• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, जेठ ३१, २०८३
☰
आइतबार, जेठ ३१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

चट्याङ लाग्यो भने के गर्ने ?


  •   बिहिबार, जेठ १०, २०८१ मा प्रकाशित
  • काठमाडौं । प्रि–मनसुनसँगै नेपालमा चट्याङका घटना बढिरहेको छ । राष्ट्रिय विपद् न्यूनीकरण प्राधिकरणका अनुसार विगत ११ वर्षको तथ्याङ्कलाई हेर्दा नेपालमा प्रत्येक वर्ष सरदरमा चट्याङबाट मृत्यु हुनेको सङ्ख्या १०० हाराहारीमा छ ।

    Advertisement

    यसकारण चट्याङ पर्दा के कस्तो सावधानी अपनाउने ? चट्याङले असर पारे के गर्न सकिन्छ भन्ने हेक्का नहुँदा चट्याङका कारणले धेरैले ज्यान गुमाउने गरेका छन् भने थुप्रै घाइते हुने गरेका छन् ।

    मनसुनमा चट्याङ पर्नु प्राकृतिक मौसम चक्र हो । चट्याङ एक प्रकारको ‘इलेक्ट्रिक चार्ज’ हो । बादलका विपरीत दिशा एकापसमा जुधेपछि त्यहाँ करेन्ट उत्पन्न हुन्छ र त्यसबाट ठूलो आगोको मुस्लो निस्किन्छ । यसैलाई ‘बिजुली चम्केको’भनिन्छ । यसरी दुई बादल जुध्दा ठूलो आवाज निस्किन्छ ।

    आकाशमा बादलहरूको हलचल र एकापसमा टकराव र घर्षणले एक किसिमको विद्युतीय करेन्ट उत्पन्न हुन्छ । यसरी उत्पन्न भएको करेन्टलाई वैज्ञानिक भाषामा विद्युतीय अणु प्रोटन भनिन्छ ।

    उक्त प्रोटन अणुहरू पृथ्वीमा भएको न्युटल अणु प्राप्त गर्नका लागि जमिनतर्फ चुम्बकीय गतिले प्रहार हुन्छ । यही पक्रिया नै चट्याङ पर्नु हो ।

    चट्याङ पर्दा टाउकोबाट करेन्ट प्रवेश गर्ने र खुट्टाबाट बाहिरिने हुनाले मानिसको टाउको र खुट्टा जल्न सक्ने, हड्डी भाँच्चिने, सुन्ने शक्ति वा हेर्ने शक्तिमा समस्या आउने हुनसक्छ । कसैमा भने मुटुको चालमा पनि अनियमितता आउन सक्छ । चट्याङबाट हुने आधा जसो मृत्युको घटना बिजुली चम्किन बन्द भइसकेको अवस्थामा हुने गर्छ । त्यसैले बिजुली चम्केको आधा घण्टासम्म पर्खनुपर्छ ।

    प्रायजसो खेत, खुल्ला चौर, अग्लो ठाउँ, पोखरी, खोला, भीरपाखामा चट्याङको असर बढी हुन्छ । त्यसकारण बिजुलीको चम्किएको सङ्केत पाउने बित्तिकै त्यस्ता स्थलबाट टाढा बस्नुपर्छ ।

    चट्याङले असर गरेमा के गर्ने ?

    – यदि आफ्नो वरपर नजिकै कसैमाथि चट्याङ परेको देखिहालेमा सम्भव भएसम्म तत्काल पहिले नजिकको अस्पताल लैजान एम्बुलेन्स बोलाउनुपर्छ ।

    – एम्बुलेन्स आउने समयसम्म प्राथमिक उपचार गर्नुपर्छ ।

    – कतिपयले पीडितलाई छुँदा करेन्ट लाग्ने भयले नछोइबस्न सक्छन्, जुन गलत हो । चट्याङ लागेका मानिसमा विद्युतीय करेन्ट बाँकी नहुने हुँदा उनीहरूलाई छुनु सुरक्षित नै हुन्छ ।

    – चिकित्सक नआउने समयसम्म पीडितको अवस्था अवलोकन गरी चट्याङ लागेका व्यक्ति बेहोसीको अवस्थामा भए सास चलिरहेको छ कि छैन हेर्नुपर्छ । चट्याङ लागेको व्यक्तिको नाक र मुख छेउमा आफ्नो दुई औँला वा कान राखेर हावा आइरहेको छ कि छैन अनुभव गर्न सकिन्छ ।

    – मुटुको धड्कनको गति पनि छामेर जाँच गर्न सकिन्छ ।

    – सास फेरेको छैन जस्तो लाग्छ भने नाडी १० सेकेण्ड जति छामेर हेर्नुपर्छ । छाम्दा नाडी र गर्दनमा दुई औँला बलियोसँग राखी स्थिर भएर धड्कन अनुभव गर्नुपर्छ । यसले शरीरमा रक्तसञ्चार भइरहेको थाहा हुन्छ ।

    – नाडी छाम्दा भेटिएन भने तुरुन्त सीपीआर दिनुपर्छ ।

    – सीपीआर गर्न छातीको केन्द्रमा दुवै हातले बल लगाएर धक्का दिनुपर्छ । एक मिनेटमा लगभग १०० देखि १२० पटक धक्का दिनुपर्छ । यसरी धक्का दिँदा फोक्सोमा भरिएको पानी पनि बाहिर आउन सक्छ । यो बीचमा एम्बुलेन्स आइपुगेमा पनि सीपीआर जारी राख्नुपर्छ ।

    – प्राय चट्याङ पर्दा टाउकोबाट करेन्ट प्रवेश गर्ने र खुट्टाबाट बाहिरिने हुनाले टाउको र खुट्टा जलेको, हड्डी भाँच्चिएको, सुन्ने शक्ति वा हेर्ने शक्ति पनि नभएको हुनसक्छ । त्यसैले यी कुरा जाँच गर्नुपर्छ ।

    – सामान्य चोटपटकले रगत बगिरहेको छ भने मलमपट्टी गर्नुपर्छ ।

    चट्याङबाट कसरी बच्ने त ?

    – आकाशमा बिजुली चम्किने बित्तिकै चट्याङ पर्न लाग्यो भन्ने बुझ्नुपर्छ, त्यसबखत थचक्क बस्नुपर्छ ।

    – हातलाई घुँडामा टेकाएर टाउको निहुराएर होचो ठाउँको भुईंसतहमा बस्नु राम्रो हुन्छ ।

    – यो समयमा छाता खोल्ने वा मोबाइल फोन प्रयोग गर्ने गर्नुहुँदैन । किनभने यी वस्तुमा भएका धातुले करेन्टलाई शरीरतर्फ तान्न मद्दत गर्छ ।

    – चट्याङ पर्दा वा बादलबाट मेघ गर्जनको आवाज आउँदा घरभित्र हुनुहुन्छ भने विद्युतीय उपकरणबाट टाढै रहनुपर्छ ।

    – यस्तो समयमा खेतबारीमा काम गर्न निस्किनुहुँदैन । खेतमै भएको अवस्थामा नजिकै रहेको पाटी वा छाप्रोमा बस्न सकिन्छ ।

    – झ्याल र ढोका बन्द गर्नुपर्छ । बार्दली र कौसीमा बस्नु हुँदैन । यसबाहेक बिजुलीसँग जोडिएको वस्तु छुनु उपयुक्त हुँदैन । धातुबाट बनेका पाइप, धारा र हात धुने बेसिनलाई सम्भव भए केही समय टाढा रहनुपर्छ ।

    – चट्याङ परेको बेला रुखमुनि, अग्लो भवन वा खुल्ला ठाउँमा उभिनुहुँदैन । अग्लो ठाउँमा बस्दा समूहमा उभिनुको सट्टा अलग्गै उभिनुपर्छ । सबैभन्दा राम्रो भनेको नजिकैको घरमा आश्रय लिनु हो ।

    – यात्राको क्रममा चट्याङ परेमा गाडीमै बस्नुपर्छ । बाइकमा भए तुरुन्त रोकेर घर वा पार्टी भएको स्थानमा बस्न सकिन्छ ।

    – बिजुली वा टेलिफोनको पोल र र कुनै पनि मेसिनबाट टाढा रहनुपर्छ । यदि पानीमुनि वा डुङ्गामा भएको अवस्था छ भने तुरुन्तै बाहिर निस्कनुपर्छ ।

     

    बिहिबार, जेठ १०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २५ गते (८

    • २.
      आज २०८३ साल जेठ २६ गते (९

    • ३.
      आज २०८३ साल जेठ २७ गते (१०

    • ४.
      आज २०८३ साल जेठ ३१ गते (१४

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ७.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer