• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, जेठ ३१, २०८३
☰
आइतबार, जेठ ३१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

मोटोपन हुन नदिन खानपानसँगै यस्तो जीवनशैली अपनाउनुहोस्


  •   बुधबार, जेठ ०९, २०८१ मा प्रकाशित
  • व्यस्त जीवनशैली र बदलिँदो खानपानले आम मानिसमा मोटोपनको समस्या बढ्दै गएको छ । शारीरिकभन्दा बढी मानसिक काम गर्ने मानिसमा मोटोपनको समस्या बढी मात्रामा देखिन्छ ।

    Advertisement

    अहिलेका युवापुस्ता आफूलाई फिट राख्न जिम जानेदेखि खानपानमा ख्याल गर्ने गरेको समेत पाइन्छ । र पनि, पछिल्लो समय मोटोपनको समस्या आम मानिसको साझा समस्या बनेको छ । हाम्रो खानपानमा जङ्क फूडको बढी प्रयोग हुने हुँदा पनि मोटोपन बढ्दै गएको चिकित्सकहरूको भनाइ छ ।

    मोटोपन घटाउन कोही खाना नखाने, कोही फास्टिङ बस्ने, कोही नुन नै नखाने, कोही रोटी मात्रै खाने गरिरहेको पाइन्छ । यसले गर्दा मानिस बिरामी पर्ने, शारीरिक रुपमा कमजोरी हुने, शरीर झन् फुल्ने, बेहोस हुने समस्या देखा परिरहेको पाइन्छ ।

    मोटोपनाको मुख्य कारण के हो ?

    मानिसहरुको गलत खानपान र गलत जीवनशैली नै मोटोपनाको प्रमुख कारण हो । प्रशोधित गरिएका खाना, अल्ट्रा प्रोसेस्ड फुडहरु, चिनीमा चोपिएका गुलिया पदार्थ रसवरी, जेरी, लालमोहन, मैदाजन्य खानेकुराहरुको सेवन मोटोपनाका कारणहरु हुन् । आधुनिकतासँगै महत्वाकांक्षी जीवनशैली हुँदा मानिसहरुमा व्यायामको कमी छ । अर्को कुरा मानिसहरु हिँड्नै छोडिसके । तरकारी किन्न जाँदा समेत सवारी साधनको प्रयोग गरिरहेको देखिन्छ ।

    निष्क्रिय जीवनशैली, शरीरमा सबैखाले मानसिक तथा शाारीरिक तनाव भयो भने यसले हाम्रो शरीरमा ‘स्ट्रेस हर्मोन’ कर्टिसोल उत्पादन गर्छ । निरन्तर यो हर्मोन बनिरहँदा मोटोपन बढ्ने हुन्छ । तनाव नियन्त्रण गर्न नसक्दा मोटोपनाले सताउँछ । त्यस्तै अनिन्द्राले पनि यस्तो समस्या निम्त्याउँछ । अहिले हाम्रो पुस्ता ग्याजेटमा निकै लिप्त छन् । रातभरि मोबाइल स्क्रोल गरेर सोसल साइटहरु चलाइरहेका हुन्छन् । यसकारण पर्याप्त निन्द्रा पुग्दैन । यसले पनि मोटोपना निम्त्याउँछ ।

    अर्को भनेको आफूलाई खानपानमा सचेतना छैन । एउटा मान्छे मोटो भयो भने ठ्रलो साइजको कपडा खोज्न थाल्छ तर आफ्नो तौल सन्तुलन गर्नतर्फ ध्यान दिँदैन ।

    निकै थोरै खाना खाएर पनि मोटोपनाको सिकार भन्नेहरु धेरै हुनुहुन्छ । धेरै नखाँदा पनि तौल बढ्ने कारण के हो ?

    अझैपनि अधिकांश व्यक्तिहरु के भ्रममा बाचिरहनुभएको छ भने धेरै खायो भने मोटाउँछ । यस्तो भ्रम मात्रै हो । यहाँ मुख्य कुरा भनेको मेटाबोलीक एडप्टेसनको हो । एक व्यक्तिलाई बाँच्नको निमित्त एक हजार छ सय क्यालोरी चाहिन्छ । तर एक व्यक्तिले तौल घटाउन एक हजार दुई सय क्यालोरीको डाइट प्लान बनाइदिएमा चार सय क्यालोरी कम हुन्छ । यसरी उसको शरीर एक–दुई महिना घट्ला तर त्यसपछि उसको शरीर मेटाबोलिक एडपटेसनमा गइदिन्छ ।

    तपार्इंलाई बानेश्वरबाट कलङ्की पुग्न एक लिटर पेट्रोल लाग्छ तर तपार्इंले आधा लिटर मात्रै पेट्रोल हाल्नुभयो भने पनि बाइक जसोतसो कलङ्की त पुग्ला तर बीच बाटोमा कतिपटक बाइकमा समस्या आयो भन्नेकुरा मुख्य हो । तपाईंले एक हजार छ सय क्यालोरीको ठाउँमा एक हजार दुई सय लिनुभयो । चारसय क्यालोरी कम भयो भने तपाईंको शरीर एकदमै स्लो मेटाबोलीजममा जान्छ । त्यही एक हजार दुई सय क्यालोरीले नै शरीर चलाउँदा केही समय तपार्इंको तौल त घट्छ तर कमजोर र बिरामी पर्नुहुन्छ । हामीले कति खाना खाएर तौल घट्ने भन्दापनि हामीले खाएको खाना ऊर्जामा बद्लियो या बोसो बन्यो त्यो मुख्य कुरा हो । हामीले दाल मात्रै खाएर एक हजार छ सय क्यालोरी बटुलेर हुँदैन । सबै प्रकारको खानाबाट क्यालोरी बटुल्नुपर्छ ।

    मोटोपनाले के–कस्ता रोगहरु निम्त्याउन सक्छ ?

    मोटोपनाले शरीरका भित्री भागमा बोसो जम्मा हुन्छ र घुँडा, ढाड दुख्ने, सुगर, प्रेसरको जोखिम बढेर जान्छ । कोलेस्ट्रोलको मात्रा बढ्ने र क्यान्सर रोगका अधिकांश बिरामीहरु मोटोपनबाट नै पीडित भएका व्यक्तिहरु छन् । धेरैजसो दीर्घकालीन रोगहरु पनि मोटोपनाकै कारणले निम्त्याएको छ ।

    मोटोपनाले युवापुस्ता मात्रै नभएर बालबालिकाहरु समेत ग्रसित छन्, यसको प्रमुख कारण के हो ?

    यो समस्या किन छ भने अहिलेका बालबालिकाहरु डिजिटल संसारमै लिप्त छन् । मोबाइल हातमा लिएपछि कस्तो खाना कति खाइरहेका छन् भन्ने कुरा नै उनीहरुले थाहा पाउँदैनन् । मोबाइल टिभीको लतमा जति खुवाइदिए पनि खाइरहने हुन्छन् । यसकारण पनि मोटोपना बढ्ने हुन्छ । अर्को भनेको बाहिरी जङ्क फुडको अत्यधिक सेवन पनि यसको एक कारक तत्व हो ।

    त्यस्तै मोटापनको समस्या भएका व्यक्तिहरुले कस्तो खानपान र जीवनशैली अपनाउनुपर्छ ? मोटोपना बढ्न नदिन खानामा कार्बोहाइड्रेडको मात्रामा सन्तुलन राख्नुपर्छ । यस्तै खानामा फल्फूल तथा सलाद समावेश गर्नु उपयुक्त हुन्छ । दैनिक व्यायाम गर्ने, सन्तुलित भोजन खाने, रातिको भोजन हल्का खाने गर्दा पनि मोटोपन हुनबाट जोगिन सकिन्छ ।

    त्यस्तै दैनिक व्यायाम गर्नाले शरीरमा थप बोसो जम्मा हुन पाउँदैन । शरीरमा कोलस्ट्रोल नियन्त्रणमा राख्छ । यदि तपाईंलाई मोटोपनाको समस्या बढेको छ भने चिकित्सकको सल्लाहअनुसार उपचार गर्नुपर्छ । तर, खाना खानै छोड्ने, एकथोक मात्रै खाने, व्रत धेरै बस्ने गर्न थाल्नुभयो भने झन मोटोपना बढ्न थाल्छ ।

    अन्त्यमा, केही सुझाव दिन चाहनुहुन्छ ?

    प्लास्टिकमा प्याकेजिङ भएका खानेकुराहरुको सेवन बन्द गर्नु नै उत्तम हुन्छ । अति प्रशोधित खानेकुराहरु सकेसम्म नखानुहोस् । घरमै बनेको अर्गानिक खाना, खाजा खानुहोस् । अति गुलिया पदार्थहरुमा बढी जोड नदिनुहोस् । हिँड्ने बानीको विकास गर्नुपर्छ । सबैभन्दा राम्रो आफूलाई सक्रिय र व्यस्त राख्दा एकदमै फाइदाजनक हुन्छ ।

    (मोटोपनका कारण विभिन्न रोगसमेत लाग्ने भएकाले मोटोपन घटाउन र यसको नियन्त्रणका विषयमा डा. दिलजान मन्सुरसँग जोय नेपालकर्मी सुस्मिता फुयाँलले गरेको कुराकानीमा आधारित)

     

    बुधबार, जेठ ०९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २५ गते (८

    • २.
      आज २०८३ साल जेठ २६ गते (९

    • ३.
      आज २०८३ साल जेठ २७ गते (१०

    • ४.
      आज २०८३ साल जेठ ३१ गते (१४

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ७.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer