• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
सोमबार, असार १५, २०८३
☰
सोमबार, असार १५, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

आतिशी दिल्लीको नयां मुख्यमन्त्री बन्दै


  •   बुधबार, असोज ०२, २०८१ मा प्रकाशित
  • काठमाडौं । भारतको दिल्ली राज्यको नयाँ मुख्यमन्त्री आतिशी बन्ने हुनुभएको छ । मुख्यमन्त्री अरविन्द केजरीवालको राजीनामापछि आतिशी नयाँ मुख्यमन्त्री बन्ने हुनुभएको हो । आम आदमी पार्टीको मंगलबार बसेको विधायक दलको बैठकले आतिशीलाई नयाँ मुख्यमन्त्री बनाउने निर्णय गरेको छ । आम आदमी पार्टीका सांसद गोपाल रायले विधायक दलको बैठकले सर्वसम्मत रूपमा आतिशीलाई मुख्यमन्त्रीका रूपमा अघि सारिएको बताउनुभयो ।

    Advertisement

    मुख्यमन्त्री केजरीवाल जेलमा रहेका बेला आतिशीले सरकारको मुख्य ‘पोर्टफोलियो’ सम्हाल्नुभएको थियो । शिक्षासमेत मुख्य विभाग सम्हाल्नुभएकी आतिशीलाई केजरीवालको विश्वास पात्रका रूपमा हेरिन्छ । यसअघि नयाँ मुख्यमन्त्रीका लागि कैलाश गहलोत, गोपाल राई र सौरभ भारद्वाजको नाम पनि चर्चामा थिए । तर, आपको विधायक दलको बैठकले आतिशीको नाम अनुमोदन गरेको हो । २६ र २७ सेप्टेम्बरमा विधानसभाको सत्र बोलाइएको छ ।

    १३ सेप्टम्बरमा शराब नीति (रक्सी) केसमा सुप्रिम कोर्टले केजरीवाललाई ससर्त जमानत दिएको थियो । उहाँ रिहाइ भएलगत्तै १५ सेप्टेम्बरमा मुख्यमन्त्री पद छोड्ने घोषणा गर्नुभएको थियो । उहाँले अब जनताले आफू इमानदार रहेको या बेइमान रहेको फैसला गर्ने बताउनुभयो । जनताले निर्वाचन जिताएपछि मात्र आफू मुख्य मन्त्री बन्ने उहाँले घोषणा गर्नुभएको छ ।

    केजरीवाल र मनिष सिसोदियाको सर्वाधिक नजिक रहेर काम गर्नुभएकी आतिशीले केजरीवाल र सिसोदिया जेलमा हुँदा पार्टीलाई मञ्जबुत रूपमा एकताबद्व बनाउनुभएको थियो ।

    उहाँले सिसोदिया जेलमा हुँदा शिक्षासहित महत्वपूर्ण ६ मन्त्रालय समाल्नुभएको थियो । साथै उहाँ २०१३ को पार्टीको घोषणा पत्र बनाउँदा टिममा रहनुभएको थियो । पार्टीमा संलग्न भएयता उहाँ निरन्तर क्रियाशील रहँदै आउनुभएको छ । आतिशी सन् २०२० विधानसभा चुनावमा पहिलोपटक विधायक निर्वाचित हुनुभयो र २०२३ मा केजरीवाल सरकारमा पहिलोपटक मन्त्री बन्नुभएको थियो । त्यसको एक वर्षपछि २०२४ मा उहाँ मुख्यमन्त्री बन्न लाग्नुभएको हो । उहाँ दिल्लीको कालकाजी क्षेत्रकी विधायक हुनुहुन्छ ।

    आतिशी दिल्लीको मुख्यमन्त्री हुने तेस्रो महिला हुनुहुन्छ । यसअघि सुष्मा स्वराजले १९९८ मा ५२ दिन दिल्लीको मुख्य मन्त्री पद समाल्नुभएको थियो भने शीला दीक्षित १९९८ देखि २०१३ सम्म लगातार तीनपटक मुख्य मन्त्री बन्नुभएको थियो ।

    को हुन् आतिशी ?
    सन् १९८१ मा जन्मिनुभएकी आतिशी दिल्ली विश्वविद्यालयका प्रोफेसर विजयकुमार सिंह र तृप्ता वाहीकी छोरी हुनुहुन्छ । उहाँले दिल्लीको स्प्रिङडेल्स स्कुलमा अध्ययन गर्नुभएको हो । स्टीफन्स कलेजबाट इतिहास पढनुभएको उहाँले अक्सफोर्ड विश्वविद्यालयबाट स्नातकोत्तर गर्नुभएको छ । पछि आतिशीले आन्द्र प्रदेशको ऋषि भ्याली स्कुलमा पढाउनुभयो । उहाँ अग्र्यानिक खेती र शिक्षा प्रणालीसँग सम्बन्धित काममा सक्रिय हुनुभयो । पछि उहाँ भोपाल आउनुभयो । त्यहाँ उहाँले धेरै एनजिओमा काम गर्नुभयो । यसैक्रममा उहाँ आम आदमी पार्टी र प्रशान्त भूषणको सम्पर्कमा आउनुभएको थियो । उहाँ अन्ना आन्दोलनको समयदेखि संगठनमा सक्रिय हुनुहुन्छ । हाल आम आदमी पार्टीको प्रमुख अनुहारमध्ये एक हुनुहुन्छ ।

    बुधबार, असोज ०२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १२ गते (२६

    • २.
      आज २०८३ साल असार ९ गते (२३

    • ३.
      आज २०८३ साल असार १४ गते (२८

    • ४.
      आज २०८३ साल असार ११ गते (२५

    • ५.
      आज २०८३ साल असार १० गते (२४

    • ६.
      आज २०८३ साल असार १५ गते (२९

    भर्खरै

    • १.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer