• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, जेठ १७, २०८३
☰
आइतबार, जेठ १७, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ ११ गते साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ १२ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ १६ गते (३० मे २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ १४ गते (२८ मे २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल जेठ १३ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न

  • ७. मरुवा रोगका कारण किसान चिन्तित

  • ८. आज २०८३ साल जेठ १५ गते (२९ मे २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ९. आज २०८३ साल जेठ १७ गते (३१ मे २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

ढकाल वंश: अछामदेखि गोरखासम्म


  •   बिहिबार, पुष १७, २०८२ मा प्रकाशित
  • काठमाडौं । नेपालको इतिहासमा ढकाल वंशको पहिचान केवल एउटा थरको सीमाभित्र बाँधिएर मात्र रहेको छैन । यो वंश शास्त्र, ज्योतिष, तन्त्र र धर्मसंस्कृतिको दीर्घ परम्परा बोकेको एक विशिष्ट बौद्धिक–आद्यात्मिक धाराको प्रतिनिधि हो । ढकालहरूको मूलथलोका रूपमा सुदूरपश्चिम नेपालको प्राचीन सिंजा राज्य र पछि अछाम-डोटी क्षेत्रलाई मानिन्छ । ऐतिहासिक मतअनुसार अछामको ‘ढाकु’ वा त्यस वरपरको क्षेत्रबाट अन्यत्र फैलिएका उपमन्यु गोत्रीय ब्राह्मणहरु नै “ढकाल” थरवाट परिचित भएका हुन् ।

    Advertisement

    अछामबाट ढकालहरूको गोरखा आगमन कुनै सामान्य बसाइँसराइ थिएन । यो त गोरखा राज्यलाई शास्त्रसम्मत, धर्माधारित र विधिसम्मत शाषन प्रणालीमा रूपान्तरण गर्ने ऐतिहासिक आवश्यकता थियो । वि.सं. १६६३ मा गोरखाको राजगद्दी सम्हालेका राजा राम शाह न्याय, विधि र मर्यादामा आधारित शाषनका लागि इतिहासमा अमर छन् । “न्याय नपाए गोरखा जानु” भन्ने उखान उनको शाषनकालकै देन हो । राज्य सञ्चालनलाई शास्त्रसम्मत बनाउन राम शाहले भारतवर्ष तथा नेपालका विभिन्न क्षेत्रबाट विद्वान ब्राह्मण, ज्योतिषी र धर्माचार्यहरूलाई गोरखा आमन्त्रण गरेका थिए ।

    यसै सन्दर्भमा अछामको बाईकोटबाट अनन्त ढकाल गोरखा दरबार प्रवेश गरे । अनन्त ढकाल ज्योतिष, कर्मकाण्ड र तन्त्रविद्याका प्रकाण्ड विद्वान थिए । उनको विद्वत्ता, संयम र शास्त्रनिष्ठाबाट प्रभावित भई राजा राम शाहले उनलाई दरबारका राजज्योतिष तथा धार्मिक सल्लाहकार नियुक्त गरे । २०५३/०९/२१ गते गठन भएको ढकाल समाज गोरखा (बोर्लाङ) ले लामो खोज र अनुसन्धान पश्चात् २०५५/०५६ मा संस्थाका सचिव श्री मुक्तिनाथ ढकाल मार्फत् प्रस्तुत गरेको प्रतिवेदनमा समेत ज्योतिष अनन्त ढकाल अछामबाट गोरखा आई राज्य एकीकरण र निर्माणमा महत्वपूर्ण भुमिका निर्वाह गरेको विषय समेटिएको छ ।

    ज्योतिष अनन्त र राजा राम शाह बीच “धर्महीन राज्य केवल सीमाको नक्शामात्र हुन्छ, राष्ट्र हुँदैन । राष्ट्र त्यतिबेला मात्र जीवित रहन्छ, जब त्यहाँको शाषन, संस्कृति र चेतना धर्मले आलोकित हुन्छ” भन्ने बारेमा चर्चा हुन्थ्यो अरे । केही समय दरवारमै आतिथ्यता ग्रहण गरेर बसेपछि अनन्त ढकाललाई गोरखावाट काठमाण्डौं जाने प्रमुख सामरिक तथा भौगोलिक दृष्टिले महत्वपूर्ण गाउँ बोर्लाङका केही भूभाग बिर्ता स्वरूप प्रदान गरियो । यससंगै गोरखामा ढकाल वंशको आधिकारिक बसोवास शुरु भयो । बोर्लाङ बसाईसंगै ज्योतिष अनन्त ढकालले बोर्लाङको पीपलटारमा स्थापना गर्नुभएको कुलपुजा स्थललाई गोरखामा ढकाल वंशको आदिम थलोका रुपमा लिन सकिन्छ ।

    “संस्कृति कुनै एक पुस्ताले बनाउन मिल्ने होईन, पुर्खाहरुको नासो हो । संस्कृति हराएपछि इतिहास मौन हुन्छ, त्यसैले यसलाई जोगाउनु हाम्रो उत्तरदायित्व हो ।” भन्ने आदर्शलाई बोकेका ज्योतिष अनन्त ढकालले बोर्लाङलाई आफ्नो कर्मथलो बनाएपछि अछाम रहेको आफ्नो सनातन संस्कृति र परम्पराको अनुसरण गर्न कन्जुस्याइँ गरेनन् । अत: यो गाउँ ढकाल वंशको मुख्य केन्द्र बन्यो । बोर्लाङ न त अत्याधिक गर्मी, न त जाडो अथवा समशीतोष्ण हावापानी, प्राकृतिक र आद्यात्मिक रुपमा शान्त वातावरण रहेको, साधना र अध्ययनका लागि अत्यन्त अनुकूल स्थान थियो । कालान्तरमा यही बोर्लाङको माटोमा नेपालको इतिहासमा गहिरो प्रभाव पार्ने व्यक्तित्वहरू जन्मिए । ढकालहरूले यहाँ केवल वंश विस्तार मात्र गरेनन्, बरु एक यस्तो बौद्धिक वातावरण निर्माण गरे जहाँ शास्त्र, तन्त्र र राजनीतिक चिन्तन सँगसँगै फस्टायो ।

    अनन्त ढकालपछि उनका सन्ततिहरूले बोर्लाङमा आद्यात्मिक परम्परालाई निरन्तरता दिए । यही वंश परम्परामा जानकीदत्त ढकाल र उनकी धर्मपत्नी देवी ढकाल अत्यन्त धार्मिक, सात्विक र कुलदेवताका अनन्य भक्तका रूपमा चिनिन्थे । जनश्रुति अनुसार देवी ढकालले सपनामा दिव्य ऋषिको दर्शन पाएकी थिइन्, जसले उनको कोखबाट एक असाधारण बालक जन्मिने संकेत दिएका थिए । यही आद्यात्मिक पृष्ठभूमिमा वि.सं. १७५० को दशकतिर वाक्सिद्ध पुरुष कुलानन्द ढकालको जन्म भयो ।

    कुलानन्द ढकाल र नुवाकोट विजयको दिव्य साइत
    कुलानन्द ढकाल केवल शास्त्रका ज्ञातामात्र थिएनन्, उनी तन्त्र र ज्योतिषका सिद्ध साधक थिए । कम बोल्ने तर बोलेका वचन अक्षरशः पुग्ने उनी “त्रीकालदर्शी” पण्डितका रूपमा गोरखा राज्यभर मात्र नभई वरपरका राज्यहरुमा समेत प्रसिद्ध थिए । राजा नरभूपाल शाहका समकालिन रहेका कुलानन्द ढकालले युवराज पृथ्वीनारायण शाहको ४० हात लामो जन्मकुण्डली निर्माण गरेका थिए भन्नेकुरा पुरातत्व विभागमा रहेको प्रमाणवाट नै पुष्टि हुन्छ । उनले सो कुण्डली हेरेर “यी बालक सामान्य राजा हुने छैनन्, यिनले साना राज्यहरूलाई एउटै मालामा उनेर विशाल राष्ट्र निर्माण गर्नेछन् ।” भनि भविष्यवाणी गरेका थिए ।

    वि.सं. १८०० मा पृथ्वीनारायण शाहले नुवाकोटमाथि गरेको पहिलो आक्रमण असफल भएपछि उनी सल्यानटार हुँदै गोरखा फर्किए । त्यहीबेला उनले आफ्ना कुलज्योतिष कुलानन्द ढकालको अभाव गहिरो रूपमा महशुश गरे । जनश्रुति अनुसार राजा स्वयं बोर्लाङमा कुलानन्द ढकालसँग परामर्श लिन गएका थिए । कुलानन्दले राजालाई स्पष्ट शब्दमा भने – “युद्ध केवल तरवारले जितिंदैन महाराज, ईश्वरीय शक्तिका लागि तन्त्र साधना र ज्योतिषीय हिसावमा उचित साइतको संयोजन अनिवार्य हुन्छ ।” कुलानन्द ढकालकै सल्लाह अनुसार मरेङघाट (बूढीगण्डकी किनार) मा विशेष तन्त्र-साधना गरियो । पूर्ण ९ दिनको साधनामा राजा बसिरहन नसके पनि ३ दिन बसेर राजा गोरखा फर्किए ।

    कुलानन्द ढकालको आद्यात्मिक मार्गदर्शनले राजाको आत्मविश्वास उच्च बनायो । पछि कुलानन्दले नै ग्रह-नक्षत्रको सूक्ष्म गणना गरेर वि.सं. १८०१ असोज महिनाका लागि अचूक साइत निकाले । “असोज १५ गते मध्यरातमा आक्रमण गरेमा विजय निश्चित रहेको” जानकारी पाएपछि राजा पृथ्वीनारायणले सोही बमोजिम योजना बनाए र गोरखाली सेनाले ऐतिहासिक विजय हासिल गर्‍यो । यही विजय नै आधुनिक नेपाल निर्माणको प्रस्थानबिन्दु हो । सो विजयपछि पृथ्वीनारायण शाहले कुलानन्द ढकाललाई सिंगो बोर्लाङ बिर्ता प्रदान गरे । यो बिर्ता केवल भूमिदान मात्र थिएन, राज्य निर्माणमा ढकाल वंशले पुर्‍याएको बौद्धिक-आद्यात्मिक योगदानको औपचारिक स्वीकृति र सम्मान थियो ।

    धार्मिक परम्परा, सांस्कृतिक योगदान र वंश विस्तार
    नुवाकोट विजयपछि कुलानन्द ढकाल र उनका मामाको छोरा (केहि केहि विद्वानले मीतमामाको छोरा भनेको पाइन्छ) दुल्लभ लामिछानेको सहकार्यमा बोर्लाङ, तान्द्राङ लगायत क्षेत्रमा स्वस्ति–शान्ति, मन्दिर स्थापना र पूजा–संस्कृति सुदृढ गरियो । यही क्रममा बोर्लाङमा “दही जात्रा” जस्तो मौलिक सांस्कृतिक परम्परा शुरु भयो, जसले कृषक र विद्वानबीचको सहकार्यलाई प्रतीकात्मक रूपमा जोड्थ्यो ।

    समयक्रममा ढकालहरू प्रशाषनिक जिम्मेवारी, शिक्षादीक्षा र पेशागत आदि कारणले बोर्लाङबाट गोरखाका विभिन्न ठाउँहरुमा र गोरखा बाहिर धादिङ, नुवाकोट, काठमाण्डौं, चितवन लगायत देशभर फैलिंदै गए । यस पंक्तिकारका पूर्खा चाहिं बोर्लाङमा नै रहेपनि बुढी गण्डकी जलविद्युत् आयोजनाकारण
    हाल बोलाङ्गबाहिर बसोबास गरिरहेका छौं । अछामबाट गोरखा आएका ज्योतिष अनन्त, दामोदर, जानकिदत्त, वाक्सिद्ध पुरुष कुलानन्द ढकाल, मामुनन्द ढकाल, हरिहर ढकाल, नारायणदास ढकाल हुँदै चन्द्रदत्त ढकाल, नरहरी ढकाल भए । नरहरी ढकालपछि चन्द्रकान्त, अग्नीप्रसाद, खडानन्द हुँदै म गणेश ढकाल गोरखामा ढकाल वंशको १३औं पुस्तामा रहेको छु । तर, जहाँ पुगेपनि कुलाचार, शास्त्र परम्परा र धर्मसंस्कृतिलाई आत्मसात गरेरै मात्र ढकालहरुको उन्नती हुने कुरामा म विश्वस्त छु ।

    निष्कर्ष 

    ॐ कुलायिनी घृतवती पुरन्धि: स्योने सीद सदने पृथिव्याः ।
    अभित्वा रुद्रा वसवो गृणन्त्विमा ब्रह्म पिपिहि सौभागाय ॥यजु.१४।२॥
    ॐ कुलदेव्यै नमः । इदं कुलदेवताय नमः ॥

    ढकाल वंशको इतिहास केवल वंशावली होइन, यो नेपाल राष्ट्र निर्माणको एक महत्वपूर्ण अध्याय हो । अछामबाट गोरखा राज्यको बोर्लाङ पुगेका अनन्त ढकालका सन्तानहरूले न्याय, धर्म, तन्त्र र शास्त्रको माध्यमबाट राज्यलाई वैचारिक आधार दिए । वाक्सिद्ध पुरुष कुलानन्द ढकालले जुराएको नुवाकोट विजयको साइत केवल युद्धको समय निर्धारण थिएन, त्यो राष्ट्रको भाग्यरेखा कोर्ने क्षण थियो ।

    आज बोर्लाङका भग्नावशेष, ओझेल परेका परम्पराहरू र विस्मृत मन्दिरहरूले ती महान् पुर्खाहरूको स्मरण गराइरहेका छन् । ती परम्पराको संरक्षण र पुनर्जीवन गर्नु नै वर्तमान पुस्ताको दायित्व हो । अतः ढकाल वंशको इतिहास स्मरण गर्नु भनेको आफ्नो कुलधर्म मात्र होइन, नेपाल राष्ट्रको ऐतिहासिक चेतनालाई समेत जोगाउनु हो ।


    (लेखक गणेश ढकाल हाल श्री नवजागृती चण्डी मा.वि., भीमसेनथापा गा.पा.६, अश्राङमा प्राध्यापनरत हुनुहुन्छ ।)

    बिहिबार, पुष १७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ ११ गते साेमवार:

    • २.
      आज २०८३ साल जेठ १२ गते मंगलवार:

    • ३.
      आज २०८३ साल जेठ १६ गते (३०

    • ४.
      आज २०८३ साल जेठ १४ गते (२८

    • ५.
      आज २०८३ साल जेठ १३ गते बुधवार:

    • ६.
      TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ १७ गते (३१ मे २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न

    • ३.
      आज २०८३ साल जेठ १६ गते (३० मे २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ १५ गते (२९ मे २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      मरुवा रोगका कारण किसान चिन्तित

    • ६.
      आज २०८३ साल जेठ १४ गते (२८ मे २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १३ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ १२ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer