• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, भदौ ०३, २०८३
☰
बुधबार, भदौ ०३, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

आँखामुनि कालो धब्बा किन देखिन्छ, जानौं


  •   आइतबार, जेठ १३, २०८१ मा प्रकाशित
  • आँखामुनि कालो धब्बा आउनुको कारण अनिन्द्रा ठानिन्छ । प्रशस्त सुत्नु निकै महत्त्वपूर्ण भए पनि निन्द्राको अभावले मात्र आँखामा काला र निला धर्सा आउँदैनन् । यसका अन्य कारण छन्

    Advertisement

    तपाईँको आँखामा कालो धर्सा र दाग हुनुको दोष अभिभावकलाई पनि जान्छ । वंशाणुगत कारणले कतिपय मानिसको आँखामा काला धर्सा र धब्बा देखिन्छन् । छालाको रोगले पनि आँखामा कालो धर्सा आउँछ । यो रोग लाग्दा आँखा चिलाउँछ र आँखामा दाग आउँछ । आँखा चिलायो भनेर घोट्दा सुन्निन थाल्छ आँसु वरपरको रक्त कोषका नलीलाई टुटाइदिन्छ जसले आँखा मुनिको छाला कालो र निलो डाम जस्तो देखिन्छ ।

    एलर्जीले पनि कालो बनाउँछ । आँखामा कालो धर्सा आउन इसेज्मा जस्तो छालाको रोग मात्र मुख्य जिम्मेवार छैन । एलर्जीले छालालाई रातो बनाउँछ र रगतको नलीलाई बिस्तार गरिदिन्छ । हाम्रो आँखाको ढकनी र आँखामुनिको छाला शरीरको अन्य भागको तुलनामा निकै पातलो भएकोले सुन्निएको रक्त नली अन्य क्षेत्रको तुलनामा कालो हुन्छ । तसर्थ सम्भव भएसम्म छिटो भन्दा छिटो छालाको एलर्जीको उपचार गर्नुपर्छ ।

    मेकअपले पनि धर्सा निम्त्याएको हुनसक्छ । मेकअपले कालो धब्बा देखाउँछ भन्दा विश्वास नलाग्न सक्छ । तर, तपाईँले मासकारा, आइस्याडो वा कन्सिलर लगायतका उत्पादन प्रयोग गर्नु भएको छ भने तपाईँको छालालाई असर गर्छ । कतिपयले मेकअप गर्दा एलर्जी आउँछ र एलर्जीले आँखामुनि कालो धर्सा उत्पन्न हुन्छ । सौन्दर्यका सामग्रीमा स्वास्थ्यका लागि हानिकारक मानिएको लीड मिसाइएकोले पनि यो छालाका लागि उपयुक्त मानिँदैन ।

    कालो धर्सा देखिनुमा हड्डीको संरचना र विशेषगरी तपाईँको अनुहारको आकारमा पनि भर पर्छ । जब मानिसको आँखामुनि आँसु झर्छ, आँखामा रहेको आँसुले छालालाई कालो धर्सायुक्त बनाउँछ ।

    नशाले पनि निलो छायाँ देखाउँछ । यदि तपाईँको आँखाको भागमा निलोडाम जस्तो देखिन्छ भने यो आँखामा रगत प्रवाह गर्ने नशाहरुको कारणले पनि हुन सक्छ । आँखामुनिको निलो नशाहरु कालो देखिन्छ र यसले आँखाको ढकनी र आँखा वरपरको भागलाई कालो बनाउँछ । तर, यो कालो केबल छालाभित्रको नशा मात्र हो ।

    बाहिर घाममा निस्कँदा छालामा चमक आउँछ भन्ने तपाईँलाई लाग्छ होला । तर, सत्य यो होइन । तपाईँको कोमल आँखाको छाला घाममा देखाउँदा झन् कालो हुन्छ । आँखाको ढकनी र आँखा वरपरको छाला शरीरमै सबैभन्दा पातलो हुन्छ । तसर्थ सूर्यको प्रकाश वा घामले यो भाग छिट्टै डढाइदिन्छ । जसका कारण तपाईँको छाला कालो दाग देखिन्छ र छालाको पारदर्शितामा असर गर्छ ।(जोय नेपाल)

    आइतबार, जेठ १३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer