• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, असार १३, २०८३
☰
शनिबार, असार १३, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

आप्रवासन सम्बन्धमा कडा बन्दै ट्रम्प, टम होमनलाई ‘बोर्डर जार’ घोषणा


  •   बुधबार, कार्तिक २८, २०८१ मा प्रकाशित
  • काठमाडौं । अमेरिकी राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले आगामी प्रशासनमा देशको सिमानाको निरीक्षण गर्न कट्टर आप्रवासन अधिकारी टम होमनलाई फिर्ता ल्याउने बताउनुभएको छ । अठहत्तर वर्षीय रिपब्लिकन उद्योगपतिले आफ्नो राष्ट्रपति कार्यकालको पहिलो दिनदेखि नै अमेरिकी इतिहासकै सबैभन्दा ठूलो कागजातविहीन आप्रवासीहरूको निर्वासन अभियान सुरु गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । ‘म पूर्वआइसिई निर्देशक र सीमा नियन्त्रणका दृढ समर्थक टम होमन हाम्रो राष्ट्रको सीमाको जिम्मेवारीमा (‘बोर्डर जार’का रूपमा) ट्रम्प प्रशासनमा सामेल हुने घोषणा गर्न पाउँदा खुशी छु’, ट्रम्पले आफ्नो सामाजिक सञ्जाल टुथ सोसलमा लेख्नुभयो, ‘मैले टमलाई लामो समयदेखि चिन्छु र हाम्रो सीमाको प्रहरी र नियन्त्रणमा उहाँभन्दा राम्रो कोही छैन ।’

    Advertisement

    ट्रम्पले होमनलाई ‘सबै गैरकानुनी विदेशीलाई उनीहरूको मूल देशमा फिर्ता पठाउने’ जिम्मेवारी दिइने बताउनुभयो । सन् २०२० को राष्ट्रपति निर्वाचनमा हार स्वीकार नगर्नुभएका ट्रम्पले नोभेम्बर ५ को मतदानमा उल्लेखनीय पुनरागमन गर्नुभएको छ । यसले उहाँको कट्टर दक्षिणपन्थी दृष्टिकोणले प्रभुत्व जमाएको एक दशकभन्दा बढी अमेरिकी राजनीतिको सुरुवात गर्ने देखिन्छ ।

    आफ्नो चुनावी अभियानमा उहाँले कागजातविहीन आप्रवासीहरूविरुद्ध बारम्बार आक्रोश व्यक्त गर्नुभयो र अमेरिकाको ‘रगत विषाक्त पार्ने’ व्यक्तिहरूका बारेमा हिंसात्मक भाषा प्रयोग गर्नुभयो । अमेरिकी सरकारले मेक्सिकोसँगको दक्षिणी सीमा व्यवस्थापनमा वर्षौंदेखि संघर्ष गरिरहेको भए पनि अमेरिकीलाई बलात्कार र हत्या गर्ने आप्रवासीद्वारा ‘आक्रमण’ भइरहेको दाबी गर्दै ट्रम्पले चिन्ता व्यक्त गर्नुभएको छ ।

    र्‍याली भाषणहरूमा उहाँले स्थानीय तनावलाई अत्यधिक बढाइचढाइ गर्नुभयो र आफ्ना श्रोतालाई आप्रवासन तथ्यांक र नीतिबारे भ्रममा पार्नुभयो । ट्रम्पको शासनकालमा बढेको हिंसात्मक अपराध राष्ट्रपति जो बाइडेनको प्रशासनमा हरेक वर्ष घटेको छ ।

    आप्रवासीहरूले स्थानीय जनसंख्याको अनुपातमा कम अपराध गर्छन् । यद्यपि महिला र बालबालिकामाथि हिंसात्मक आक्रमणका केही उच्च-प्रोफाइल मामिलामा विदेशी सन्दिग्धहरूको नाम राखिएको छ । यसले रिपब्लिकनहरूलाई क्रोधित बनाएको छ ।

    मेक्सिकोबाट गैरकानुनी रूपमा सीमा पार गर्ने आप्रवासीसँग अमेरिकी सीमा गस्ती मुठभेडहरूको संख्या अहिले ट्रम्पको राष्ट्रपतिको अन्तिम वर्ष सन् २०२० मा जस्तै छ । यो सन् २०२३ डिसेम्बरमा मासिक रेकर्ड दुई लाख ५० हजारमा पुगेको थियो ।

    ट्रम्पले सन् १७९८ को एलियन एनिमिज एक्ट प्रयोग गरेर आप्रवासी गिरोहहरूलाई सम्बोधन गर्ने वाचा गर्नुभयो । उक्त एक्टले संघीय सरकारलाई शत्रु देशहरूका विदेशीहरूलाई पक्रन र निर्वासन गर्न अनुमति दिन्छ । यो ‘अपरेसन अरोरा’ नाम दिएको सामूहिक निर्वासन अभियानको हिस्सा हो ।

    अरोरामा एक भाइरल भिडियोमा सशस्त्र ल्याटिनोहरूले एउटा अपार्टमेन्ट ब्लकमा उपद्रो मच्चाएको देखाइएको थियो । यसले ल्याटिन अमेरिकी आप्रवासीहरूले शहरमा आतंक मच्चाएको भन्ने झुटो कथा फैलाएको थियो । ओहायोको स्प्रिंगफिल्डमा हाइटीका आप्रवासीहरूले बासिन्दाहरूको घरपालुवा जनावर खाँदैछन् भन्ने काल्पनिक कथालाई पनि ट्रम्पले प्रचार गर्नुभएको छ ।(एएफपी)

    बुधबार, कार्तिक २८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ८ गते (२२

    • २.
      आज २०८३ साल असार ७ गते (२१

    • ३.
      आज २०८३ साल असार ९ गते (२३

    • ४.
      आज २०८३ साल असार १२ गते (२६

    • ५.
      आज २०८३ साल असार ११ गते (२५

    • ६.
      आज २०८३ साल असार १० गते (२४

    भर्खरै

    • १.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer