• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, जेठ ३०, २०८३
☰
शनिबार, जेठ ३०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

जलजलामा सुन्तला लगाएत अमिलो जन्य फलफूल खेति विस्तार गरिँदै


  •   सोमबार, बैशाख ३१, २०८१ मा प्रकाशित
  • पर्वत । जलजला गाउँपालिकाको ७५ हेक्टर क्षेत्रफलमा सुन्तलाजन्य फलफूल खेती विस्तार गरिने भएको छ ।

    Advertisement

    जनशक्तिको अभावमा बाँझै रहेको जमिन उपभोग गर्ने उद्देश्यले जलजलाका विभिन्न वडामा रहेको खाली जमिनमा फलफूल खेती विस्तार गर्न थालिएको हो । मुख्यगरी सुन्तला र कागतीखेती विस्तार गरिने भएको छ ।

    गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यका अनुसार जलजलामा ‘पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना’अन्तर्गत ६० हेक्टर क्षेत्रफलमा सुन्तला र १५ हेक्टर क्षेत्रफलमा कागतीखेतीको बगैँचा निर्माणको प्रक्रिया सुरु गरिएको छ । पहिलो चरणमा सम्भाव्यता अध्ययन गर्ने र सफल भएमा आगामी वर्षमा थप क्षेत्रफलमा पनि बगैँचा निर्माण गर्ने गरी बगैँचा निर्माण गर्न लागिएको उहाँले बताउनुभयो ।

    सुन्तला बगैँचाका लागि वडा नं ७ धाइरिङको बरायदेखि चिसापानी हुँदै छेडा बराहाको घेराभित्र रहेको जमिनलाई तयार गर्न थालिएको छ । पातलपानीदेखि पुर्निखोरियासम्मको क्षेत्रमा कागती बगैँचा निर्माणका लागि काम सुरु गरिएको अध्यक्ष आचार्यले जानकारी दिनुभयो ।

    मकै, धान, कोदोजस्ता अन्नपातको राम्रो उत्पादन हुने खेतबारी लामो समयदेखि झाडीमा परिणत भएको छ । उत्तरी मोहोडामा फर्किएको यहाँको जमिन सुन्तला र कागतीखेतीका लागि उपयुक्त रहेकाले यो क्षेत्रलाई व्यवस्थापन गर्न थालिएको अध्यक्ष आचार्यले बताउनुभयो । काष्ठफलअन्तर्गत पर्ने अन्य जातका फलफूलका लागि पालिकाका अन्य वडालाई छनोट गर्ने तयारी भइरहेको छ । हावापानीअनुसारको फलफूल उत्पादनको सम्भावना रहेका वडालाई छनोट गर्न अहिले स्थानीय कृषकसँग छलफल र अन्तक्र्रिया भइरहेको उहाँले बताउनुभयो ।

    गाउँपालिकाको कृषि उत्पादनलाई आत्मनिर्भर बनाइ हजारौँ हेक्टर जमिनमा व्यावसायिक फलफूलखेती गरेर रोजगारी सिर्जना गर्नका लागि ‘पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना’ महत्वपूर्ण हुने कृषि विकास निर्देशनालय गण्डकीका निर्देशक वासुदेव रेग्मीले जानकारी दिनुभयो ।

    सुन्तला, किबी, कागती, एभोकाडोलगायत विभिन्न १० जातका फलफूलखेतीमा आयोजनाले काम गर्ने उहाँको भनाइ छ । आर्थिक वर्ष २०७९÷८० देखि २०८६÷८७ सम्म सञ्चालन हुने यो आयोजनाले पछिल्लो समयमा खाली हुँदै गइरहेका गाउँ र बाँझो बनेका जमिनलाई भरिभराउ गराउने तथा ती फलफूलमा बाँदरले पनि क्षति नगर्ने भएकाले यसबाट धेरै फाइदा लिन सकिने निर्देशक रेग्मीले बताउनुभयो ।

    एसियाली विकास बैंकको ऋण अनुदान सहयोगमा सञ्चालन हुन लागेको यो कार्यक्रम जलजलासहित मोदी गाउँपालिका तथा कुश्मा र फलेबास नगरपालिकामा पनि सञ्चालन हुने उहाँले बताउनुभयो । यस वर्ष जलजलामा यो परियोजना सुरु भएको हो । व्यक्तिगत वा समूहमा कम्तीमा २० रोपनी क्षेत्रफलदेखि पाँच सय रोपनीसम्ममा बगैँचा निर्माण गर्दा ठूलो क्षेत्रबाट एकैपटकमा आम्दानी लिन सकिने निर्देशक रेग्मीको भनाइ छ ।

    व्यक्तिगत वा क्लस्टरमा कम्तीमा पनि २० देखि पाँच सय रोपनी क्षेत्रफलमा बगैँचा स्थापना गर्ने र खाली जमिनबाट उत्पादन लिने लक्ष्य आयोजनाको छ । यस्ता फार्ममा लाग्ने कूल लगानीको ५० प्रतिशत आयोजनाले बेहोर्ने भएको छ भने बाँकी कृषक वा कृषि समूहले व्यहोर्ने भएका छन् ।

    यो कार्यक्रमको कार्यान्वयनको मुख्य जिम्मेवार निकायका रूपमा स्थानीय तहलाई नै राखिएको छ । स्थानीय तहको उपप्रमुख नै कार्यक्रमका लागि बन्ने समितिको प्रमुख हुने व्यवस्था भएकाले प्रभावकारीरुपमा सञ्चालन हुनेछ । त्यसमा आयोजना र कृषि ज्ञान केन्द्रसहित प्रदेशका प्रतिनिधि पनि समावेश हुनेछन् । कृषकलाई शतप्रतिशत अनुदान दिँदा राज्यको मात्रै लगानी रहेको भन्दै बेवास्ता हुनसक्ने भएकाले कृषककोसमेत लगानीमा कार्यक्रम आयोजनाले काम गर्न लागेको निर्देशक रेग्मीले बताउनुभयो ।

    सोमबार, बैशाख ३१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २४ गते (७

    • २.
      आज २०८३ साल जेठ २५ गते (८

    • ३.
      आज २०८३ साल जेठ २६ गते (९

    • ४.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer