काठमाडौं । मनसुनी वर्षा गराउने न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छँदा आज ५ वटा प्रदेशमा मुसलधारे वर्षाको सम्भावना छ।
Advertisement
जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
आज राति कोशी, मधेश, वागमती र गण्डकीका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यस्तै, कोशी, मधेश, वागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा मुसलधारे वर्षा हुने सम्भावना छ।




