा बट्टाई पाल्न सकिन्छ। एउटा वयस्क बट्टाईले एक दिनमा २५ ग्राम जति दाना खान्छ। बट्टाईले एक दिनमा प्राय: ५० मिलिलिटर जति पानी पिउँछ। हाल नेपालमा बट्टाईको लागि दाना उपलब्ध छैन, यसलाई कुखुराकै दाना दिएर पाल्न सकिन्छ।
    फाइदा :
    * साधारणतया: बट्टाइको अन्डा ९ देखि १० ग्राम हुने हुँदा यसमा १४ किलो क्यालोरी पाइन्छ। जसमा सोडियम, कोलेस्टेरोल, भिटामिन, प्रोटिन, चिल्लो पदार्थ र आइरन पाइन्छ। बट्टाईको अन्डाको साइज जति सानो हुन्छ, त्यति नै धेरै पौस्टिक तत्व बोकेको हुन्छ। बट्टाईको अन्डा नियमित रुपमा खाँदा धेरै नै फाइदा पुग्छ। झन् बुढाबूढी र बालबच्चाका लागि त अमृतसरह नै मानिन्छ।

    * बट्टाईको अन्डाले मस्तिष्कको विकास गराउँछ। यसमा आइरन पर्याप्त हुने हुँदा रेड ब्लड सेल उत्पादन भई अनेमिया हुनबाट बच्चाउँछ र महिलाको लागि अति राम्रो मानिछ। शरीरमा रहेको रगत सफा गर्न मद्त पुर्यारउँछ। बट्टाईको अन्डामा पर्याप्त प्रोटिन हुने हुँदा शरीरिक विकासका लागि यो आवश्यक तत्व मानिन्छ। एक अध्ययनअनुसार बट्टाईको अन्डाले डाइबिटिजका बिरामीलाई पनि निकै फाइदा पुर्यालउँछ। स्वस्थ शरीरको स्किनका लागि पनि यो अति नै उपयोगी सावित छ। शरीरमा शक्ति उत्पादन गरी उत्साह जगाउन पनि उपयोगी छ। तन्दरुस्त शरीरका लागि पनि बट्टाईको अन्डाले एक मसल बिल्डर रुपमा काम गरेको हुन्छ।

    * आँखाको भिजन र स्वास्थ्य कपालका लागि पनि राम्रो मानिन्छ। मुटुसम्बन्धी समस्या हुनेका लागि पनि बट्टाको अन्डा उपयोगी सिद्ध छ। हड्डीको विकास र कोलेस्टेरोल लेबलका लागि पनि राम्रो मानिएको छ। दाँतको समस्या हुने र डिप्रेसनका बिरामीका लागि पनि अमृत सरह मानिन्छ। अन्य अन्डा जस्तो बट्टाईको अन्डाले कुनै एलर्जी नहुने हुँदा जोकोहीले खान मिल्छ। यौनसम्बन्धी समस्या हुनेलाई अति उपयोगी र टिबी रोग लाग्नबाट जोगाउन मद्त गर्छ। अल्सर हुनेका लागि पनि अति नै राम्रो मानिछ बट्टाईको अन्डा।

    * शरीरमा भएको अनावश्यक टक्सिन निकाल्ने, किड्नी, लिभर र गलब्लाडरलाई उपयोगी मानिनुका साथै यसले रोगप्रतिधात्मक क्षमता वृद्धि गर्न र शरीरमा रहेका चोटपटक चाँडो निको पार्न मद्दत गर्छ। दम, निमोनिया, रुघाखोकी र ग्याष्ट्रिक कन्ट्रोल गर्न बट्टाईको अन्डाले सहयोग गर्ने पक्षी विज्ञहरु बताउँछन्। व्यायाम गर्नेहरुको शारीरिक विकासका लागि अति नै उपयोगी हुन्छ। बाथ र दमका रोगीहरुलाई उपयोगी हुन्छ। बच्चाको पौष्टिक, बौद्धिक तथा शारीरिक र मानसिक विकासको लागि फलदायी हुन्छ। विभिन्न रोगको दबाइ गर्नुभन्दा नियमित रुपमा बट्टाईको अन्डा सेवन गर्नसक्यो भने चमत्कारी परिवर्तन ल्याउँछ।

    अन्डा कसरी खाने

    * साधारणतया: बट्टाईको अन्डा काँचो खाँदा राम्रो मानिछ, किनकी यसमा जति पोस्टिक तत्व काँचोमा हुन्छ, त्यति पाकेकोमा हुँदैन। काँचो अन्डा खाँदा खासै स्वाद नहुने हुँदा सुन्तला, आँप या भुइँकटहरको जुसमा फिटेर खाँदा राम्रो मानिन्छ तर अन्डा भने ताजा हुन जरुरी छ।

    * बट्टाईको अन्डामा कुखुराको भन्दा चार गुणा ज्यादा प्रोटिन हुने हुँदा यसका विभिन्न परिकार बनाएर खान सकिन्छ। बट्टाईको अन्डाबाट विभिन्न सुप, सलाद, मेन कोर्स र क्यानपी, स्टुहरु बनाउन सकिन्छ। यसलाई उसिनेर बिहानको खाजाको रुपमा पनि लिन सकिन्छ। यसलाई अम्लेट या पोच गरेर पनि सहज रुपमा खान सकिन्छ।

    * बट्टाईको अन्डाको सलाद पनि विस्वभर निकै प्रसिद्ध छ। खानालाई सजाउन पनि बट्टाईको अन्डा अति उपयोगी मानिन्छ। पाँचतारे होटलहरुमा बट्टाईको अन्डाको विभिन्न परिकार मेनुमा समावेश गरिएको हुन्छ। स्वास्थ्यका हिसाबले निकै उपयोगी हुने हुँदा ग्राहकको माग ज्यादा हुने गर्छ।

    * बट्टाईको अन्डा उसिन्दा २ मिनेट मात्र पानी उमाल्नु राम्रो हुन्छ। अन्डा ताजा हो कि होइन भनेर चिन्न चिसो पानीमा डुबाउनुपर्छ। यदि डुबेमा ताजा र नडुबेमा बासी मानिन्छ। बट्टाईको अन्डा किन्दा ताजा छानेर मात्र किन्नुपर्छ र बहिरी सेललाई सफा गरेर मात्र फ्रिजमा सुरक्षित तबरले राख्नुपर्छ। फुटेको अन्डा कहिले पनि किन्नु हुँदैन्न।

    आइतबार, बैशाख २३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २३ गते (६

    • २.
      आज २०८३ साल जेठ २४ गते (७

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८

    • ४.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९

    • ६.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer