काठमाडौं । मनसुनी वायु पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वमा दक्षिणमा अवस्थित छँदा आज तीनवटा प्रदेशमा भारी वर्षाको सम्भावना देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
Advertisement
विभागका अनुसार आज दिउँसो देशभर पहाडी भेगका केही तथा बाँकी इलाकाका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यस्तै, कोशी, वागमती र कर्णालीका केही ठाउँमा भारी वर्षा हुने सम्भावना छ।
आज राति देशभर पहाडी भेगका केही तथा बाँकी इलाकाका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।




