काठमाडौँ । देशभर आंशिक देखि साधरणतया बदली रहेको छ भने पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ ।
Advertisement
त्यस्तै आज दिउसो गण्डकी कोशी र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि साधरणतया बदली तथा बाँकी भू–भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ ।
कोशी प्रदेश र बागमती प्रदेश लगायत देशको पहाडी भू–भागको थोरै स्थानहरूमा मेघ गर्जन, चट्याङ्ग र हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको महाशाखाको दैनिक मौसम बुलेटिनमा उल्लेख छ ।




