काठमाडौं । संयोग वा भनौ केले हो नेपालका तिनै ठुला नदीहरुका मुख्य शाखा नदीहरु सातवटा नै छन । यस्तैमा गण्डकीको पनि सातवाट साखा रहेका छन । ति हुन त्रिशुली वुढीगण्डकी मर्स्याङ्दी दरौदी मादी सेतीगण्डकी कालीगण्डकी । मध्य नेपालको लाङ्गटाङ हिमालदेखि धौलागिरि हिमालसम्मको विशाल भूभाग सप्तगण्डकीको प्रवाह क्षेत्रमा पर्दछ । यसरी सप्तगण्डकीले २६००० व किमि भूभागलाई आफ्नो प्रवाह क्षेत्र वनाएको छ । उपरोक्त सात नदीहरु पवित्र देवघाट धाममा मिलेपछि सप्तगण्डकिको रुप धारण गर्दछ । जसलाई त्यसपछि नारायणीको नामले चिनिन्छ । यसले आफ्नो अन्तिम सहायक नदि रापतीलाई समेटी त्रिवेणीघाटबाट भैसालोटन हुदै भारत प्रवेश गर्दछ ।
कालीगण्डकी मुस्ताङ जिल्लाको पवित्र तिर्थस्थल मुत्तिनाथ क्षेत्र र दामोदर कुण्डवाट उत्पती भएको छ । मुक्तिनाथबाट निस्कने कालीगण्डकी कागवेनी जोमसोम थाकखोला लेते घांसा तातोपानी गलेश्वर वेनी वाग्लुङ सेतिवेनी हुदै रिडिघाट हुदै देवघाटमा त्रिशुली नदीमा मिसिन्छ । यस अघिनै मिसियका ६ वटा गण्डकीसंग मिसियर सप्तगण्डकीले नयां नाम वनाउछ त्यो हो नारायणी । यसका सहायक खोलाहरुमा मुस्ताङखोला, दामोदरकुण्ड, मुक्तिको धारा, मार्फाखोला टुकुचेखोला लेतेखोला रुपसेझहरो म्यादी खोला मोदीखोला मल्याङदीखोला पैञ्युखोला सेतीखोला पिडिखोला आधीखोला रिडिखोला वडिगाड खोला ज्याग्दीखोला रहेका छन । यिनिहरु मध्ये म्याग्देखोला वेनी दोभानमा मोदी मल्याङदी आदी मोदीवेनीमा पैयु पिंडिखोला सेतीखोला सेतीवेनीमा आधीखोला आधीदोभान मिर्मिमा रिडि खोला र वडीगार्डखोला रिडीघाटमा ज्याग्दीखोला ज्याग्दी घाटमा काली गण्डकीमा मिसिन्छन । यसले आफ्नो प्रवाह मार्ग धौलागिरी र अन्नपुर्णहिमालको विचमा करिव १२१९ मिटर विश्व प्रसिद्द गल्छी वनाएको छ । मुक्तिधारा दामोदरकुण्ड रिषेश्वर जस्ता पवित्र नदीहरु यसमा समाहित छन । यसका किनारमा गलेश्वर मोदीवेनी पुर्तीघाट सेतीवेनी रिडिघाट जस्ता सयौ पवित्र घाटहरु वा तिर्थस्थलहरु रहेका छन । यस नदीको किनारको धुलोमा सुनको अंश र शालीग्राम प्रसस्त पाईन्छ ।

यसको दोस्रो मुख्य सहायक नदी त्रिशुली हो । यसको उत्पती गोसाईकुण्डवाट झरेको पवित्र जलवाट र लाङटाङ हिमालवाट निस्केका खोलानालबाट र तिव्वतबाट रसुवागढी हुदै निस्केको खोला र पवित्र वेत्रावती नदी आदी खोलानालाहरुवाट वनेको छ । यसलाई पनी निक्कै पवित्र नदी मानिन्छ । आफ्नो उत्पतीस्थान देखि स्याब्रु धुन्चे वेत्रावती त्रिशुलीवजार देविघाट हुदै धादिङको वेनिघाट भन्नेठाउमा पुगेपछी वुढी गण्डकीसंग मिसिन्छ । तिव्वतको केरुङ ईलाकाबाट आएका लिण्डे र केरुङखोला मिसिएर रसुवा घाटीबाट नेपाल भित्र प्रवेश गरेपछी भोटेखोला नामले पुकारीदै धुन्चेवजारमा आएपछी गोसाईकुण्डबाट झरेको पवित्र त्रिशुलीधाराको पानीसंग मिसिएपछी त्रिशुली नामले पुकारिन्छ । यसपछी लाङटाङ खोला चिलिमे खोला मेलुङखोला किम्टाखोला वेत्रावती गंगा सामरी खोला तादीखोला सलाखु-फलाखु महेशखोला खानीखोला मलेखुखोला महेशखोला आदी पर्दछन । यो नदी वेनीघाटमा पुग्दा वुढीगण्डकीसंग मिल्छ र मुग्लिनघाटमा पुगेपछी मर्याङ्दी र दरौदीसंग, गाईघाटमा मादी र सेतीसंग मिसिन्छ । यस नदीको लम्वाई ३६२ किमि र यसको प्रवाह क्षेत्रफल करिव ४००० व किमि रहेको छ ।

वुढीगण्डकी लार्के हिमालयको ५६०२ मिटर र तिब्बतको हिमालयबाट उत्पन्न भै बगेको यसको शिर गियाला घॅंाटी हो । यसका सहायक नदीहरुमा ७४२९ मिटरबाट निस्किएको आखुखोला मलाङखोला स्यारखोला माछेखोला हिलुङखोला मालुखोला नौलीमुदीखोला तानद्राङखोला स्टुलखोला श्रृगीखोला कौदी फुजेल व्वाई अधेरी आदी हुन । शास्त्रमा व्रह्मी स्वरुपा मानिने यो पवित्र नदीको संस्कृत नाम यशोधरा हो । यसको प्रवाह क्षेत्र करिव ३७०० व किमि छ । धादिङ जिल्ला र गोरखा जिल्लाको सिमानदीको रुपमा रहेको यस क्षेत्रमा मनास्लु संरक्षण क्षेत्र पनि पर्दछ । यसका साथमा कुनै ठुलो शहर बजार नभए पनि प्राकृतिक र सास्कृतिक महत्व वोकेका प्रसस्त पर्यटनको संभावना भएका क्षेत्रहरु पर्दछन । यस क्षेत्रमा ग्याला भन्ज्याङ वुढीगण्डकी उपत्यका कालताल श्रृगी हिमाल हिमाली गाउहरुमा सामागाउ दुधपोखरी आदी आकर्षक छन । वेनिघाटमा त्रिशुली नदीसंग मिलेको यस नदीको किनारै किनार परम्परा देखि नै ओहोर दोहोर गर्ने पैदल मार्ग छ । जुन ग्याला भन्ज्याङ र मनाङको चामे सम्म पुग्न सकिन्छ ।

सप्तगण्डकीको अर्को महत्वपुर्ण नदी मर्स्याङदी हो । यो नदी दामोदर हिमाल (मक्तिनाथ हिमालको पुर्वि ढालवाट निस्केका खोलाहरु र अन्नपुर्ण हिमालको उत्तरी पाखाबाट निस्केका ससाना खोलानालहरु मिलेर मनाङ उपत्यकाको पुर्वतर्फ बग्दै चामेबाट पुर्वहुदै वेसिशहर पालुङटार भोटेवडार हुदै मुग्लिनमा पुगेर त्रिशुलीनदीमा मिसिन्छ । यसमा उत्तर तिरबाट आएको दरौदीनदी आवुखैरेनीमा मिसिन्छ । मर्याङ्दी नदीले पनि अन्नपुर्ण र मनास्लुको विचमा करिव १४०० मिटरको गहिरो गल्छि वनाएको छ । यसका सहायक नदीहरुमा मुसिखोला दोर्दीखोला चेपेनदी फाउदी चुदी नरफु ङादी खुदी पाउदी दोदी हुन । यसको जल प्रवाह क्षेत्र करिव ४६०० व किमि रहेको छ । यस पवित्र नदिलाई संस्कृतमा विश्वधरा भनिएको छ । लमजुङ र गोर्खाको सिमा नदी मर्स्याङ्दीको किनारै किनार भोटेवडार वेसीशहर चामे धारापानी हुदै पश्चिम तर्फ उकालो लागेर थोरंला भन्ज्याङ काटेर मुत्तिक्षेत्र छिरेर ओरालो झरेर कागवेनी जोमसोम तातोपानी दाना वेनी हुदै वाग्लुङ पोखरा झर्न सकिन्छ ।

पोखरा उपत्यका भएर बग्ने सेती नदी पनि सप्तगण्डकीको मुख्य नदी हो । यसको उत्पती माछापुछ्रे हिमाल र अन्नपुर्ण हिमालको दक्षिणीढालको हिउ पग्लेर शुरु भएको मानीन्छ । उत्तरवाट दक्षिण हुदै घाचोक हेम्जा वाटुलेचौर लामाचौर फुलवारी रामघाट हुदै वगेर दमौली नजिकै मादी नदिलाई साथमा लिएर गाईघाटमा पुगेर त्रिशुली नदीसंग मिसिन्छ । यसमा फुस्रेखोला फेवातालको पानी, भलाम्दीखोला मिर्साखोला सरादीखोला भुजुङगखोला भोटीखोला कालीखोला विजयपुरखोला कोत्रेखोला सागेखोला फिर्दीखोला रुपा-वेगनासको पानी मिसिन्छ । यसको लम्वाई करिव १२५ किमि र प्रवाह क्षेत्र २७०० व किमि रहेको छ । शास्त्र अनुसार वैष्णवी स्वरुपा नामले चिनिने यो नदीलाई संस्कृतमा शीतप्रभा भनिन्छ ।

अन्नपुर्णा दोस्रो र पेरी हिमालयबाट उत्पत्ती भई दक्षिणपुर्व दिशामा बग्ने यो नदीलाई मादी नदी भनिन्छ । पुर्विय दर्शनमा निक्कै पवित्र मानिने यो नदीलाई शास्त्र अनुसार कौमारी स्वरुपा र संस्कृतमा रत्नधारा तथा वोलीचालीको भाषामा महेन्द्र गंगा पनि भनिन्छ । करिव ७४ किमि लम्वाईको यो नदी तनहुको व्यास गुफा नजिकै सेति नदिमा मिसिन्छ । मैदाी र होचा पहाडी भागहरुमा बग्ने हुनाले यसले आफ्ना किनारहरुमा निक्कै राम्रा फाटहरु निर्माण गरेको छ । यसका सहायक नदीहरुमा घार रुदी मिदिन रिस्ती कलेस्ति पिस्ती ईङ्दी गुनादी वुल्दी आदी हुन । यसका सहायक नदीहरुले निर्माण गरेका उर्वर फाटहरुलाई अन्नको भकारी पनि भनिन्छ । यो नदीको लम्वाई ७४ किमि रहेको र यसको प्रवाह क्षेत्र करिव ११०० व किमि रहेको छ ।

वुद्द हिमालबाट निस्केर गोरखा जिल्लाको माझबाट बग्दै जाने यो नदीलाई दरौदी भनिन्छ । यो नदी तनहुको खैरहनी वजारमा पुगेपछी मर्स्याङदी नदीमा मिसिन्छ । यसका सहायक नदीहरुमा लाङ्दी राङराङ लुङ्दी स्याङ्दी जराङग मलेस खार मुसुन्दी वेनी सिर्द हुन । यसले वनाएका फाटहरु निक्कै उत्पादन दिने खालका छन, जस्तै छेपेटार । यसले गोरखा जिल्लाको धेरै ठाउमा सिचाईको सुविधा दिएको छ ।





