• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, असार १३, २०८३
☰
शनिबार, असार १३, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

ट्रम्पद्वारा एफबिआईको नेतृत्व काश पटेललाई दिने घोषणा


  •   सोमबार, मङि्सर १७, २०८१ मा प्रकाशित
  • काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना विश्वासपात्र काश पटेललाई सङ्घीय अनुसन्धान विभाग (एफबिआई)को नयाँ निर्देशक बनाउने लक्ष्य राखेको बताउनुभएको छ ।

    Advertisement

    ट्रम्पले ब्युरोका वर्तमान गतिविधिको आलोचना गर्दै आउनुभएका र तथाकथित सरकारी ‘डिप स्टेट’ को बारेमा आलोचक आफ्ना पूर्व सल्लाहकारसमेत रहेका पेन्टागनका अधिकारीलाई एफबिआई निर्देशक बनाउन लागेको उहाँको आफ्नै लगानीको सामाजिक सञ्जाल, ट्रुथ सोशल नेटवर्कमा उल्लेख गर्नुभएको छ ।

    एफबिआईका वर्तमान निर्देशक क्रिस्टोफर रेलाई सन् २०१७ मा १० वर्षे कार्यकालका लागि नियुक्त गरिएको थियो । ट्रम्पले नियुक्त गरेका रेको नेतृत्वमा एफबीआईले राष्ट्रपति निर्वाचित ट्रम्पमाथि समेत अनुसन्धान गरेको छ ।

    ट्रम्पले ट्रुथ सोसलमा लेख्नुभएको छ, ‘काश एक प्रतिभाशाली वकिल, अन्वेषक र ‘अमेरिका फर्स्ट’ अभियानका अभियन्ता हुनुहुन्छ । उहाँले आफ्नो सेवालाई भ्रष्टाचारको पर्दाफास गर्न, न्यायका लागि र अमेरिकी जनताको रक्षा गने कार्यमा लगानी गर्नुभएको छ ।’

    आगामी राष्ट्रपतिका कट्टर समर्थक पटेलले ट्रम्पलाई पर्दा पछाडिबाट दबाउने काम गर्ने कथित पक्षपाती सरकारी नोकरशाहहरूको ट्रम्प विरोधी ‘डिप स्टेट’ को रिपब्लिकन कट्टरपन्थी धारणालाई समर्थन गर्नुहुन्छ र यस विषयमा एउटा पुस्तकसमेत लेख्नुभएको छ ।

    भारतीय मूलका एक परिवारका सन्तान पटेलले ट्रम्पको पहिलो कार्यकालमा राष्ट्रिय सुरक्षा सल्लाहकार र कार्यवाहक रक्षामन्त्रीको चिफ अफ स्टाफका रुपमा काम गर्नुभएको थियो ।

    ‘काशले मेरो पहिलो कार्यकालमा अविश्वसनीय काम गर्नुभएको छ’, ट्रम्पले भन्नुभयो, ‘उहाँले अमेरिकामा बढ्दो अपराध महामारीको अन्त्य गर्न, आप्रवासी आपराधिक गिरोहलाई ध्वस्त पार्न र सीमापार मानव र लागूपदार्थ तस्करीको दुष्ट अभिशाप रोक्नका लागि काम गर्नुहुनेछ ।’

    ट्रम्पले एफबिआईका पूर्व निर्देशक जेम्स कोमीलाई बर्खास्त गरेपछि कार्यवाहक निर्देशकको स्थानमा ट्रम्पले आफ्नो पहिलो कार्यकालमा रेलाई नियुक्त गर्नुभएको थियो ।

    पूर्वराष्ट्रपति ट्रम्पको रूससँगको विस्तृत सम्बन्धबारे कोमीको नेतृत्वमा एफबिआईले गरेको अनुसन्धानबाट ट्रम्पलाई कोमीविरूद्ध आक्रोशित बनाएको थियो ।

    रेको नेतृत्वमा एफबिआईले ट्रम्पस्वयंले सन् २०२२ मा उनको ‘मार-ए-लागो एस्टेट’मा गैरकानुनी रूपमा गोप्य कागजात राखेको आरोपमा अनुसन्धान गरेको थियो ।

    ट्रम्पले सन् २०२१ को जनवरी ६ मा अमेरिकी संसद् भवनमा हिंसात्मक आक्रमण गर्ने आफ्ना सयौं समर्थकको अनुसन्धानसहित ब्युरोको अनुसन्धानको लामो समयदेखि विरोध गर्दै आउनुभएको छ ।

    सीएनएनलाई दिएको बयानमा एफबिआईले भनेको छ, ‘रेको ध्यान एफबीआईका पुरुष र महिला, हामीसँग काम गर्ने व्यक्ति र हामीले काम गर्ने व्यक्तिहरूमा केन्द्रित भएको छ ।’

    ट्रम्पले फ्लोरिडाका शेरिफ चाड क्रोनिस्टरलाई ड्रग इन्फोर्समेन्ट एडमिनिस्ट्रेसन (डीईए) को प्रशासकमा मनोनीत गर्नुभएको छ ।

    उहाँले ट्रुथ सोसलमा लेख्नुभएको छ, ‘चाडले हाम्रा महान् महान्यायाधिवक्ता पाम बोन्डीसँग सीमा सुरक्षित गर्न, फेन्टानिल र अन्य अवैध लागूपदार्थको प्रवाह रोक्न र अमेरिकी नागरिकको जीवनको सुरक्षाका लागि काम गर्नुहुनेछ ।’

    ट्रम्पका कट्टर सहयोगी तथा फ्लोरिडाका पूर्व महान्यायाधिवक्ता बोन्डी न्याय विभागको नेतृत्वका लागि अमेरिकी राष्ट्रपति निर्वाचित ट्रम्पको छनोटमा हुनुहुन्छ ।

    एफबिआई न्याय विभागको अनुसन्धान शाखा हो भने डीईए पनि यसको क्षेत्राधिकारभित्र पर्छ । बोन्डी र पटेलको नियुक्तिले ट्रम्पले आफ्नो दृष्टिकोण र नीतिगत झुकाव पूरा गर्न इच्छुक निकटस्थहरूलाई नियुक्ति गर्ने व्यक्तिहरूको सूचीमा राख्न इच्छुक रहेको सङ्केत गर्दछ ।(एएफपी)

    सोमबार, मङि्सर १७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ८ गते (२२

    • २.
      आज २०८३ साल असार ७ गते (२१

    • ३.
      आज २०८३ साल असार ९ गते (२३

    • ४.
      आज २०८३ साल असार १२ गते (२६

    • ५.
      आज २०८३ साल असार ११ गते (२५

    • ६.
      आज २०८३ साल असार १० गते (२४

    भर्खरै

    • १.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer