काठमाडौं । मुक्तिनाथ विकास बैंकको स्वतन्त्र सञ्चालकमा उमेशकुमार आचार्य नियुक्त हुनुभएको छ । साउन १५ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले आचार्यलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।
Advertisement
उहाँलाई साउन १६ गतेदेखि नै लागू हुने गरी चार वर्ष कार्यकाल रहने गरी सञ्चालकमा नियुक्त गरिएको बैंकले जनाएको छ । २० वर्षभन्दा बढी समय बैंकिङ क्षेत्रमा बिताउनुभएका आचार्यले तत्कालीन कामना विकास बैंकसहित विभिन्न वित्तीय संस्थामा १३ वर्ष प्रमुख कार्यकारी अधिकृतका रूपमा काम गर्नुभएको थियो ।
साथै विभिन्न निकायमा नीतिगत परामर्शदाताका रूपमा पनि कार्य गर्दै आउनुभएका आचार्य पोखरा विश्वविद्यालयबाट बिजनेस एडमिनिटेसन विषयमा स्नातकोत्तर हुनुहुन्छ ।




