• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
सोमबार, जेठ ११, २०८३
☰
सोमबार, जेठ ११, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ ५ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आजको २०८३ साल जेठ ९ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ १० गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ ११ गते साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल जेठ ७ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

इतिहास लेखनमा लहडीपन, ढकाल वंशावलीमा भ्रम र प्रश्न


  •   शुक्रबार, पुष १८, २०८२ मा प्रकाशित
  • काठमाडौं । सन १९७० को दशकमा भुगोलविद यूफु तुवान र एडवार्ड रेल्फ जस्ता महान विद्वानहरुले मानव र जमिनसंगको (Sense of place) आत्मिय सम्वन्धका वारेमा गहिरो अध्ययन गर्दै भनेका छन, “मानवलाई उसको जन्मस्थान त्यहांको वातावरण र त्यसठाउको भूगोलले, उसको सोच विचार मात्रै नभई व्यवहार समेतमा फरक पार्छ”। यसैले ऐतिहासिक खोज, अध्ययन र दस्तावेज लेखन कुनै साधारण विषय होइन । यो त समग्र राष्ट्र, समाज र जनताको सनातन पहिचानलाई बुझ्ने भुगोलसंगको सम्वन्धमा गहिरो अध्ययन गर्ने र भावी पुस्तालाई सत्य र तथ्यमा रहेर उचित मार्गदर्शन गर्ने, गम्भीर र चुनौतीपुर्ण जिम्मेवारी हो । त्यसैले खोजमूलक लेख वा समाचार प्रकाशन गर्नुअघि त्यसका आधार, प्रमाण र श्रोतहरूबारे लेखक स्वयं पूर्ण रूपमा निश्चित हुनु आवश्यक हुन्छ । इतिहास लेखन कागजमा शब्द थुपार्ने काम मात्र नभई एउटा कालखण्डको सत्यलाई उत्तराधिकारमा सुम्पिने कार्य हो भन्ने चेतना लेखकमा हुनु अनिवार्य छ ।

    Advertisement

    विशेषतः इतिहाससम्बन्धी लेखन गर्दा पुरातत्व विभाग, सङ्ग्रहालय, अभिलेखालय, जनस्तरमा सुरक्षित हस्तलिखित सामग्री, वंशावली तथा किंवदन्तीहरूलाई सूक्ष्म ढङ्गले अध्ययन गरेर मात्र निष्कर्षमा पुग्नुपर्छ । तर दुर्भाग्यवश, नेपालको सन्दर्भमा इतिहास लेखन लहडीपन, हचुवापन र पूर्वाग्रहको शिकार बन्दै गएको अनुभूति व्यापक छ । अझ प्रष्टसंग भन्दा – इतिहास भनेको पुर्ख्यौली विरासतको सम्मान हो । त्यहि भूमिमा अवस्थित मौलिक र रैथाने संस्कृतिको चेतन-स्मृति र समयले जोगाइराखेका प्राचीन दस्तावेजहरूको सङ्गालो मात्र होईन, निश्चित भूभागमा रहेका पुर्खाहरूको अनुभूति कथनपनि इतिहास हो । जसले उक्त भूगोलमा पाउ टेकेको छैन, उसैको कल्पनाको गन्थनलाई इतिहास भनिंदैन । जसले त्यहाँको समय देखेको छैन, जसले त्यस संस्कारबाट आफूलाई अलग्याएको छ, जसले प्राचीन इतिहासको अन्तर्सार बुझेको छैन, उसको कथन इतिहास हुँदैन ।

    इतिहास अनुभूति बिना लेखिंदैन, जरा बिना उभिंदैन । माटो नछोएको विचार निराधार हुन्छ । परम्परा नबोकेको कथन शून्य हुन्छ । जहाँ भूमि, स्मृति र चेतना अविच्छिन्न वा निरन्तर हुन्छ, इतिहास त त्यहिं जन्मेको हुन्छ । यद्यपि नेपाली इतिहास लेखनमा गम्भीरता र इमानदारीका साथ अविस्मरणीय योगदान दिएका केही कर्मठ व्यक्तित्वहरू पनि छन् । बाबुराम आचार्य, योगी नरहरिनाथ, स्वामी प्रपन्नाचार्य , खप्तडबाबा, नयनराज पन्त, दिनेशराज पन्त, ज्ञानमणि नेपाल, धनबज्र बज्राचार्य जस्ता नामहरू त्यसका उदाहरण हुन् । यिनले इतिहासलाई अनुसन्धान, प्रमाण र विवेकको धरातलमा उभ्याउने प्रयास गरे ।

    तर अर्कोतर्फ, कतिपय लेखक र सञ्चारमाध्यमले इण्डो-पश्चिमा मिसनको दृष्टिकोणलाई मात्र प्रश्रय दिंदै आएका छन् । विदेशी स्वार्थअनुकूल नकारात्मक इतिहास लेख्ने, तथ्यलाई तोडमोड गर्ने र नागरिकमा भ्रम फैलाउनमा यिनले आफ्नो सम्पूर्ण उर्जा खर्च गरिरहेका छन् । नेपालको सार्वभौमसत्ता र अस्तित्व जोगाउने ऐतिहासिक पात्रहरूप्रति घृणा फैलाउने प्रवृत्ति केही नीजि पत्रपत्रिका, इलेक्ट्रोनिक मिडिया र केही “बिकाउ लेखक”हरूमा स्पष्ट देखिन्छ । आफूलाई “देशकै नम्बर १” दाबी गर्ने संचारमाध्यमहरू नै यस्ता गतिविधिमा संलग्न हुनु चिन्ताको विषय हो । कस्तो विडम्बना हो,उल्टै प्राचीन इतिहास र संस्कार बिरोधि पात्रहरू आज राज्यबाट सम्मानित समेत भइरहेका छन् ।

    यससँगै लेखक बन्ने होडबाजीमा कुनै अनुसन्धान नै नगरि कोठामा बसेर कथा लेखे झैं इतिहास लेख्ने अर्को खतरनाक प्रवृत्तिपनि देखा परेको छ । यस्ता लेखहरुले इतिहासलाई थप विकृत बनाउने काम गरिरहेका छन् । विदेशी स्वार्थमा कलम चलाउनेभन्दा पनि यस्ता भुइँफुट्टा लेखकहरू दीर्घकालमा अझ खतरनाक हुन सक्छन् । समयमै सचेत भएर यस्ता प्रवृत्तिलाई प्रश्न नगर्ने हो भने लेखिएका दस्तावेजहरूको मूल्याङ्कन भविष्यमा कठोर रूपमा हुनेछ ।

    ढकाल वंशसम्बन्धी प्रसङ्गमा आउँदा, वि.सं. २०२९ सालमा खडानन्द ढकालद्वारा सङ्कलित दस्तावेज र लेखोटमा ढकालहरू अछामबाट राम शाहको शाषनकालमा गोरखा आएको प्रष्टसँग उल्लेख पाइन्छ । अन्य हस्तलिखित सामग्रीहरूमा पृथ्वीनारायण शाहले कुलानन्द ढकाललाई बोर्लाङको साविक बिर्तामा थप गरेर पूरै बोर्लाङ बिर्ता दिएको प्रसङ्ग भेटिन्छ । पुरातत्व विभाग र गोरखा दरबारको सङ्ग्रहालयमा कुलानन्द ढकालद्वारा निर्मित पृथ्वीनारायण शाहको चिना सुरक्षित छन् । त्यसैगरि, बोर्लाङ क्षेत्रमा राम शाहका पालामा गोरखा आएका ज्योतिष अनन्त ढकाल र पृथ्वीनारायण शाहकालीन ज्योतिष कुलानन्द ढकालको चर्चा गरिएको लेखोट, कुलानन्द ढकालकी बुहारी बसुन्धरा देवीद्वारा निर्मित पौवा, शिलालेख लगायत अन्य सामग्रीहरू प्रशष्तै छन् ।

    २०५३ सालमा स्थापित ढकाल समाज बोर्लाङ, गोरखाको अनुसन्धानात्मक प्रतिवेदन २०५५/०५६ ले ढकालको प्राचीन इतिहास र बोर्लाङ बसाई सम्बन्धी तथ्य सार्वजनिक गरेको छ । यसरि बोर्लाङमा रहेका ढकालहरु अछामको बाईकोटबाट गोरखा आएको इतिहास प्रष्ट भएपनि केही स्वघोषित विद्वानहरूले स्याङजावाट आएको दावी गर्दै कुलानन्द ढकालसंग आफ्नो पुस्ता जोडेका छन् । यसको पहिलो उदाहरणमा जनार्दन ढकालद्वारा प्रकाशित वंशावलीको पुस्तिका-२०५९/६० आउँछ । सोही पुस्तकको धरातलमा टेकेर ज्ञान प्रसाद ढकालले २०६१ मा एउटा लेख लेखेका रहेछन् । २०६१ मा नै चुडामणि ढकाल नामका एक व्यक्तिले कुलानन्द ढकालको वास्तविक ऐतिहासिक पृष्ठभूमि नखोजी “राजा पृथ्वीनारायण शाहको पालामा स्याङजाबाट गोरखा ल्याईएको” भन्दै पुस्तिका प्रकाशित गरे । सोहि पुस्तिकालाई आधार मानेर रहेर अन्य केही कपोलकल्पित लेखहरुपनि लेखिए ।

    यसै क्रमलाई निरन्तरता दिँदै “ढकाल समाज, नेपाल” नामक संस्थाको केन्द्रिय कार्यालय, कोटेश्वरले २०८० सालको भित्तेपात्रो प्रकाशन गर्‍यो । सो पात्रोमा “कुलानन्द ढकाल” भनेर राखिएको एक तस्विरले व्यापक ध्यान खिच्यो । पाँडे वंशका कुलपुरुष काजी कालू पाँडेको तस्विरलाई तोडमोड गरि बनाइएको सोही तस्विर २०८० साल पुष २७ मा जनार्दन ढकाल र बद्रीप्रसाद ढकालद्वारा प्रकाशित पुस्तकमा समेत पुनः प्रयोग गरियो । उक्त पुस्तक जनार्दन ढकालको २०५९/६० मा प्रकाशित पुस्तिकाकै आधारमा निकालिएको थियो । जसले जनमानसमा गम्भीर भ्रम सिर्जना गर्‍यो ।

    कुलानन्द ढकालवारे जानकारी हासिल गर्न सकिने प्रशष्त श्रोत सामग्री उपलब्ध हुँदाहुँदै पनि त्यसको पहिचान गर्न नसकी कालू पाण्डेको तस्विरलाई संशोधन गरेर ऐतिहासिक काम गरेको दावी गर्नु ढकालद्वयका लागिमात्र होइन, समग्र ढकाल वंशका लागि पनि लज्जास्पद कार्य हुनपुग्यो । यस घटनाले उक्त पुस्तकमा समेटिएका अन्य लेख र खोज माथि समेत ठुलो आशंका उब्जियो ।

    सामाजिक सञ्जालमा तीव्र आलोचना भएपछि क्षमायाचना र सुधारको सट्टा पुस्तक लेखक बद्रीप्रसाद ढकालले “सुनसान पोखरीमा ढुङ्गा हान्दा तरङ्ग आउँछ” भन्ने अपरिपक्व र गैरजिम्मेवार अभिव्यक्ति दिए । यसवाट लेखकद्वयले उक्त पुस्तकमा समावेश गरेका सामग्रीहरु खोजमूलक नभई हचुवा भएको र भ्रामक तस्विर छापेर उनिहरुले गोरखामा रहेका ढकाल वंशको इतिहास नै ध्वस्त बनाउने अभियानमा लागेको देखिन्छ। तात्कालीन समयमा खिचिएका तस्विर नहुनु स्वाभाविक हो । यस्तो अवस्थामा उपलब्ध ऐतिहासिक दस्तावेजहरुका आधारमा पछि कलाकारले परिकल्पना गरेर चित्र बनाइनु सामान्य प्रचलन नै हो । पृथ्वीनारायण शाहकै तस्विरहरूमा समेत एकरूपता छैन भन्दैमा गलत तस्विर र दस्तावेज प्रकाशन गरि इतिहास तोडमोड गर्नु लापरवाही मात्र होइन आपराधिक काम नै हो ।

    इतिहास लेखनजस्तो संवेदनशील विषयमा हचुवा, खेलाँची र आत्मकेन्द्रित दृष्टिकोणले काम गर्दा समग्र वंश र समाजकै प्रतिष्ठामा आँच पुग्ने भएपछि यस सन्दर्भमा धार्मिक तथा राजनीतिक विश्लेषक सुवास ढकाल, सन्देशजंग पाण्डे, भरत चिन्तन ढकाललगायतका केही बुद्धिजीवीहरुले सार्वजनिक रूपमा कडा आलोचना गरे । तर, यो प्रवृत्ति दोहोरिने खतरा भने अझै कायमै रहेको देखिन्छ ।

    स्याङजावाट बर्दिया गई बसेका गुरुदत्त ढकालले अछामका कृष्णप्रसाद ढकालद्वारा संकलित दस्तावेजहरु लिई त्यसलाई तोडमोड गरेर आफ्नो नामवाट छपाए भनि केही समयअघि एउटा विज्ञप्ति नै निकाल्नुपर्ने अवस्थामा आयो । यो लाजमर्दो अवस्थाका वारेमा सम्वन्धित पक्षले गल्ती महशुश गरि माफि माग्नुपर्नेमा त्यसो भएको जानकारी पाइएन, बरु त्यस्ता दस्तावेजहरु कसैको नीजि नहुने भनि पानी माथिको ओभानो बन्ने प्रयास भएको देखियो । यसरि ढकाल वंशको इतिहासमा २०५९/६० सालदेखि निरन्तर भ्रम सिर्जना हुनेगरि प्रकाशित लेखहरू, अछाम र बोर्लाङ लक्षित निरन्तरको प्रहार तथा बौद्धिक सम्पत्ति चोरी गर्ने सम्बन्धी विवादहरुले “हामी साँच्चिकै आफ्नो इतिहास खोजिरहेका छौं कि आफ्नो स्वार्थअनुकूल इतिहास बनाउन खोजिरहेका छौं ?” भन्ने प्रश्न उठाएको छ । इतिहासलाई स्वार्थअनुसार मोड्ने यस्ता प्रयासहरू राष्ट्र, जनता र आफ्नै वंशप्रतिको गद्दारी बाहेक केहीपनि होइन । क्षणिक लाभ वा व्यक्तिगत महत्वाकांक्षाका लागि इतिहास, समुदाय वा आफ्नै वंशमाथि आघात गर्नेहरूलाई समयले अवश्य कठघरामा उभ्याउनेछ ।

    अहिले अर्काको पुर्खालाई निचो देखाउने, अर्काको संस्कृतिलाई विकृत गर्ने, अरूको उदगमस्थल हड्प्ने र इतिहास बिगार्ने होड चलेको छ । केही व्यक्तिका लागि इतिहास सत्यको खोजभन्दा बढी स्वार्थ र पहिचानको राजनीतिमा प्रयोग हुन थालेको छ । उनीहरु तथ्यहरू सन्दर्भबाट काटिदिन्छन्, दस्तावेजहरुको मनपरि व्याख्या गरिदिन्छन् र मौलिक संस्कृतिमाथि शंका रोपिदिन्छन् । यस्तो कार्य इतिहास लेखन होइन, यो त स्मृति-हरण हो । अझ चिन्ताजनक कुरा – भूगोल नटेकी इतिहास लेख्ने, परम्परा नबोकी संस्कृतिको व्याख्या गर्ने र अनुसन्धानभन्दा पूर्वाग्रहलाई आधार बनाउने एउटा गिरोह यस कार्यमा सक्रिय देखिन्छ । तसर्थ, हामी सवैले भुल्न नहुने कुरा के हो भने – इतिहास प्रभुत्वको हतियार होइन, यो त साझा स्मृतिको अनुशाषन हो । श्रोत, सन्दर्भ र विवेकविना लेखिएको कुनैपनि कथन इतिहास होइन, त्यो केवल समयलाई भ्रममा पार्ने दस्तावेज मात्र हो ।

    आजको दिन बोर्लाङ मूलथलो भइ गोरखा, चितवन, काठमाडौं, धादिङ,नुवाकोट, मकवानपुर, झापा, नेपालगञ्ज लगायत देशभर विभिन्न क्षेत्र र विदेशमा रहेका ढकाल बन्धुहरुले समेत आ-आफ्नो ठाउँमा विधिपूर्वक कुलपूजा सम्पन्न गर्ने परम्परा छ ।

    (लेखक माधव ढकाल गोरखा, हाल क्यानडा, ललितपुरलगायत विभिन्न जिल्लाका “जिल्ला शिक्षा समन्वय कार्यालय” लामो समय सेवा गरी हाल क्यानडामा रहेका ढकाल बोर्लाङ्का स्थायी वासीन्दा हुन। यि लेखकका नितान्त निजि विचार हुन ।)

     

    शुक्रबार, पुष १८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न
    धार्मिक पर्यटनलाई टेवा पुग्ने गरी बृहत् पाशुपत पदयात्रा-२०८२ आयोजना
    “समाज दलीय स्वार्थभन्दा माथि उठेको छ” स्वतन्त्र उम्मेदवार कविता भट्टराई

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ ५ गते मंगलवार:

    • २.
      आजको २०८३ साल जेठ ९ गते शनिवार:

    • ३.
      आज २०८३ साल जेठ १० गते आइतवार:

    • ४.
      आज २०८३ साल जेठ ११ गते साेमवार:

    • ५.
      आज २०८३ साल जेठ ७ गते बिहीवार:

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ ११ गते साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ १० गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आजको २०८३ साल जेठ ९ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ ७ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल जेठ ५ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल जेठ ३ गते (१७ मे २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ २ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      मासिक राशिफल: जेठ, २०८३

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer