• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
सोमबार, साउन २५, २०८३
☰
सोमबार, साउन २५, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

मंगलबार ब्रत बस्नुका यस्ता छन् फाइदा


  •   मङ्गलबार, भदौ ११, २०८१ मा प्रकाशित
  • काठमाडौं । हामी स्वच्छ जीवनयापन बाँच्न हप्तामा एक पटक ब्रत बस्नु स्वास्थ्यका लागि एकदमै लाभदायी मानिन्छ । धार्मिक हिसावले भन्ने हो भने कतिपय मंगलबार ब्रत बस्छन् । त्यस्तैझैँ आज पनि मंगलबारको दिन परेको छ । मंगलबार खासगरी धेरैजना व्यक्तिहरु गणेश भगवानको प्रार्थना गरि ब्रत बस्ने चलन छ ।

    Advertisement

    सबै किसिमका सुख प्राप्त गर्न, रक्तविकार शमन गर्न, शत्रुदमनका निम्ति, स्वास्थ्य रक्षार्थ तथा पुत्र प्राप्तिका लागि मङ्गलबारको ब्रत एकदमै उत्तम मानिन्छ । यो ब्रत शुक्ल पक्षको पहिलो मङ्गलबारबाट सुरु गर्नुपर्दछ । मंगलबारको ब्रतबाट मङ्गल ग्रहको अनिष्ट फल पनि शान्त हुन पुग्छ । बिहान उठेर स्नान गरी शुद्ध भएपछि रातो कपडा धारण गरी ’ॐ भौमाय नमः’ ५ माला जप गर्नुपर्दछ । गणेश भगवानको आराधना गर्नुपर्दछ । पूजा गर्दा रातो फूल, फल, तामा, नरिवल आदि दान गर्नुपर्दछ ।

    यो ब्रत कमसेकम २१ वटा मङ्गलबारसम्म लिने प्रचलन छ । सकिन्छ भने जीवनभरि नै लिए अझ राम्रो मानिन्छ। यस व्रतमा गहुँ र सख्खरको भोजन गर्नुपर्ने हुन्छ, रातो कपडा लगाउनु पर्दछ । एक छाक अलिनो भोजन गर्नु पर्दछ ।

    ब्रत बस्नाले शरीरको शुद्धिकरणमा फाइदा पुग्छ । मोटोपन कम गर्नु, आन्तरिक सन्तुलन र सुव्यवस्थाको स्थिति प्राप्त गर्नु, थकान र अनिद्रा भगाउन पनि ब्रत गर्नु आवश्यक छ । ब्रतले संकल्प र शक्तिको विकास र दृढ रहनमा सहयोग गर्दछ । यदि मानिस वास्तवमै केही प्राप्त गर्न चाहान्छ भने तवसम्म उ व्रत बस्छ जबसम्म उसले चाहेको उद्धेश्य पूरा हुँदैन ।

    ब्रतमा भोकै बस्नुपर्ने हुनाले तपाईले खान मन गरेपनि तपाईको इन्द्रियको पुकार तपाईको इक्षाशक्तिले नियन्त्रण गरिदिन्छ । यदि तपाईको इच्छाशक्ति दृढ हुन सकेन भने तपाई केही फलफूल र दूध पिउन सक्नुहुन्छ ।

    ब्रतले मानिसलाई त्याग गर्न सिकाउँछ । त्यसकारण पनि यो दिन तपाईले दान अथवा आफूले खाने खाना जसका लागि जरुरी छ उसलाई दिन सक्नुहुन्छ । ब्रतका दिन व्यक्ति शारीरिक र मानसिक रुपबाट हल्का महसुस गरिरहेको हुन्छ । चिन्तामुक्त बन्न सक्छ । यदि तपाई सहज तरिकाले एकाग्र चित्त बनाउन सक्नु भयो भने यी कुराहरु स्पष्ट हुन्छ ।

    ब्रतको दिन सचेतन, स्वार्थहीन, शारीरिक र मानसिक रुपमा त्याग हुन जरुरी हुन्छ । ब्रतको पूरैदिन यो ख्याल राख्नुहोस् कि, तपाई मानसिक र अध्यात्मिक विकासका लागि ब्रत गरिरहनु भएको छ । यदि तपाई ब्रत बस्ने आफ्नो संकल्प पूरा गर्नु भयो भने तपाईको आत्मविस्वास दृढ बन्दै जान्छ । सधै ख्याल राख्नुहोस् ब्रतको विशेष दिनमा अन्य मानिसहरुसँग विशिष्ट र मैत्रीपूर्ण तथा सार्थक व्यवहार गर्न जरुरी हुन्छ ।

     

    मङ्गलबार, भदौ ११, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    लोकप्रिय

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer