काठमाडौं । धुलिखेलस्थित दुसित ठानी हिमालयन रिसोर्टले कुमारी बैंकका ग्राहकलाई रिसोर्टबाट प्रदान गरिने सेवामा छुट प्रदान गर्ने भएको छ ।
Advertisement
कुमारी बैंक र रिसोर्टबिच भएको सम्झौताअनुसार कुमारी बैंकका ग्राहकले दुसित ठानी हिमालयन रिसोर्टबाट प्रदान गरिने सेवाहरू जस्तै खाना तथा पेय पदार्थ, देवराणा वेलनेस (स्पा), स्विमिङ पुल, ज्याकूजी, स्टिम तथा सोनामा कुमारी बैंकको डेबिट/क्रेडिट कार्ड, मोबाइल बैंकिङ सेवाबाट रकम भुक्तानी गर्दा १५ प्रतिशत छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।




