• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, असार १४, २०८३
☰
आइतबार, असार १४, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

रूसको भ्रमणमा जादै भारतीय प्रधानमन्त्री मोदी


  •   शनिबार, कार्तिक ०३, २०८१ मा प्रकाशित
  • काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आगामी साता सुरु हुने ब्रिक्स शिखर सम्मेलनमा भाग लिन मस्को प्रस्थान गर्नुहुने भएको नयाँदिल्लीले शुक्रबार जानकारी गराएको छ । ब्रिक्स पाँच प्रमुख उदीयमान अर्थव्यवस्थाहरूः ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकालाई जोड्ने गरी तयार पारिएको संक्षिप्त रूप हो ।

    Advertisement

    वासिंगटन र अन्य पश्चिमी सहयोगीहरूसँग नजिकको सुरक्षा साझेदारीका बाबजुद भारतको मस्कोसँग लामो समयदेखि सुमधुर सम्बन्ध रहँदै आएको छ ।

    मस्को र पश्चिमा मुलुकहरूसँगको सन्तुलित सम्बन्धका कारण भारतले युक्रेनमा रूसी युद्धको विरोध गरेको छैन । यसको सट्टा जारी द्वन्द्वको शान्तिपूर्ण समाधानको मध्यस्थता गर्न मध्यस्थकर्ताका रूपमा भारतले आफूलाई प्रस्ताव गरेको छ ।

    भारतीय विदेश मन्त्रालयले भोल्गा नदीको किनारमा रहेको कजान शहरमा हुने शिखर सम्मेलनमा भाग लिन मोदी अक्टोबर २२ र २३ मा रुस जाने जनाएको छ । गत जुलाईमा मस्कोको भ्रमण गर्नुभएका प्रधानमन्त्री मोदीको यो एकै वर्षमा हुन लागेको दोस्रो रूस भ्रमण हो ।
    रूस भारतका लागि तेल र हतियारको महत्वपूर्ण आपूर्तिकर्ता हो तर मस्को पश्चिमबाट अलग्गिनु र बेइजिङसँगको बढ्दो सम्बन्धका कारण नयाँदिल्लीसँगको रूसको साझेदारीमा प्रश्नचिहृन खडा भएको छ ।

    युक्रेन युद्धले भारतलाई परम्परागतरूपमा यसको सबैभन्दा ठूलो आपूर्तिकर्ता रूसको सट्टा हतियारका लागि अन्य स्रोतहरू खोज्न बाध्य पारेको छ ।

    युरोपमा परम्परागत खरिदकर्ताहरूले छोडेको आवश्यक निर्यात बजारका लागि भारत रूसी कच्चा तेलको एक विश्वसनीय प्रमुख क्रेता बनेको छ । यसले नाटकीयरूपमा उनीहरूको आर्थिक सम्बन्धलाई पुनः संरचना गरेको छ । भारतले मस्कोको युद्ध कोषलाई बलियो बनाउन अर्बाैँ डलर योगदान गरेको छ ।

    सन् २००९ मा ब्राजिल, रूस, भारत, चीन र दक्षिण अफ्रिका गरी पाँच सदस्य राष्ट्रको प्रारम्भिक अक्षरबाट स्थापित यस संगठनमा इरानलगायत मध्यपूर्वका देशहरूलाई पनि समेटिएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका विदेश नीति सहयोगी युरी उशाकोभले यसै महिना सम्मेलनमा २४ देशका नेता सहभागी हुने बताउनुभएको थियो । (एएफपी)

    शनिबार, कार्तिक ०३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ८ गते (२२

    • २.
      आज २०८३ साल असार ९ गते (२३

    • ३.
      आज २०८३ साल असार १२ गते (२६

    • ४.
      आज २०८३ साल असार १४ गते (२८

    • ५.
      आज २०८३ साल असार ११ गते (२५

    • ६.
      आज २०८३ साल असार १० गते (२४

    भर्खरै

    • १.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer