• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, जेठ ३१, २०८३
☰
आइतबार, जेठ ३१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

हलेसीमा भक्तजनको घुँइचो, एकैदिन १४००० वढी, यसरी भएको मन्दीरको उत्पत्ती


  •   सोमबार, जेठ १४, २०८१ मा प्रकाशित
  • काठमाडौं । खोटाङ्ग जिल्लाको चर्चित धार्मिक तथा पर्यटकीय स्थान हलेसी महादेवलाई ख्यातीका हिसाबले पुर्वको पशुपती भन्ने गरिन्छ ।
    हिजो आज हर्कपुरको सुनकोशीनदीमा र जयरामको दुधकोशी नदीमा पुल वनेपछी काठमाडौं लगायतका ठाउहरुबाट आउने धार्मिक पर्यटकको मात्रामा उल्लेख्य वृद्दी भएको मन्दिर व्यवस्थापन समितीका अध्यक्ष गजुरमान राई बताउनु हुन्छ । गत वर्ष वोलवम मेलामा एकै दिन १४००० वढी श्रद्दालुहरु आएको र यो नै अहिले सम्मको सबैभन्दा धेरै भक्तजनहरुको उपस्थिती रहेको बताउनु हुन्छ अध्यक्ष राई ।

    Advertisement

    काठमाडौबाट धुलिखेल काभ्रेहुदै विपि राजमार्गबाट करिब ६/७ घण्टाको यात्रापछी हलेशी महादेव पुग्न सकिन्छ । काठमाडौ खुर्कोट सिन्धुली वर्दिवास सडकमार्गको खुर्कोट बजारबाट थोरै दक्षिण लागेपछि, सिन्धुली वर्दिवास सडक छाडेर सुनकोशी नदिको किनारै किनार सिन्धुली उदयपुर ओखलढुङ्गा जिल्ला हुदै खोटाङ हलेसी पुग्न सकिन्छ ।

    दैनिक २००० भक्तजन आउने, सबैभन्दा धेरै १४००० बढी

    काठमाडौबाट धुलिखेल काभ्रेहुदै विपि राजमार्गबाट करिब ६/७ घण्टाको यात्रापछी हलेशी महादेव पुग्न सकिन्छ । काठमाडौ खुर्कोट सिन्धुली वर्दिवास सडकमार्गको खुर्कोट बजारबाट थोरै दक्षिण लागेपछि, सिन्धुली वर्दिवास सडक छाडेर सुनकोशी नदिको किनारै-किनार दक्षिण तर्फ लाद्गा सुनकोशी नदिले निर्माण गरेका सुन्दर टारहरु हुदै सिन्धुली उदयपुर ओखलढुङ्गा जिल्ला हुदै खोटाङ हलेसी पुग्न सकिन्छ ।

    धार्मिक आस्था र विश्वासका कारण हलेषी महादेव मन्दिरमा भक्तजनको ठुलो भिड लाग्ने गरेको छ । समितीका अध्यक्ष राईका अनुसार गत वर्ष वोलवम मेलामा एकै दिन १४००० वढी श्रद्दालुहरु आएको र यो नै अहिले सम्मको सबैभन्दा धेरै भक्तजनहरुको उपस्थिती रहेको बताउनु भयो ।

    हलेसी सुचना केन्द्रका अनुसार शुक्रवार शनिवार सोमवार तथा अन्य विशेष पर्व तथा चाडका समयमा दैनिक २ हजार बढी भक्तजनहरु आउने, सबैभन्दा कम शुक्र अस्त, गुरु बृहस्पती अस्त र मलमासका समयमा थोरै भक्तजनहरुको आगमन हुने गरेतापनि यस्तो समयमा पनि दैनिक ८००/९०० सम्म भक्तजनहरु नघट्ने र अरु दिनमा सरदर २२००/२५०० भक्तजनहरुको उपस्थित हुने गरेको छ ।

    शुक्र अस्त, गुरु बृहस्पती अस्त र मलमासका समयमा सबैभन्दा कम आगमन हुने गरेतापनि दैनिक ८००/९०० सम्न भक्तजनहरु यस समयमा पनि आउने गरेका छन् भने अरु दिनमा धार्मिक आस्था र विश्वासका कारण हलेषी महादेव मन्दिरमा भक्तजनको ठुलो भिड लाग्ने गरेको छ । गत वर्ष वोलवम मेलामा एकै दिन १४००० वढी श्रद्दालुहरु आएको र यो नै अहिले सम्मको सबैभन्दा धेरै भक्तजनहरुको उपस्थिती रहेको समितीका अध्यक्ष राईले बताउनु भयो ।

    काठमाडौ धुलिखेल सिन्धुली उदयपुर ओखलढुङ्गा हुदै आउने भक्तजनहरुले, दुधकोशी नदिमा जयराम भन्ने ठाऊमा रहेको पुल तरेपछीको बाटो सांघुरो र राम्रो पक्की सडक नभएको हुदा दु:ख पाउने गरेको गुनासा आफु समक्ष राख्ने गरेको बताउनु हुन्छ अध्यक्ष राई । हरेक पटक मन्दिरमा गुरुयोजना बन्ने र कार्यन्वयनमा कहिल्यै, कसैले नलग्दा आफुलाई दु:ख लाग्ने गरेको अध्यक्ष राईले बताउनु हुन्छ । मन्दिरमा उठेको भेटीको रकम सामाजीक कामका साथै मन्दीर व्यवस्थापनमा खर्च गरिने उहांले बताउनु भयो ।

    हलेसी महादेव गुफाको उत्पत्ति सम्बन्धका किंवदन्तिहरू

    हलेसी महादेव गुफाको उत्पत्ति प्रसङ्गको सन्दर्भमा विभिन्न कथा र किंवदन्तिहरू रहेका छन् ।

    इतिहासका अनुसार हलेसी को नाम नेपाल एकीकरण हुनुअघि यस भूमिमा किराती राजा ‘होलैसुङ’ले शासन गरेका थिए । सोही शब्द अपभ्रंश भई ‘हलेसी’ बन्न गएको बताइन्छ ।

    स्थानियवासीका भनाइअनुसार पहिले सत्य युगमा हलेसी मन्दिर वरिपरि जङ्गल रहेकाले त्यहाँ बाघ, भालु घोरल मृग जरायो कालिज तित्रा आदि पशुपंक्षीहरू प्रशस्त मात्रामा पाईने र त्यस जङ्गलमा त्यसै गाउँका स्थानियवासी किराँत जातका मान्छेहरूले नै सिकार गर्ने र जिव जन्तुहरू मार्ने गर्दथे । त्यो बेलामा हलेसी गुफा लहराले जेलिएर रहेको अवस्थामा भएकाले यस गुफाका बारेमा कसैलाई थाह थिएन ।

    एक दिन एकजना किराँती सिकारीको बाण प्रहारबाट घाइते भएको मृग लडेर हलेसी महादेव गुफाभित्र खसेछ । त्यो मृग लिन जाँदा अँध्यारो गुफाभित्र चम्किलो बत्तिको जस्तो ज्योती देखेर सिकारीको आँखा तिरमिराएर सिकारी बेहोस भएछ । उक्त बेहोस भएको सिकारीलाई भगवान शङ्करले दर्शन दिए पछि यस गुफाभित्र अन्य देवि देवताको पनि उत्तपत्ती भएछ । यो देखेर त्यो सिकारीले त्यो मन्दिर आसपासका क्षेत्रमा कसैले पनि हत्या हिंसा नगर्नु भन्ने चेतावनी समेत दिएको भन्ने भनाइ रहेको छ ।

    पुरानो धार्मिक मान्यता अनुसार यी दूवै गुफाहरू महादेवले भस्मासुर राक्षस बाट बच्नको लागि खनेका हुन् भन्ने किमवदन्ति छ। भनिन्छ एक पटक भस्मासुरले महादेव को घनघोर तपस्या गरेछन् र महादेव खुशी भई वरदान माग भन्दा उनले ‘जसको थाप्लोमा म हात राख्छु त्यो चुर्णहोस’ भन्ने वरदान मागेछन् । महादेवले पनि तुरुन्तै तथास्थु भनी वरदान दिएछन् । भस्मासुरले यो वरदान सत्य छ हो कि होइन भनेर जाँच्न महादेव कै थाप्लोमा हात राख्न खोजेछन् ।

    महादेव डरले भएर भागेछन् । भस्मासुरले पनि छाडेन छन् । महादेव हलेसीको चट्टानै फोडेर जमीन भित्र पसेछन् र द्वारमा आफ्नो वाहन बसाहालाई पाले राखेछन् । बसाहाले युद्ध गरेर भस्मासुरलाई निकैवेर सम्म अलमल्याई दिएपछि । त्यतिन्जेल सम्ममा महादेव पहाड छिचोलेर आकाशमा निस्केछन् र नजीकै जमीन छेंडी पातालमा घुसेर लुकेछन । यसरी त्यहाँ बसाहाथान र महादेव थान दुइवटा गुफा बनेको प्रशंग आउँदछ । जुन गुफाको मुखमा बसाहलाई राखी महादेव आकाशमा निस्के भनिएको छ त्यो वारपार छिचोलिएको गुफालाई बसाहा थान भनिन्छ ।

    हलेसी महादेव पतालको गुफामा लुकेपछि विष्णुले मोहनी रुपलिएर नृत्य गर्दै राक्षसलाई भुलाउन आएछन् । एउटी रुपवति आइमाई देखेपछि भस्मासुरले महादेवलाई भुलेछन् र उनकै जस्तो नाँच नाच्ने नक्कल गर्दा आफ्नै टाउकोमा हात राख्न पुगी उनी भष्म भएछन् । भष्म भएर रहेको हाडखोर भनी आज पनि च्यास्मिटार भन्ने गाउँमा भएको कालाकाला चट्टानलाई यहाँका आदिवासीहरू देखाउने गर्दछन् ।

    श्री स्वस्थानी व्रत कथा अनुसार सतिदेवीले आफ्ना बाबु दक्ष प्रजापतिले एउटा ठुलो महायज्ञ गरे जुन यज्ञमा आफ्नै छोरी सतीदेवीलाई सम्म बोलाएनन र आफ्नो पिताले त्यस यज्ञमा नबोलाईकन पनि गईन । पिताको अपमान सहन नसकी सती देवीले तत्काल यज्ञस्थलमा नैं योज्ञाग्निमा स्वयंलाई लाई भस्म गरिदिइन्।

    यज्ञमा हामफालेर देह त्यागगरेको शरिरलाई महादेवले लिएर संसार डुलाउने क्रम मा यहाँ सतीदेवी अंगको दाहिने कुहुनो पतन भयो राज गृह पिठ राज ग्रिहेश्वरि देवी उल्का मुखी योगिनी हलेश्वर महादेव उत्पति भई शिव शक्ति स्वरुपले रहेको पनि कथा मा पाइन्छ । गुफासंग जोडिएका यि र यस्तै कथाहरु अरु पनि निक्कै छन् ।

    सोमबार, जेठ १४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २५ गते (८

    • २.
      आज २०८३ साल जेठ २६ गते (९

    • ३.
      आज २०८३ साल जेठ २७ गते (१०

    • ४.
      आज २०८३ साल जेठ ३१ गते (१४

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ७.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer