• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, साउन २८, २०८३
☰
बिहिबार, साउन २८, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

घोडाघोडीका युवाको आकर्षण ड्र्यागन खेतीमा


  •   बुधबार, साउन ३०, २०८१ मा प्रकाशित
  • काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–८, जरहीका करण साउद ड्र्यागन (सिउँडी) फलको खेती गरी मनग्गे आम्दानी गर्न थाल्नुभएको छ । वैदेशिक रोजगारीका सिलसिलामा भारतको पन्जाबमा लामो समय बिताएका साउद बल्ल बुद्धि फिरेको बताउनुहुन्छ । इन्टरनेटको माध्यमबाट सिउँडी फल खेतीबारे जानकारी पाएपछि उहाँले भारतबाट नै बेर्ना ल्याएर व्यावसायिक खेती थाल्नुभएको थियो । तीन कट्ठा जमिनमा सिउँडी फल लगाएको तीन वर्षपछि आम्दानी दिन थालेको छ ।

    Advertisement

    उहाँले ७० बोटका फलबाट पहिलो चरणमा पाकेका फल बेचेर ३० हजार रुपियाँ आम्दानी भएको बताउनुभयो । उहाँले भन्नुभयो, “गत वर्षबाट फल्न सुरु गरेको हो, दुई पटक फल्छ, पहिलो पटकको बेचिसकियो, अब दोस्रो पटकको तयार हुँदै छ ।”

    उहाँले एक लाख रुपियाँसम्म आम्दानी हुने आशा गरेको बताउनुभयो । आफ्नै देशमा केही काम गरेर मनग्गे कमाउन सकिन्छ भन्ने आत्मविश्वासले व्यावसायिक खेती सुरु गरेको भनाइ उहाँको छ । अहिले करणले फल बिक्रीसँगै ड्र्यागनको बेर्नासमेत तयार गरी बिक्री सुरु गर्नुभएको छ । उहाँले तयार गरेको बेर्ना तीन सय रुपियाँका दरले बेच्ने गरेको बताउनुभयो । कतिपयले व्यावसायिक खेती गर्नुभन्दा पनि एक/दुई बोट लगाउने हिसाबले ड्र्यागनका बेर्ना लैजाने गरेको उहाँले जानकारी दिनुभयो ।

    तीन कट्ठा जग्गामा घेरबार, पोल, बेर्नासहित पाँच लाख रुपियाँ लगानीमा उक्त व्यावसायिक खेती गरिएको हो । करणले ड्र्यागन फलबाट राम्रो आम्दानी हुने जनाउँदै कतैबाट अनुदान पाएमा बढाउँदै लैजाने बताउनुभयो ।

    स्वास्थ्यका लागि राम्रो मानिएको ड्र्यागन फलको व्यावसायिक खेतीमा पछिल्लो समय आकर्षण बढ्दै गएको छ । घोडाघोडी नगरपालिका कृषि शाखाले ड्र्यागन फलको व्यावसायिक खेती गर्ने युवालाई अनुदानसमेत दिएको जनाएको छ ।(गोरखापत्र)

    बुधबार, साउन ३०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer