काठमाडौं । आज ५ वटा प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान छ।
Advertisement
पश्चिमी र स्थानीय वायु तथा भारत विहारको आकाशमा विकसित न्यून चापीय प्रणालीका कारण आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। देशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।




