नयाँदिल्ली । भारतको सर्वोच्च अदालतले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । उहाँले जुन १ सम्मको अन्तरिम जमानत प्राप्त गर्नुभएको हो ।
Advertisement
सम्पत्ति शुद्धीकरण मुद्दामा उहाँ पक्राउ पर्नुभएको थियो । न्यायाधीशहरू सञ्जीव खन्ना र दीपंकर दत्तको इजलासले सो आदेश दिएको हो । उहाँलाई जमानत दिने विषयमा अनुसन्धान एजेन्सी इडीले चर्को विरोध गरेको थियो । उहाँलाई मार्च २१ मा इडीले पक्राउ गरेको थियो ।
अब मदिरा घोटालामा आम आदमी पार्टीलाई आरोपी बनाउने तयारी भइरहेको छ । केजरीवालले जुन २ मा आत्मसमर्पण गर्नुपर्नेछ ।




