• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, साउन २८, २०८३
☰
बिहिबार, साउन २८, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

हुम्लामा राती आठ बजेपछि सवारीसाधन चलाउन नपाइने


  •   सोमबार, साउन २८, २०८१ मा प्रकाशित
  • हुम्ला । जिल्लाभर कर्णाली करिडोर र आन्तरिक सडकमा राती आठ बजेपछि बिहान साँढे पाँच बजेसम्म सवारीसाधनहरु चलाउन नपाइने भएकाे छ । सबैतिर कच्ची सडक भएको कारण सम्भावित दुर्घटनाबाट जोगिनका लागि स्थानीय प्रशासनको समन्वयनमा प्रहरीले रातीको समयमा यातायात सेवा बन्द गरेको हो ।

    Advertisement

    हिल्साबाट सिमकोटका लागि गाडी चलाउँदै आउनुभएका चालक पुरन रावतले रातीको समयमा सडक बन्द गरिएको बताउनुभयो । यसबाट यात्रु तथा चालकलाई केही असुविधा भएपनि सुरक्षाका लागि पनि यो नियम अति उपयुक्त भएको उहाँले बताउनुभयो । उहाँले हिल्साबाट सिमकोटसम्म चार स्थानमा सुरक्षा चौकी भएको र प्रत्येक स्थानमा साँझको आठ बजेभित्र यातायातका साधन कटी सक्नु पर्ने बताउनुभयो । सडकमा नयाँ नियमले गर्दा चालकहरु पनि गन्तव्यमा पुग्नका लागि चनाखो हुनुपर्ने अवस्था आएकोले जिल्लाको सडकको अवस्था हेर्दा राती यातायातका साधन सञ्चालन गर्न नदिनु मनासिव भएको उहाँले बताउनुभयो ।

    प्रहरी निरीक्षक नरेन्द्र चन्दले जिल्लाभित्रका सबै सडकमा राती आठ बजेपछि यातायात सेवा सञ्चालनमा रोक लगाइएको बताउनुभयो । यसरी रातभर सञ्चालनमा रोक लगाइएका यातायातका साधन बिहान साँढे पाँच बजेपछि मात्र सञ्चालनमा आउने गरेका छन् । स्थानीय प्रशासनको समन्वयमा रातीको समयमा यातायात सञ्चालनमा रोक लगाइएपछि हुन सक्ने दुर्घटनाको जोखिमबाट सबै सुरक्षित रहेको उहाँले बताउनुभयो ।

    कर्णाली करिडोरको कवाडीदेखि हिल्सासम्म आवश्यक स्थानमा चेकजाँचका लागि सुरक्षा व्यवस्था समेत नभएको अवस्थामा यसरी राती यातायात सेवा बन्द गर्नु उपयुक्त कार्य भएको उहाँले बताउनुभयो । बर्खा लागेकोले अविरल वर्षाको कारण ठाउँठाउँमा पहिरो गएर क्षेती हुने पनि उत्तिक्कै सम्भावना भएको कारण पनि रातीको समयमा यातायात सेवालाई बन्द गर्नुपरेको उहाँले बताउनुभयो ।

    जिल्लाभित्रका सडकको अवस्था हेर्दा प्रहरीले लागु गरेको यो नयाँ नियम सबै क्षेत्रका लागि उपभोगी रहेको यात्रु डबल शाहीले बताउनुभयो । यसबाट रातीको समयमा जिल्लाभित्रका चालीसभन्दा बढी सडकमा यातायात सेवा बन्द हुँदै आएको छ ।(गोरखापत्र)

    सोमबार, साउन २८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer