• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, जेठ २९, २०८३
☰
शुक्रबार, जेठ २९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

  • ५. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

कोसीका चार जिल्लामा गोठ सुधार अभियान


  •   मङ्गलबार, बैशाख २५, २०८१ मा प्रकाशित
  • झापा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले पशुपालक किसानलाई सहयोग पुर्‍याउने लक्ष्यका साथ कोसी प्रदेशका चार जिल्लाका गोठ र नश्ल सुधार अभियान सञ्चालन गरेको छ ।

    Advertisement

    झापाको विर्तामोडमा रहेको संस्थाले झापा, मोरङ, इलाम र उदयपुरका किसानलाई समूहमा सङ्गठित गरी आवश्यक कर्जा, प्राविधिक सेवा र बजारीकरणमा सहयोग प्रदान गर्दै आएको हो ।

    सहाराका पाँच हजार सदस्यलाई उद्यमी बनाउने उद्देश्य राखेर गाई, बाख्रा, सुँगुर र कुखुरा फार्म सञ्चालन गर्न अभियानमा जोडिएको संस्थाका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले बताउनुभयो । उहाँका अनुसार यस वर्ष सात सय किसानलाई बाख्रापालक उद्यमी बनाइएको छ ।

    “परम्परागत तरिकाले गरिएको पशुपालनबाट उल्लेख्य उपलब्धि हासिल हुँदैन भनेर हामीले किसानलाई बुझाउँछौँ । आधुनिक सीप र प्रविधिको ज्ञानका साथै आवश्यक सहयोग गर्दै आएका छौँ”, गिरीले भन्नुभयो, “सदस्यहरुको समूह बनाएर गोठदेखि बजारसम्म सबै प्रकारको सहयोग पुर्‍याउँदै आएका छौँ ।” गाई फार्म र बाख्रापालनमा आबद्ध किसानको घरदैलोमा पुगेर सेवा दिने व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो ।

    बाख्राको नश्ल सुधारका लागि यसै साता झापाको दुई, मोरङ र इलामका एक÷एक गरी चार वटा समूहलाई उन्नत जातको बीउ बोका निःशुल्क वितरण गरिएको संस्थाका कृषि तथा वातावरण उपसमितिका संयोजक राजकुमार ओलीले बताउनुभयो । उहाँका अनुसार सिरोही र पोटा जातका बोका किसानलाई दिइएको हो ।

    मोरङको केराबारीस्थित लगनशील सहारा कृषक समूह, इलामको दानाबारीस्थित बिहीबारे सहारा कृषक समूह, झापाको गोलधापस्थित देउराली सहारा कृषक समूह र झापाको बुधबारेस्थित सिर्जनशील सहारा कृषक समूहलाई नश्ल सुधारका लागि बोका वितरण गरिएको उहाँले जानकारी दिनुभयो ।

    संस्थाका शेयर सदस्यलाई लक्षित गरेर गोठ बनाइदिने र रोग प्रतिरोधक भ्याक्सिन निःशुल्करुपमा उपलब्ध गराउने कार्य भइरहेको संयोजक ओलीले बताउनुभयो ।

    सहाराको कार्यक्षेत्र रहेको कोशी प्रदेशको छ वटा जिल्लामा बाख्रापालक किसानका ४४ समूह बनाइएको छ । किसानलाई कर्जा, आवश्यक तालिम, बीउ, बजार पहिचानलगायत क्षेत्रमा सहयोग उपलब्ध गराइएको संस्थाका पशु चिकित्सक डा कमलेश्वर भाटले बताउनुभयो । गाईपालक र बाख्रापालक किसानलाई परामर्श सेवा प्रदान गर्नका लागि संस्थाले नेदरल्यान्डबाट पशुविज्ञ चिकित्सक ल्याएको उहाँले जानकारी दिनुभयो ।

    नेदरल्यान्डबाट आउनुभएका डा गेरेट टेकनसहितको पशुविज्ञ टोलीले झापा र इलामका किसानको गोठगोठमा पुगेर अनुगमन गरेको थियो ।

    “कतिपय किसानको गोठमा खसीबाख्रा एक्कासी मर्ने समस्या थियो”, पशु चिकित्सक डा भाटले भन्नुभयो, “नेदरल्यान्डबाट आएका पशुविज्ञले गोठहरुको अनुगमन गरेर समस्या पहिचान गरी समाधान गर्नुभयो । यसबाट किसानले पशुपालनको विश्वस्तरीय ज्ञान प्राप्त गर्न पाउनुभएको छ ।”

    बुद्धशान्ति–५ का खगेन्द्र गौतमको बाख्रा गोठमा एकैपटक ४० वटा बाख्रा गत चैतमा मरेका थिए । नेदरल्यान्डका पशुविज्ञ डा टेकनले उहाँको गोठको अनुगमन गरी किसानसँग समस्याका बारेमा छलफल गर्नुभएको थियो ।

    पशुविज्ञ टोलीले बाख्रापालनमा गोठ, आहार र नश्ल सुधारमा उन्नत तरिका अपनाउन सुझाव दिनुभएको थियो । टोलीले बाख्राले खाँदै आएको घाँस र दानाकोसमेत अध्ययन गरेको थियो ।

    गाईपालनका बारेमा डा टेकनले सिमेन्टको पक्की भुइँमा भन्दा खुला माटोमा बस्न दिँदा राम्रो हुने सुझाव दिनुभएको उपसमितिका संयोजक राजकुमार ओलीले बताउनुभयो । उहाँका अनुसार टोलीले शिवसताक्षी नगरपालिकाको बिन्दबासिनी गाई फार्म र मेचीनगरको कुबेर बाख्रा फार्मको अनुगमन गरी किसानलाई गोठ सुधारका लागि आवश्यक परामर्श दिएको थियो ।

    पशुपालनमा गोठ र नश्ल सुधारसँगै आहार, पशुको स्याहारको उचित व्यवस्थापन मिलाउनु पर्ने सहाराका बालीविज्ञ राजेन्द्र खरेलले बताउनुभयो । संस्थाका तर्फबाट खरेलले किसानलाई कृषिसम्बन्धी परामर्श सेवा प्रदान गर्दै आउनुभएको छ ।

    मङ्गलबार, बैशाख २५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २३ गते (६

    • २.
      आज २०८३ साल जेठ २४ गते (७

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८

    • ४.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९

    • ६.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer