काठमाडौं । अमेरिकी गुप्तचर अधिकारीहरुले केही समयअघि भएको भनिएको राष्ट्रपतीय उम्मेदवार डोनाल्ड ट्रम्प तथा बाइडेन-ह्यारिस समूहलक्षित ह्याकमा इरान दोषी भएको ठहर गरेको छ।
उनीहरुले तेहरानले अमेरिकी राजनीतिमा हस्तक्षेप गर्न तथा आगामी राष्ट्रपतीय निर्वाचनको नतिजालाई अर्कै स्वरुप दिने उद्देश्यका लागि यस प्रकारको लज्जास्पद तथा भयंकर प्रयास गरेको आरोप लगाएका छन्।
एफबीआई तथा अन्य संघीय एजेन्सीबाट प्राप्त प्रतिवेदन अध्ययन गर्दै अमेरिकी सरकारले पहिलोपल्ट कुनै अर्को राष्ट्रलाई ह्याकका बारेमा दोषारोपण गरेको हो।
यस प्रकारको ह्याकिङले निर्वाचनमा वैदेशिक हस्तक्षेपको खतरा बढाउनेतर्फ इंगित गर्दै रुस र चीनजस्तै ईरान पनि अब ह्याकिङको चिन्ता गर्नुपर्ने देशमा परेको अमेरिकाको बुझाई छ।
अमेरिकी अधिकारीहरुले इरानका ती ह्याकरले पूर्व राष्ट्रपति तथा आगामी निर्वाचनमा रिपब्लिकन पार्टीका तर्फबाटका उम्मेदवार डोनाल्ड ट्रम्पको अभियानमात्र भंग गर्न खोजेको नभई अर्की डेमोक्र्याट प्रतिस्पर्धी तथा वर्तमान उप राष्ट्रपति कमला ह्यारिसको अभियान पनि भाँड्ने प्रयास गरेका बताएका छन्।
ह्याकिङ तथा यस प्रकारका गतिविधि असहमति प्रकट गर्न, अमेरिकी जनतामा फुट ल्याउन तथा सम्भावित रुपमा निर्वाचनको परिणामलाई नै प्रभाव पार्नका गरिएको बताउँदै अमेरिकी अधिकारीहरुले यिनै प्रभावहरु नै छोड्न सकिने देखेर इरानले उक्त प्रयास गरेको आरोप लगाए।
‘हामीले निर्वाचन चक्रका क्रममा इरानका तर्फबाट दिनानुदिन बढिरहेको आक्रोशपूर्ण गतिविधिहरु देखिरहेका छौं, जसमा विशेषगरी अमेरिकी जनतामाथि प्रभाव पार्ने गतिविधि तथा राष्ट्रपतीय निर्वाचनलक्षित साइबर गतिविधि रहेका छन्’, एफबीआई, तथा राष्ट्रिय अनुसन्धन तथा साइबर सुरक्षा र संरचना सुरक्षा एजेन्सीका निर्देशकले निकालेको संयुक्त विज्ञप्तिमा उल्लेख छ।(एजेन्सी)




