काठमाडौं । कुमारी बैंक र र्याडिसन होटलबीच कुमारी बैंकका डेबिट कार्ड तथा क्रेडिट कार्डका प्रयोगकर्तालाई होटलबाट प्रदान गरिने विभिन्न सेवा तथा सुविधामा आकर्षक छुट प्रदान गर्ने सम्झौता भएको छ ।
Advertisement
सम्झौताअनुसार कुमारी बैंकका डेबिट कार्ड तथा क्रेडिट कार्ड प्रयोगकर्ताले र्याडिसन होटलबाट प्रदान गरिने खाद्य तथा पेय पदार्थमा १५ प्रतिशत, पेस्ट्री सपमा १० प्रतिशत, फिटनेससम्बन्धी सेवामा २० प्रतिशत, ट्रानक्विलिटी स्पा तथा एयरपोर्ट रेष्टुरेन्ट सेवामा १५ प्रतिशत र केकहरूमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।




