• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, जेठ २९, २०८३
☰
शुक्रबार, जेठ २९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

  • ५. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

एउटै विद्यालयमा दुई जना प्रधानाध्यापक


  •   मङ्गलबार, बैशाख २५, २०८१ मा प्रकाशित
  • दमक । झापाको कमल गाउँपालिकामा एक माध्यमिक विद्यालयमा २ जना निमित्त प्रधानाध्यापक भएपछि प्रशासनिक काम र विद्यार्थी भर्ना अभियान नै प्रभावित भएको पाइएको छ । कमल गाउँपालिकाकै ठुलो सामुदायिक विद्यालयहरू मध्येको एकमा पर्ने श्री वाणी माध्यमिक विद्यालयमा २ जना निमित्त प्रधानाध्यापक भएपछि यसका असर विद्यालय भर्ना अभियानमा समेत परेको पाइएको हो ।

    Advertisement

    विद्यालय प्रशासन र विद्यालय व्यवस्थापन समितिबिच असमञ्जसयताको कारणले गर्दा शिक्षकहरूले निकासा भएको तलब समेत पाउन सकेका छैनन् । केही वर्ष अघिसम्म १ हजारभन्दा बढी विद्यार्थी हुने गरेको यस विद्यालयमा अहिले मुस्किलले ३ सय पनि विद्यार्थी नरहेको एक शिक्षकले बताउनु भयो ।

    व्यवस्थापन समिति र विद्यालय प्रशासनबिचको दुरीले भर्ना अभियान नै प्रभावित बन्यो, ती शिक्षकले भन्नुभयो । पुस मसान्तसम्मको तलब खाएका शिक्षकहरूले त्यसपछि तलब पाएका छैनन् । विद्यालय व्यवस्थापन समितिको निमित्त प्रधानाध्यापक नियुक्तिलाई गाउँपालिकाले सदर नगरेपछि समस्या भएको बताइन्छ ।

    प्रधानाध्यापक लक्ष्मीप्रसाद डाँगीले विद्यालयका अर्का शिक्षक तेजनाथ भट्टराई निमित्त दिएर राजीनामा दिनु भएको थियो । वैशाख पहिलो साता विद्यालय व्यवस्थापन समितिले जगन्नाथ फागोलाई निमित्त प्रधानाध्यापक बनाउने निर्णय गरेर गाउँपालिकालाई जानकारी गराए पनि उक्त विषयमा गाउँपालिकाले कुनै प्रतिक्रिया नजनाउँदा २ जना निमित्त प्रधानाध्यापक रहेको शिक्षकहरू बत्ताउँछन् ।

    प्रक्रिया र विधिसंगत तवरले हामीले प्रधानाध्यापक नियुक्त गरेका हौ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अरुण भण्डारीले भन्नुभयो । भर्ना अभियानलाई प्रभावकारी बनाउन र विद्यालयलाई नमुना बनाउन आफूहरू लागिरहँदा असहयोग भएको उहाँको भनाई रहेको छ ।

    कक्षा ७ सम्म अङ्ग्रेजी माध्यमबाट पढाइ सुरु गरेको र स्थानीयको सहयोग जुटाएर निजी क्षेत्रबाट समेत शिक्षक शिक्षिका राखेर पठन पाठन समेत गराउँदै आएको पनि भण्डारीको भनाइ रहेको छ । विद्यालयलाई राजनीतिक अखडा बनाउनु हुन्न र परम्परागत रूपमा चलाउनु हुन्न भनेर हामीले सुधार प्रयास गरेका हौ, उहाँको दाबी छ ।

    कमल गाउँपालिका अध्यक्ष हुकुमसिंह राईका अनुसार दुई पक्षलाई सँगै मिलाएर लैजान प्रयास भइरहेको बताउनु भयो । यस विषयमा छलफल गरेर अघि बढ्ने र दूइचारदिन भित्र यस विषयमा समस्या समाधान गर्ने उहाँको भनाई छ । पुन पुराना प्रधानाध्यापक डाँगीलाई नै प्रधानाध्यापक बनाएर लैजदामात्र समस्या समाधान हुने देखिएको गाउँपालिकाको बुझाइ रहेको बताइन्छ ।

    मङ्गलबार, बैशाख २५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २३ गते (६

    • २.
      आज २०८३ साल जेठ २४ गते (७

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८

    • ४.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९

    • ६.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer