• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, जेठ २७, २०८३
☰
बुधबार, जेठ २७, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

  • ४. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

यि रोग लागेका बिरामीका लागि रामवाण हुन्छ सिस्नो


  •   मङ्गलबार, बैशाख २५, २०८१ मा प्रकाशित
  • काठमाडाैँ । सिस्नु हाम्रो गाउँघरतिर पाइन्छ । यसमा हुने रौंदार काँडाको स्पर्शले बिच्छीले टोकेझैं छालामा पीडा हुन्छ ।

    Advertisement

    यो टिप्न गाह्रो र पकाउन पनि झन्झट हुने भएकाले मध्यम र उच्च वर्गको रोजाइमा पर्दैन थियो । तर अहिले सिस्नुको महत्व वैज्ञानिक रुपमा समेत पुष्टि हुन थालेको छ । त्यसैले पछिल्ला दिनमा सिस्नु सम्पन्न वर्गले पनि औषधीका रुपमा खान थालेका छन् ।

    यसमा हुने मसिनो झुस फर्मिक अम्लले पोल्ने (जलन) वा हिस्टामाइनका कारण छाला सुन्निने गर्छ । यसको सोही बेफाइदाको कारण पहिले पहिले यातना दिन तथा सजाय दिन यसको प्रयोग गरिन्थ्यो ।

    सिस्नुले पोल्ने भएकाले पनि यसको सेवन कम भएको हो । तर पानीमा उमालेपछि ती पोल्ने तत्वहरू नास भएर जान्छन् ।

    सिस्नुमा भिटामिन ए, भिटामिन सी, भिटामिन डी, आइरन, पोटासियम, म्यागानिज, क्याल्सियम जस्ता पौष्टिक तत्व हुन्छ । यसमा भएको पोषक तत्व र औषधीय गुणले मानव स्वास्थ्यमा यसले अनेक फाइदा पुर्‍याउँछ ।

    मधुमेहमा फाइदाजनक

    टाइप २ मधुमेहमा सिस्नुको सेवन फाइदाजनक हुन्छ । यसमा ‘एन्टि–हाइपरग्लाइसेमिक’ एजेन्टहरू हुन्छन्, जसले ब्लड सुगरलाई नियन्त्रण गर्छ । बेलाबेलामा सिस्नुको सुप बनाउने, सिस्नुको धुलोलाई दालमा हालेर खाने वा तरकारीको रुपमा प्रयोग गर्नाले मधुमेह नियन्त्रण गर्न सकिन्छ ।

    घाउ चोट छिटो निको पार्छ

    सिस्नुमा हुने ‘हाइड्रोअल्कोहोलिक एक्स्ट्र्याक्ट’ले घाउ निको पार्न मद्दत गर्छ । यसमा एन्टि–इन्फ्लेमेटरी र एन्टि–ब्याक्टेरियल गुण पनि हुन्छ, जसले घाउहरू छिटो निको पार्नमा फाइदाजनक हुन्छ ।

    उच्च रक्तचाप नियन्त्रण गर्छ

    हिजोआज उच्च रक्तचापको समस्या सामान्य भइसकेको छ, यस्तो अवस्थामा पनि चिकित्सकको सल्लाह लिएर सिस्नुको सेवन गर्न सकिन्छ । सिस्नुमा पाइने एन्टि–हाइपरटेन्सिभ गुणहरूले रक्तचाप कम गर्न पनि मद्दत गर्छ । जसकारण उच्च रक्तचापको समस्यालाई कम गर्न सकिन्छ ।

    पाँचनसम्बन्धी समस्यामा पनि उपयोगी

    सिस्नुले पेटको स्वास्थ्यलाई पनि कायम राख्न मद्दत गर्छ । यसले पाचन प्रक्रियालाई ठीकसँग काम गर्न मद्दत गर्छ । साथै गलत खाने बानीका कारण हुने एसिडिटीको समस्यालाई हटाउन पनि सिस्नु उपयोगी हुन्छ । यसमा पाइने एन्टी अल्सर गुणले अल्सरको समस्यालाई कम गर्न पनि मद्दत गर्छ ।

    हाडजोर्नीको समस्याबाट जोगाउँछ

    यसमा क्याल्सियम पनि हुन्छ, जसले हड्डीलाई मजबुत बनाउने र ओस्टियोपोरोसिस रोगको जोखिम कम गर्छ । सिस्नुले शरीरमा क्याल्सियमको क्षयलाई रोक्छ र हड्डीहरू खोक्रो हुनबाट रोक्छ । साथै जोर्नी दुख्ने समस्याबाट राहत पाउन पनि सिस्नुको प्रयोग गर्न सकिन्छ । सिस्नुको एन्टि–इन्फ्लेमेटरी गुणले हड्डीको दुखाइ र सुन्निने समस्या कम गर्छ ।

    मृगौला स्वस्थ राख्छ

    मृगौलासम्बन्धी समस्या, पिसाबनलीको संक्रमण र मिर्गौलाको पत्थरीलाई पनि सिस्नु उपयोगी हुन्छ । यसले रगत शुद्धीकरण बढाउन, क्रिएटिनिन स्तर घटाउन मदत गर्छ । यसको सेवनले शरीरमा रहेको अतिरिक्त नुन पिसाबसँगै बाहिर निस्कन्छ । त्यसैले मृगौलासम्बन्धी समस्यामा पनि सिस्नुको सेवन उपयोगी हुन्छ ।

    ध्यान दिनुपर्ने कुरा

    लो ब्लड प्रेसरको समस्या भएका व्यक्तिले यसको सेवन गर्नु हुँदैन । यसमा ‘एन्टि–हाइपरटेन्सि व’ अर्थात् उच्च रक्तचाप नियन्त्रण गर्ने गुण हुन्छ, त्यसैले यसको सेवनले प्रेसर झन् कम हुनसक्छ । यसले एलर्जी वा छालामा दाग आउने समस्या निम्त्याउन सक्छ । त्यसैले यसलाई छुँदा वा धुँदा हातमा पञ्जा लगाउनुपर्छ ।

    अहिले बजारमा सिस्नुको पाउडर सजिलै उपलब्ध छ । यसलाई सुप, तरकारीको रुपमा वा दालमा मिसाएर प्रयोग गर्न सकिन्छ ।

    मङ्गलबार, बैशाख २५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २३ गते (६

    • २.
      आज २०८३ साल जेठ २४ गते (७

    • ३.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि

    • ४.
      आज २०८३ साल जेठ २५ गते (८

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९

    • ६.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer