• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, जेठ २९, २०८३
☰
शुक्रबार, जेठ २९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

  • ५. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

च्याम्बरमा पाक्न थाले केरा


  •   मङ्गलबार, बैशाख २५, २०८१ मा प्रकाशित
  • चितवन । जिल्लामा केरा उत्पादन गरेर बिक्री वितरणका लागि केरा पकाउने राइपनिङ चेम्बर अनुदानमा पाएपछि यहाँका केरा व्यवसायी उत्साहित भएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइले व्यवसायीलाई केरा पकाउन अनुदानमा च्याम्बर निर्माण गरेको हो ।

    Advertisement

    आर्थिक वर्ष २०७८/७९ देखि इकाइले चेम्बर अनुदानमा निर्माण गर्न थालेको हो । कार्यालयका सूचना अधिकारी इन्द्र शर्मा ढुङ्गनाका अनुसार कार्यालयले ६० देखि ८० प्रतिशतसम्म अनुदानमा केरा व्यवसायीका लागि केरा पकाउने चेम्बर निर्माण गरेको छ ।

    अहिलेसम्म १२ वटा चेम्बर निर्माण भइसकेको ढुङ्गानाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “केरा पकाउन सजिलो होस् र लामो समयसम्म राख्न सकियोस् भनेर अनुदानमा चेम्बर निर्माण गरिएको हो ।”

    कार्यालयले अनुदानमा चेम्बर निर्माण गरेसँगै व्यवसायीले व्यक्तिगत लगानीमा समेत अहिले चेम्बर बनाएर केरा पकाउन थालेका छन् । ढुङ्गानाका अनुसार पाँच जना व्यवसायीले आफ्नै लगानीमा चेम्बर निर्माण गरेका छन् । कार्यालयले निर्माण गरेको च्याम्बरमध्ये एउटा रत्ननगरको तरकारी बजारमा र ११ वटा महानगर ताजा तरकारी तथा फलफूल बजारमा राखिएको उहाँले जानकारी दिनुभयो ।

    यी च्याम्बरमा व्यवसायीले १५० कोसा केराको रु ३५ मा पकाउने गरेका छन् । रु नौ लाख ५० हजारको लागतमा एउटा चेम्बर निर्माण हुने ढुङ्गानाले बताउनुभयो ।

    खैरहनीका केरा व्यवसायी सागर भट्टराई चेम्बर निर्माण भएपछि केरा पकाउन औषधि राख्नु पर्ने बाध्यता टरेको बताउनुभयो । “केरा पकाउन पहिला क्याल्सियम कारवोहाइट हाल्थ्यौँ । अहिले चेम्बरका लागि आवश्यक पर्ने इथेलिन मात्रै प्रयोग हुने गरेको छ”, उहाँले भन्नुभयो, “पहिला केरा पकाएको तीन दिनभित्र बिक्री गरिसक्नुपर्ने हुन्थ्यो । अहिले एक सातासम्म बिक्री गर्न पाइन्छ ।”

    च्याम्बरमा केरा पकाउँदा ‘जी नाइन’ केराको रङ समेत आकर्षक बन्ने गरेको व्यवसायी बाबुराम भट्टले बताउनुभयो । उहाँले भन्नुभयो, “केराको डाँठ कुहिने जस्ता समस्याबाट अहिले हामीले मुक्ति पाएका छौँ । चेम्बरबाट आवश्यकता अनुसार दुईदेखि सात दिन लगाएर पकाउन सकिन्छ ।”

    जिल्लामा २२ हजार पाँच सय हेक्टर क्षेत्रफलमा व्यवसायिक रुपमा केरा खेती गरिँदै आइएको छ । यहाँ वार्षिक ५६ हजार चार सय ४८ मेट्रिकटन केरा उत्पादन हुँदै आएको छ । यहाँको केराको बजार चितवनसहित काठमाडौँ, पोखरा, बुटवलसम्म रहेको किसान बताउँछन् ।

    मङ्गलबार, बैशाख २५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २३ गते (६

    • २.
      आज २०८३ साल जेठ २४ गते (७

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८

    • ४.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९

    • ६.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer