काठमाडौं । भारतका चर्चित उद्योगपति तथा सम्मानित समाजसेवी दानवीर रतन टाटाको ८६ वर्षको उमेरमा निधन भएको छ।
Advertisement
बुधबार राति मुम्बईको एक अस्पताल उनको निधन भएको हो।
स्वास्थ्यमा समस्या देखिएपछि उनलाई मुम्बईस्थित एक अस्पतालमा सोमबार भर्ना गरिएको थियो। उपचारको क्रममा उनको निधन भएको हो। एसियाकै धनि व्यपारिक समुह मानिने टाटा समुहका मालिक रतन टाटासंग कुल सम्पत्ती ५.४ विलियन अमेरीकी डलर भन्दा बढी रहेको अनुमान गरिएको छ ।
रतन टाटाको जन्म २८ डिसेम्बर १९३७ मा भएको थियो। भारत सरकारले रतन टाटालाई पद्म विभूषणबाट सम्मान गरेको थियो।




