• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
सोमबार, पुष २१, २०८२
☰
सोमबार, पुष २१, २०८२
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८२ साल पौष १५ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. ढकाल वंश: अछामदेखि गोरखासम्म

  • ३. आज २०८२ साल पुस १६ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८२ साल पुस १७ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८२ साल पौष १५ गते मंगलवार (Dec 30, 2025): यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८२ साल पौष १६ गते बुधवार (Dec 31, 2025): यस्तो छ तपाईंको आजको भाग्यफल

  • ७. आज २०८२ साल पौष १७ गते बिहिवार (Jan 01, 2026): यस्तो छ तपाईंको आजको भाग्यफल

  • ८. आज २०८२ साल पुस १८ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ९. हामी युक्रेन शान्ति सम्झौताको निकै नजिक छौं: राष्ट्रपति ट्रम्प

  • १०. इतिहास लेखनमा लहडीपन, ढकाल वंशावलीमा भ्रम र प्रश्न

नमुना उद्यमद्वारा उत्पादित बस्तु बिक्री गर्दै महानगर


  •   शनिबार, असोज ०५, २०८१ मा प्रकाशित
  • काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ‘एक वडा, एक नमूना उद्यम कार्यक्रम’ अन्तर्गत वडाहरुबाट उत्पादन भएका बस्तु तथा सामग्री नयाँ बानेश्वरको एनबि सेन्टरमा प्रदर्शनी तथा बिक्री सुरु गरेको छ । यसका लागि गएको भदौ ३० गते महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलको रोहवरमा भएको सम्झौतामा सामाजिक विकास विभागका प्रमुख समीक्षा निरौला र अस्पायर भेन्चरका कार्यकारी निर्देशक निरुसा राजभण्डारीले हस्ताक्षर गर्नुभएको थियो ।

    Advertisement

    सम्झौताबमोजिम असोज ४ गतेदेखि नमूना उद्यमबाट उत्पादित बस्तु तथा सामग्रीको बिक्री तथा प्रवर्द्धनका स्टल राख्न सुरु भएको छ । सम्झौता १ वर्षका लागि हो । यस अवधिमा हरेक शुक्रबार र शनिबार स्टल राखिनेछ । स्टलका लागि स्थान निःशुल्क हो ।

    शुक्रबार १७ वटा स्टल राखिएका थिए । उद्यम विकास सहजकर्ता देवकी घिमिरेका अनुसार १५ वटा वडाबाट छनोट भएका नमूना उद्यम र गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमअन्तर्गत वडा नं. ६ र १४ एक एक वटा समूह गरी १७ वटा समूहका स्टल छन् ।

    भेन्चर्सका कार्यकारी निर्देशक निरुशा राजभण्डारी भन्नुहुन्छ, ‘हामीसँग २० वटा स्टल राख्न सक्ने क्षमता छ ।’ महिला उद्यमीको उत्पादन प्रवर्धन गर्न महानगरपालिकासँग सहकार्य गर्न पाएका छौँ । यसबाट महिलाहरुको आर्थिक उपार्जनमा सुधार हुने अपेक्षा गरेका छौँ । राजभण्डारीको अपेक्षा राख्नुभयो ।

    महानगरपालिकाको वडा नं. १ र ३० को नमूना उद्यम गुन्द्रुक र मस्यौरा हो । यस्तै, वडा नं. २ को मस्यौरा र तितौरा, वडा नं. ३ र ४ को फेल्टको सामान बनाउने, वडा नंं ५ को सेरामिक्सका सामान बनाउने, वडा नं. ७ को क्रिष्टल तथा पोतेको गहना बनाउने उद्यम नमूना उद्यमका रुपमा छानिएको छ ।

    वडा नं. ८ को दुना टपरी र रुद्राक्षको ढक्की बनाउने, वडा नं. ९ को रुद्राक्षको माला र धुप बनाउने, वडा नं. १० को मस्यौरा र अचार बनाउने, वडा नं. १२ को सुकुल बनाउने, वडा नं. १६ को काष्ठकला, वडा नं. २१ को कटाँकी मूर्ति कुँद्ने, वडा नं. २२ को जुत्ता बनाउने, वडा नं. २४ को व्याग बनाउने र वडा नं. ३२ को अचार बनाउने उद्यमलाई नमूनाका रुपमा छानिएको छ ।

    यीमध्ये वडा नं. ५ मा उद्यमका लागि प्रविधि हस्तान्तरण भएको छ । यो उद्याम विकासको अर्को चरण हो । वडामा माटाका भाँडा बनाउने उद्यमबाट सामानहरु उत्पादन हुन थालेपछि यसको प्रवर्द्धन र उत्पादन मात्रा बढाउन प्रविधि हस्तान्तरण गरिएको हो ।

    सानासाना उद्यम विकास कार्यक्रमबाट उत्पादित स्वदेशी सामानले आयात गरिएका सामानलाई विस्थापन गर्दै लैजान, यस प्रक्रियामा महिलाहरुलाई सहभागी गराएर उनीहरुको आर्थिक उपार्जन वृद्धि गराउन ‘एक वडा, एक नमूना उद्यम’ कार्यक्रम थालिएको हो । उत्पादित सामानको बिक्री र प्रवर्द्धनका लागि बिक्री केन्द्र स्थापना गरेर बजारीकरण थालिएको हो ।

    महानगरपालिकाले यसअघि पनि सङ्ख्यात्मक रुपमा धेरै तालिम सञ्चालन गरिसकेको छ । त्यसरी तालिम लिएकामध्ये थोरै मात्र उद्यमी भएका थिए । बाँकीले भेटेसम्म तालिम लिए तर सिपयुक्त हुने क्षमता विकास गरेनन् । विगतको त्यो गलत पद्धतिलाई रुपान्तरण गर्दै यसपटक भने आवश्यकताका आधारमा तालिम दिने र तालिम लिएकालाई उद्यमी बन्न प्रोत्साहन गर्ने कार्यक्रमलाई महत्त्व दिइएको छ ।

    यसलाई विकास र विस्तार गर्दै ‘नेपाल उत्पादन मेला’ आयोजना गर्ने, त्यसभित्र पनि ‘काठमाडौँ उत्पादन’को छुट्टै स्थान बनाउने महानगरपालिकाको योजना छ ।(गोरखापत्र)

    शनिबार, असोज ०५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्याटेलाइटहरु ४८० किलोमिटरको दूरीमा झार्दै स्पेसएक्स
    निर्यात बढाउन दीर्घकालीन योजना आवश्यक
    इतिहास लेखनमा लहडीपन, ढकाल वंशावलीमा भ्रम र प्रश्न
    स्याङ्जामा यस वर्ष झण्डै डेढ अर्बको सुन्तला उत्पादन
    ढकाल वंश: अछामदेखि गोरखासम्म
    चीनद्वारा दुई नयाँ उपग्रह प्रक्षेपण

    लोकप्रिय

    • १.
      आज २०८२ साल पौष १५ गते मंगलवार:

    • २.
      ढकाल वंश: अछामदेखि गोरखासम्म

    • ३.
      आज २०८२ साल पुस १६ गते बुधवार:

    • ४.
      आज २०८२ साल पुस १७ गते बिहीवार:

    • ५.
      आज २०८२ साल पौष १५ गते मंगलवार

    • ६.
      आज २०८२ साल पौष १६ गते बुधवार

    भर्खरै

    • १.
      आज २०८२ साल पुस २१ गते साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८२ साल पौष २० गते आइतवार (Jan 04, 2026): यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      स्याटेलाइटहरु ४८० किलोमिटरको दूरीमा झार्दै स्पेसएक्स

    • ४.
      आज २०८२ साल पौष २० गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८२ साल पौष १९ गते शनिवार (Jan 03, 2026): यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      निर्यात बढाउन दीर्घकालीन योजना आवश्यक

    • ७.
      आज २०८२ साल पुस १९ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८२ साल पौष १८ गते शुक्रवार (Jan 02, 2026): यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer