• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
मङ्गलबार, भदौ ०९, २०८३
☰
मङ्गलबार, भदौ ०९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

शेख हसिनासहित ४५ जनाविरुद्ध पक्राउ पुर्जी जारी


  •   शनिबार, कार्तिक ०३, २०८१ मा प्रकाशित
  • काठमाडौँ । बंगलादेशको अन्तर्राष्ट्रिय फौजदारी न्यायाधिकरणले पूर्व प्रधानमन्त्री शेख हसिना र अन्य ४५ विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

    Advertisement

    वारेन्ट जारी गरिएकाम पुर्व सत्तारुढ दल अवामी लिगका धेरै शीर्ष नेताहरु रहेको मिडिया रिपोर्टमा उल्लेख छ । उनीहरुमाथि हालैको विद्यार्थी आन्दोलनका क्रममा मानवता विरुद्धको कथित अपराधको आरोप छ ।

    न्यायाधीश मोहम्मद गुलाम मुर्तजा मजुमदारको अध्यक्षतामा रहेको न्यायाधिकरणले अभियुक्तलाई पक्राउ गर्न अभियोजन पक्षले दायर गरेको दुई निवेदनमा यस्तो आदेश दिएको हो ।

    न्यायाधिकरणले शेख हसिनासहित ४६ जनालाई नोभेम्बर १८ सम्ममा पक्राउ गरी पेश गर्न अधिकारीहरूलाई आदेश दिएको छ ।

    बंगलादेशमा विद्यार्थी आन्दोलनमा चरम हिंसा भएको थियो । यस हिंसाका क्रममा शेख हसिना सरकारले विद्यार्थी आन्दोलनलाई दबाउन खोजेको आरोप लागेको थियो । यस आन्दोलनमा भएको हिंसाका कारण सयौंले ज्यान गुमाएका छन् । तर, विरोध चर्किएपछि हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिएर देश छोड्दै भारत पुग्नुभएको थियो । उहाँ हाल पनि भारतमै रहनुभएको छ ।

    शेख हसिना भारत गएपछि बंगलादेशमा नोबेल पुरस्कार विजेता तथा अर्थशास्त्री मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएको थियो । यो सरकारले विद्यार्थी आन्दोलनका क्रममा हिंसा फैलाउने र हत्या गरेको आरोपमा अदालतमा मुद्दा चलाउने दाबी गरेको थियो ।

    शनिबार, कार्तिक ०३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer