काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई नागरिकता कीर्ते प्रकरणमा पक्राउ गरिएपछि नेपाल बार एसोसिएसनले विज्ञप्ति जारी गरेको थियो । सो विज्ञप्तिमा सरकारले राज्य शक्तीको दुरुपयोग भएको भनिएपछी विवादित बनेको थियो ।
Advertisement
बारले, सरकारले प्रतिशोध साँध्ने उद्देश्यले अभिव्यक्ति स्वतन्त्रतालाई बन्देज गर्ने मनसाय गरेको, राज्य शक्तिको दुरुपयोग गरेको कुरा किमार्थ स्वीकार्य नहुने भन्दै विज्ञप्ति जारी गरेको थियो ।
उक्त विज्ञप्तिविरुद्ध उपत्यका बारका उपाध्यक्ष, कोषाध्यक्षसहित ७ सदस्यले राजीनामा बुझाएका हुन् ।
कुनै पनि विवादमा निर्णय लिन परेमा सल्लाहकार समिति र उपत्यका बारेसँग छलफल गर्ने परम्परा रहेकोमा त्यसो नभएको भन्दै उहाँहरूले विरोध जनाउनु भएको हो ।




