• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, जेठ ३१, २०८३
☰
आइतबार, जेठ ३१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

गज्जब छ, ढुङ्गा पुजा गर्ने हाम्रो संस्कृती


  •   बुधबार, जेठ ०९, २०८१ मा प्रकाशित
  • काठमाडौं । मन्दिर वा देवी देवताका थानहरूमा विशेष आकारका ढुङ्गा वा ढुङ्गाबाट कुदिएका मूर्तिहरूको पूजा गर्ने चलन छ । भगवान्, देवी देवता र कुल देवताहरूमा आस्था राख्नेहरूले श्रद्धाभावले ढुङ्गालाई मुर्तिस्वरुप पुज्ने गरेका छन् ।

    Advertisement

    जुनसुकै ढुङ्गाले मूर्ति बन्ने अवसर पाउँदैन । तर, वराहक्षेत्र मन्दिर परिसर क्षेत्र र चतरा कौशिकी तटमा रहेका ढुङ्गाका कण कण बाह्र बर्से पूर्ण महाकुम्भको अवसरमा पुजिएका छन् । सुनसरीको प्राचीन हरिद्वार चतराधाममा आयोजित पूर्ण महाकुम्भमा स्नान गरे शारीरिक रोग कष्टहरुबाट छुटकारा पाउने धार्मिक विश्वासका साथ कुम्भमा स्नान गर्न कुम्भ नगरी चतरा धाममा आएका भक्तजनहरूले महिमासाथ स्वतःस्फूर्त रूपमा ढुङ्गाहरूलाई मन्दिरको स्वरूप प्रदान गरी भगवानप्रति भक्तिभाव दर्साएका थिए ।

    गत चैत्र २७ गतेदेखि २०८१ वैशाख २८ गतेसम्म लागेको बाह्रवर्से पूर्ण महाकुम्भ मेलामा आउने श्रद्धालु धार्मिक पर्यटकहरूले कुम्भ स्नान मात्र गरेनन् । कौकोकाह कौशिकी नदीको सङ्गमस्थल वराहक्षेत्र क्षेत्र मन्दिरपरिसर र चतराधामको कौशिकी नदीकिनारमा रहेको ढुङ्गाका मूर्ति बनाएर भक्तिभाव साथ पुजे । आफ्ना मनका कामना पूरा होस् भन्ने मनोकामना गर्दै श्रद्धापूर्वक बनाइएका ढुङ्गाका मूर्तिहरूले कौशिकी तटको दृश्यलाई मनमोहक तुल्याएको स्थानीय पत्रकार नवराज विष्टले बताउनुभयो ।

    महाकुम्भ मेलामा नेपाल र भारतका शङ्कराचार्य, धर्माचार्य, जगतगुरु, सन्तमहन्त, पीठाधीश, मठाधिश, विद्वान, विदुषी लगायत धार्मिक पर्यटकहरूले कौशिकी नदीमा स्नान गरेका थिए । स्नानपश्चात् तीर्थालुहरूले सानादेखि ठुलासम्म ढुङ्गाको प्रयोग गरी नदी किनारमै मन्दिर आकारका स्वरूपमा बनाइएका ढुङ्गाका स्वरूपले मेलाको शोभा बढाउने काम गरेको थियो ।

    विश्वको सबैभन्दा ठुलो धार्मिक मेलाको रूपमा सनातन हिन्दु धर्मलम्बीहरुले लिने गरेको कुम्भ मेलामा लाखौँ मानिसहरूको जमघट भएको थियो । महाकुम्भका लागि देशविदेशबाट श्रद्धालुहरूको आगमन भएको थियो । यसरी आएका श्रद्धालुहरूले किनारैभरि देखिने ढुङ्गालाई सङ्कलन गरेर तह तह बनाई ढुङ्गाको मूर्तिको स्वरूपमा जल अर्पण र पूजा गरेको स्थानीय जनप्रतिनिधि कुमार भट्टराईले जानकारी दिनुभयो ।

    नेपाल, भारत, भुटान, बङ्गलादेश लगायत अष्ट्रेलिया, क्यानडा, अमेरिका लगायतका देशबाट भक्तजनहरू कुम्भमा स्नान गर्न कुम्भ नगरी चतरा धाम आएका तीर्थालुहरुले पूर्वीय सभ्यता र संस्कृतिको धरोहरका रूपमा रहेको कोसी नदी तटमा रहेका ढुङ्गाहरूलाई श्रद्धापूर्वक पुजेर जल अर्पण गरेका छन् ।

    महाकुम्भले ढुङ्गा पुज्ने चलनलाई निरन्तरता प्रदान गर्नुका साथै पुस्तान्तरणसमेत गर्न सहयोग पुर्‍याएको कुम्भमेला मूल आयोजक समितिका महासचिव ओमकुमार शर्माले बताउनु भयो । उहाँले भन्नुभयो, “बा पुस्तादेखि नाति पुस्ता सम्मले ढुङ्गामा पूजा गरी आफ्नो मनकामना पूरा गर्न सप्तकोसीलाई साछी राखेर ढुङ्गाको मूर्तिको स्वरूप बनाई पूजा गरेका छन् ।” मन्दिर, मूर्तिको स्वरूप दिएर कुम्भमा पुजिएकाहरू ढुङ्गा विभिन्न आकृतिमा अझै पनि कुम्भ नगरी क्षेत्रको सप्तकोशी नदी किनारमा देख्न सकिन्छ ।

    शास्त्रीय मान्यता अनुसार अमृतको सार पिण्ड राखिएको कुम्भ परिसर क्षेत्रमा पवित्र मन र पुण्यको भावनाका साथ भक्तजनहरूले विभिन्न धार्मिक कार्यमा सरिक हुँदै कुम्भ परिसर क्षेत्रको कौशिकी नदीमा ईश्वर प्रति आफ्नो समर्पण वा प्रेम दर्साउन ढुङ्गालाई समेत पुजेका हुन् । प्रकृतिको अमूल्य साझा सम्पत्तिका रूपमा रहेको ढुङ्गा जमिनको बलियो आधार हो । ढुङ्गा पुज्ने चलनबाट प्रकृतिप्रतिको मानिसको श्रद्धाभाव झल्किन्छ । मानव सभ्यताको

    विकासमा अहम् भूमिका खेल्ने ढुङ्गा फलाम वा अन्य धातु प्रयोगमा आउनुभन्दा अघि पेल्ने, पिस्ने, आगो बाल्ने कामका लागि उपयोग हुने गरेको थियो । ढुङ्गालाई दृढता, बलवान र स्थिरताको प्रतीक मान्दै विवाहमा शिला पूजा, शिलारोहण, संरचना निर्माणको प्रारम्भमा शिलान्यास गर्ने प्रचलन रही आएको छ ।

    हिन्दु धर्मालम्वीहरुको ठुलो जमघट हुने स्थलको रूपमा लिइने कुम्भ मेला २०५९ सालदेखि सुनसरीको चतराधाममा लाग्दै आएको छ । अर्धकुम्भ र पूर्णकुम्भ लाग्ने गरेको मेलामा श्रद्धालुहरूले विभिन्न तरिकाले भक्तिभावका साथ पूजा गर्ने गरेका छन् ।(गोरखापत्र)

    बुधबार, जेठ ०९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २५ गते (८

    • २.
      आज २०८३ साल जेठ २६ गते (९

    • ३.
      आज २०८३ साल जेठ २७ गते (१०

    • ४.
      आज २०८३ साल जेठ ३१ गते (१४

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ७.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer