• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, भदौ ०७, २०८३
☰
आइतबार, भदौ ०७, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

जर्मन चान्सलरले गुमाए विश्वासको मत


  •   बुधबार, पुष ०४, २०८१ मा प्रकाशित
  • काठमाडौं । जर्मन चान्सलर ओलाफ स्कोल्जले विश्वासको मत गुमानुभएको छ । सोमबार जर्मनीको संसद्को ७३३ सिट भएको तल्लो सदन (बुन्डेस्टाग)मा स्कोल्जलाई बहुमतका लागि ३६७ सांसदको समर्थन आवश्यक थियो । तर उहाँले २०७ सांसदको मात्र समर्थन पाउनुभएको हो ।

    Advertisement

    उहाँको विपक्षमा ३९४ मत खस्यो । अन्य ११६ सांसद भने अनुपस्थित रहेका थिए । यससँगै फेब्रुअरीमा त्यहाँ प्रारम्भिक निर्वाचन हुने सम्भावना देखिएको छ । नोभेम्बर ६ मा तीन दलको गठबन्धन पतन भएपछि स्कोल्जले अल्पमत सरकारको नेतृत्व गरेका थिए ।
    जर्मनीको स्थिर अर्थतन्त्रलाई पुनरुत्थान गर्ने मार्गबारे उत्पन्न विवादका कारण स्कोल्जले हालै आफ्नो अर्थमन्त्रीलाई बर्खास्त गर्नुभएको थियो । जसका कारण गठबन्धन सरकारमा असमझदारी पैदा भएको थियो । प्रमुख दलका कयौं नेताहरू निर्धारित समयभन्दा सात महिनाअगावै फागुन १३ गते संसदीय निर्वाचन गराउन सहमत भएका थिए ।

    दोस्रो विश्वयुद्धयता जर्मनीको संविधानले बुन्डेस्टागलाई भंग गर्ने अनुमति दिएको छैन । त्यसैले पनि स्कोल्जले विश्वासको मत पाउनु आवश्यक थियो । संसद्लाई भंग गर्ने कि नगर्ने र चुनाव गराउने हो कि होइन भन्ने कुराको निर्धारण अब राष्ट्रपति फ्रान्क–वाल्टर स्टेनमेयरले गर्नुपर्नेछ ।

    चुनाव गराउने वा स्थगित गर्ने निर्णय गर्न राष्ट्रपति स्टेनमेयरसँग अब २१ दिनमात्रै बाँकी छ । जर्मनीको नियम अनुसार संसद् विघटन भएपछि ६० दिनभित्र निर्वाचन गरिसक्नुपर्छ । बजेट र आर्थिक नीतिहरूमा असहमति उत्पन्न भएपछि स्कोल्जले नोभेम्बरमा पूर्ववित्तमन्त्री क्रिश्चियन लिन्डनरलाई बर्खास्त गर्नुभएको थियो । त्यसपछि क्रुद्ध बनेको लिन्डनरको फ्रि डेमोक्रेटिक पार्टी गठबन्धनबाट बाहिरिएको थियो ।(एजेन्सी)

    बुधबार, पुष ०४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer