• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, जेठ २९, २०८३
☰
शुक्रबार, जेठ २९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

  • ५. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

घरेलु औषधी अकबरे खुर्सानीको खेती प्रबिधी र उपयोगिता


  •   सोमबार, बैशाख ३१, २०८१ मा प्रकाशित
  • खुर्सानीको राजा मानिने अकबरे खुर्सानी अत्यन्तै पिरो र स्वादिलो हुन्छ । यसको उत्पतिबारे एकिन जानकारी नभएपनि अन्य खुर्सानी जस्तै मध्य अमेरिकाको मेक्सिकोमा भएको अनुमान छ । नेपालमा यसको आगमन कहिले र कसरि भयो भन्ने यकिन तथ्याङक नभएपनि भारतबाट त्यहाँ कामको सिलसलामा गएका नेपालीहरू वा भारतिय तिर्थयात्रीहरूले भित्राएको हुनसक्ने आङकलन गर्न सकिन्छ ।

    Advertisement

    नेपालको पुर्वदेखि सुदुर पश्चिमको मध्य पहाडी भागमा यसको खेती गरेको पाइन्छ । विशेष गरि पुर्वी पहाडी जिल्लाहरूमा मात्र व्यवसायिक खेती गरेको पाइन्छ भने अन्य भागहरूमा घरायसी उपभोगको लागि मात्र उत्पादन गरेको पाइन्छ । ठाउअनुसार यो खुर्सानी विभिन्न नामले परिचित छ । नेपालको पुर्वी पहाडी भेगहरूमा अकबरे खुर्सानीको रूपमा परिचित यो खुर्सानी पश्चिमी भागमा भने डल्ले र ज्यानमारा खुर्सानीको रूपमा चिनिन्छ ।

    यो खुर्सानीको वैज्ञानिक नाम Capsicum annum हो र Solanaceae परिवारमा पर्दछ । वार्षिक देखि बहु (५-६) वर्षसम्म खेती गर्न सकिने यो खुर्सानीको बोट २ मिटरसम्म अग्लो भएको पाइन्छ । हरेक कापको पातबाट फुलफल्ने यसको हागाँहरू चारैतिर फैलिएको हुन्छन । अन्य खुर्सानीहरूको भन्दा यसका पातहरू नरम, ठुला र गाढा हरियो रंगका हुन्छन । पुराना बोटहरूको पातहरू नयाँ बोटहरूको जस्तो राम्रो र सर्लक्क परेका हुदैनन् । यसको फुल सेतो रगंको हुन्छ भने फुल र फल तलतिर झुण्डिएर फुल्ने र फल्ने गर्दछन् । एकै बोटमा साथै जात अनुसार फलहरू विविध आकार तथा प्रकारको पाइन्छन् ।

    उपयोग :
    अकबरे वा राङ्गे खुर्सानी पहिले मङ्गोल जातीका मानिसहरुले मात्र खाने गरेका थिए भने हाल आएर अन्य जातिका मानिसहरुले पनि खाने गरेका छन्। अकबरे खुर्सानी ग्याष्ट्रिक र अल्सरका रोगीहरुले समेत औषधीको रुपमा प्रयोग गरेको पाईन्छ । अकबरे खुर्सानी खासगरी मसला अचार बनाउन उपयोग गरेको पाइन्छ । अकबरे नियमित खाँदा भोक लाग्ने, खाना रुची हुने र थकाइ समेत मेट्ने गरेको पनि उपयोग गर्नेहरुबाट व्यक्त गरेको पाईन्छ । पाकेको अकबरे खुर्सानीलाई हल्का हल्का सुकाई सुल तोरीको तेल वा पकाएको खाने नुन वा भिनेगरमा डुबाएर टाइट विर्को लगाई राखेमा दुई वर्षसम्म खान सकिन्छ । साथै विभिन्न अचार उद्योगहरुले समेत
    अकबरेको पेष्ट बनाई प्रयोग गर्ने क्रम शुरु भएको छ ।

    अकबरे खुर्सानीको व्यवसायको सम्भावना:
    स्वास्थ्यको दृष्टिकोणले अत्यन्तै महत्वपुर्ण मानिने यो खुर्सानी व्यवसायिक हिसाबले प्रचुर सम्भावना बोकेको छ। स्वास्थ्य सम्बन्धी जनचेतना बढे सँगै यो खुर्सानीको माग पनि बढेको देखिन्छ। औषधीको रूपमा समेत प्रयोग गर्न सकिने यस खुर्सानीलाइ विभिन्न वस्तुहरू बनाउनको लागि प्रयोग गर्न सकिन्छ। यो खुर्सानी विशेष गरेर मसलाको रूपमा प्रयोग हुन्छ। यसको पाकेको फलबाट अचार, सस्, केचअप इत्यादि बनाउन सकिन्छ। नेपालको पुर्वी पहाडी भेगमा व्यवसायिक खेती सुरू भइसकेको यस खुर्सानीलार्इ नेपालको विभिन्न भागहरू साथै भारतमा समेत निर्यात गरि वार्षिक लाखौ-लाख आम्दानी गरेको समेत पाइएको छ। नेपालमा नै यसको प्रशोधनको लागि उधोगधन्दा स्थापना गर्न सके यसको व्यवसायिक खेतीमा अझ टेवा मिल्न सक्छ, जसले गर्दा कृषक साथसाथै देशकै आर्थिक स्थिति मजबुत गर्न सकिने ठुलो सम्भावना देखिन्छ।

    हाबापानी :
    अकबरे खुर्सानी गर्मी र न्यानो मौसममा हुने वाली हो । तुषारो नपर्ने र न्यूनतम तामक्रम ५ डे.सी. भन्दा तल नजाने ठाँउमा हिउदे बालीको रुपमा गरिन्छ । तापक्रम १८ डि.से. र ३२ डि.से को बीचमा खुर्सानीको बृद्धि र विकास राम्रो हुन्छ । तर ३५ डि.से. भन्दा बढी तापक्रम भएमा फल लाग्दैन र १० डि.से. भन्दा कममा फलको आकार विग्रिन्छ । यसले तुषारो र धेरै चिसो पनि सहन सक्दैन ।

    माटो :
    पानी नजम्ने चिम्टिाइलो दोमट माटो यसको लागि उत्तम हुन्छ । बलौटे माटोमा पनि यसको खेती गर्न सकिन्छ तर गोबर मल प्रशस्त राख्नु पर्दछ । माटोको पी.एच. ५.५. देखि ६.५ को हुनुपर्दछ ।

    सिंचाई :
    हिंउदमा धेरै सुख्खा भएमा खुर्सानीको वोट प्रायः मर्ने भएको हुनाले यस समयमा विशेष ध्यान पुर्याई समय समयमा सिचाई गरी फेदको वरिपरि विशेष गरी परालको छोप्रा (Mulching) हाल्नु पर्छ ।

    बीउ दर :
    एक रोपनीको लागि ५० देखि ७५ ग्राम सम्म खुर्सानीको बीउको आवश्यकता पर्दछ ।जग्गाको तयारी २ देखि ३ पटक राम्रोसँग खनजोत गरि झारपात केलाएर, डल्ला फुटाएर, धुलो बनाएर जग्गा तयार गर्नुपर्छ । चिम्टाइलो माटोमा पानी निकासको राम्रो व्यवस्था गर्नुपर्दछ । जग्गा तयार भइसकेपछि माथि उल्लेखित मलहरू माटोमा हालेर राम्रोसँग मिलाउनुपर्छ ।बेमौसमी उत्पादन वर्षा मौसममा गरिने भएकोले वर्षाको पानीबाट जोगाउन र गुणस्तरिय उत्पादनको लागि प्लाष्टिकको छानो हाल्नु उपयुत्त हुन्छ । वर्षाको चिस्यानबाट जोगाउन सतहबाट ३० से.मि. अग्लो ब्याड बनाउनुपर्छ । १० मि. लम्बार्इ र ५मि. चोडार्इ भएको वा जमिनको अवस्था हेरि सानो-ठुलो प्लास्टिकको छानो भएको टहरा बनाउन सकिन्छ । बहु बर्षिय उत्पादनको लागि वर्षामा पानी नजम्ने ठाँउको छनोट गर्नुपर्दछ । पानी जम्ने ठाँउ भउको खण्डमा ३० से.मि. उच्चा ड्याङ बनाउने र हिउँदमा तुषारो पर्ने ठाँउमा छाप्रोको साथमा फेदको वरिपरि झारपातले ढाक्नुपर्छ ।

    बेर्ना रोप्ने तरिका :
    नर्सरीबाट स्वस्थ, राम्रो र सर्लक्क परेको विरूवा छानेर बेलुखीपख सार्नुपर्दछ । प्रत्येक विरूवाको लागि बेर्ना सार्नु भन्दा ७-८ दिन पहिले जग्गा तयार गर्ने बेला १ घन फिटको खाल्डो बनार्इ माथि उल्लेखित मलको मात्रा हालि रोप्ने ठाँउ तयार पार्नुपर्दछ । उक्त स्थानमा नर्सरीमा छदाँ माटोमुनि रहेको भाग जति मात्र जमिनमुनि पर्ने गरेर बेर्ना सार्नुपर्दछ ।बेर्ना सारेको ५ दिन सम्म लगातार हजारीले विरूवाको वरिपरि पानी दिनुपर्दछ । माथि उल्लेखित दुरी अनुसार लगाएमा वर्षा र हिउँदे मोसम वा सिजन गरेर २०००-३००० गोटासम्म प्रति रोपनी बेर्नाको आवश्यकता पर्दछ ।

     

    सोमबार, बैशाख ३१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २३ गते (६

    • २.
      आज २०८३ साल जेठ २४ गते (७

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८

    • ४.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९

    • ६.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer