• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, असार १२, २०८३
☰
शुक्रबार, असार १२, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ७. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

नियात्रा: ऐतिहासिक मकवानपुरगढीको सङ्क्षिप्त परिचय सहित


  •   शुक्रबार, माघ ०५, २०८१ मा प्रकाशित
  • काठमाडौं । मकवानपुर राज्य मध्यकालको नेपाल एकीकरणको पूर्व एक स्वतन्त्र र प्रख्यात राज्य थियो । इतिहासका पाना पल्टाएर हेर्ने हो भने कुनै समय मकवानपुर स्वतन्त्र राज्य थियो । यसको राजधानी मकवानपुरगढी थियो । ऐतिहासिक, पुरातात्त्विक, धार्मिक एवम् पर्यटकीय महत्व बोकेको स्थान हो । नेपालका लागि यो गढी सदैव रणनीति महत्वको स्थानको रुपमा चिनिन्छ ।

    Advertisement

    यात्रा गतिशील हुन्छ र यात्रा शब्दले आफैंमा रमाइ‌लोको अनुभूति गराउँछ । नयाँ ठाउँ, नयाँ परिवेशमा त झन कुतुहलताले भरिएको आभास हुन्छ । यात्रा शब्दमा ‘नि’ उपसर्ग लागेर नियात्रा बनेको हुँदा यसलाई निबन्धयात्रा भनेर पनि, चिनिन्छ । यात्राका क्रममा देखेका, अनुभव गरेका भोगेका, स्पर्श गरेका हरेक घटनालाई क्रमबद्ध शैलीमा व्याख्या गरिनु नै यात्रा साहित्य. यात्रा वर्णन हो । नियात्राकारका निजी अनुभव, स्थानगत यात्राका अनुभूति, परिवेशगत परिचय, दृश्यसंयोजनका क्रममा भेटिएका कुराहरू‌को टिपोट गरेर कलात्मक शैलीमा प्रस्तुत गरिएको रोचक हुन्छ । नियात्रा लेखनका लागि यात्रा अनिवार्य हुन्छ । यथार्थ घटना, कल्पनाको मिश्रण, लेखकीय इमान्दारिता, सूक्ष्म अवलोकन निष्पक्षयता, वस्तुगत स्थूल कुराहरूको सतही अवलोकन, साना-साना सूक्ष्म कुराहरू र घटना सम्प्रेषणमा प्रभावकारिता हुनु आवश्यक हुन्छ । पाठकलाई पनि नियात्राकारसँगसँगै यात्राको आनन्द लिएको भान होस् ।

    हामी गैंडाकोट नगरपालिका वार्ड नं. १ मा रहेको श्री सरस्वती निकेतन आवासीय माध्यमिक विद्यालयबाट मिति २०८१ साल मङ्सिर ६ गते विहीबारका दिन कक्षा ६, ७ र ८ का विद्यार्थीहरुसहित दुईवटा गाडीमा चार जना शिक्षकहरू जसमा प्राचार्य
    भरतबाबु कंडेल सर, शिक्षक सुरज भण्डारी, सन्देश विष्ट, चार जना गाडीका चालक र सह – चालकसहित म लेखक स्वयम् भूमिका गैरे तिमिल्सिना पनि उपस्थित थिए ।

    हामी बिहान ६:०० बजे विद्यालय प्राङ्गणमा जम्मा भई ६८ जनासहित ऐतिहासिक, पौराणिक , पुरातात्त्विक महत्व बोकेको स्थान मकवानपुरगढी दरवारका लागि १ दिने शैक्षिक अवलोकनीय भ्रमणका लागि प्रस्थान गर्यौ । करिब बिहान ७:०० बजे खैरहनीमा खाजा खाई हेटौंडा रङ्गशाला, माछा पोखरी, चुच्चेखोला जुन खुवाको लागि प्रसिद्ध ठाउँ रहेछ । हामी मकवानपुरगढी शिखर कटेरी हुदै बुद्ध चोकबाट ठाडो उकालो लाग्यौँ । करिब २०/२५ मिनटको उकालो हिँडे पश्चात् ऐतिहासिक, पुरातात्त्विक, रणनीति, धार्मिक स्थान मकवानपुरगढी – २ पुग्यौँ ।

    लगभग १३५ रोपनी क्षेत्रफलमा फैलिएको , हाल नेपालभन्दा धेरै ठुला राज्य पाल्पा र मकवानपुर तथा पछि दु‌क्रिएर बनेका चौदण्डी विजयपुर जस्ता राज्य सेन राजाद्वारा शासित रहेको इतिहासले बताउँछ । एघारौ शताब्दीमा नेपाल प्रवेश गरेका तुला सेनदेखि पाल्पा‌का राजा मुकुन्द सेन प्रथम (१५७५-१६१०) ले आफ्नो राज्य पूर्वमा दुधकोशीसम्म विस्तार गरेपछि पश्चिम गुल्मीदेखि कोशीसम्म फैलाएको हुँदा त्यस राज्यको बीचभागमा पर्ने मकवानपुरलाई मुकुन्दपुर नामाकरण गरी राजधानी घोषित गरेका थिए ।

    मकवानपुरलाई मुकुन्द‌सेनका छोरा लोहाङ् सेनले मकवानपुरमाथि विजय प्राप्त गरेका थिए । त्यस अभियानमा मुकुन्द सेन पनि साथै थिए । नारायणी नदी नवलपुर गैंडाकोट‌बाट तरी मक‌वानपुर हुदै भावर प्रदेश कब्जा गरी बढियानालादेखि कमला नदी बीचमा पर्ने हट्‌टीलाई पनि कब्जा गरेका थिए । त्यसपछि पाल्पाको सिमाना लिम्बुवानको विजयपुर राज्यसँग जोडियो । राजा मुकुन्द सेनले आफ्नो विस्तृत राज्य पश्चिमदेखि पूर्वतर्क जङ्‌गल फडानी गरी बसोबास गराउने क्रममा ठाउँ ठाउँमा मानवीय बस्ती बसालेका थिए । रापती नदी पूर्व र हेटौंडादेखि उत्तरी क्षेत्रको पहाडी भागमा नगर बसाले र आफ्‌नै नामबाट मुकुन्दपुर नामाकरण गरेको थिए । त्यसै आधारमा सो ठाउँलाई पछि गएर मकवानपुर भनियो ।

    भारतका चितौर र सिसौदियाका राजपुतहरूको सन्तानका रूपमा चिनिएका सेनवंशी राजाहरूले आफ्नो समयमा उत्कृष्ट पराक्रम राजनीति र कुटनीतिको परिचय दिएको पाइन्छ । अजिस सेनका सन्तान तुलासेनले मकवानपुर राज्य स्थापना गरी उनका सन्तानहरूले राज्य गरेको पाइन्छ ।

    मकवानपुरगढी दरबार हेटौँडादेखि १६ किलोमिटर पूर्व कान्तिपुरराज्यपथ सडकसँगै समुन्द्री सतहदेखि १०१७ मिटर‌को पहाडी उचाइको थुम्कोमा अवस्थित रहेको छ । सेन वंशीय राजाहरुले १३ औं शताब्दीको सुरुतिर यहाँ शासन गरेको इतिहास पाइन्छ । सेन वंशका प्रतापी राजा मणीमुकुन्दसेनकै नामबाट मुकुन्दपुर, माकन्दपुर मुकुनपुरको अपभ्रंश हुदै मकवानपुर नामाकरण भएको हो भन्ने जनविश्वास रहेको पाइन्छ । सेन वंशका मुकुन्द सेनका छोरा लोहाङसेनदेखि अन्तिम राजा दिगबन्धन सेन सम्मका राजाहरूले करिब ३०० वर्षसम्म मकवानपुर गढीलाई राजधानी बनाई शासन गरेका थिए । १३ औँ शताब्दीभन्दा अगाडि सेन वंशले राजकाज चलाउनका लागि भौतिक संरचना बनाएका थिए । नेपालको सबैभन्दा ठूलो गढी हो ।

    मकवानपुर गढी राजा तुलासेनको राज्य कालमा निर्माण भएको विश्वास गरिन्छ । गढीको तीनओटा भाग रहेका छन् । ठुलोगढी, सानो गढी र ढुङ्‌गेगढी । ठूलो गढीमा दुई दुईओटा दरबार तथा पानीट्याङ्‌कीहरू रहेका छन् भने ठुलो गढीको दक्षिण र पश्चिमतर्फ करिब ३०० मिटरको दूरीमा सानोगढी र करिब २ किलोमिटर उत्तरपूर्वमा ढुङ्‌गेगढी रहेका छन् ।

    पृथ्वीनारायण शाहले एकीकरणको दौरान उपत्यका विजय प्राप्त गर्न मकवानपुर राज्यको एकीकरण अत्यावश्यक ठानी वि.सं. १८१९ साल भदौ महिनाको ९ गते (ई.सं. १७६२ अगष्ट २१) को बिहानैबाट हमला गरी करिब आठ घण्टाको लडाई पश्चात मकवानपुरगढीमा विजय प्राप्त गरेका थिए । तत्पश्चात मकवानपुरगढीबाट पूर्वमा रहेको हरिहरपुरगढीमा गोर्खाली फौजले ४ अक्टोबर १७६२ का दिन कब्जा गरे पश्चात् मकवानपुर राज्यको अन्त भएको थियो ।

    नेपाल एकीकरण शुरु भएदेखि वर्तमान नेपाली सेनाको स्थापना भएको हो । नेपाल अङ्ग्रेजको युद्धमा नेपाली फौजले देखाएको बहादुरीका कारण अङ्ग्रेजहरुले सेनामा भर्ना गरी गोर्खाली सेनाको नामाकरण गरेका थिए ।

    मकवानपुर राज्यको पराजयपछि राजा दिगबन्धन सेनको सहयोगार्थ गुरगिन खाँको नेतृत्वमा आएका करिब २५०० (पच्चिस सय) मुगल सेनाका फौजलाई गोर्खाली सेनाले वि.सं. १८१९ माघ १० गते परास्त गरेका थिए । उक्त लडाईमा मुगलका करिब १७०० ( सत्रसय ) फौज र गोर्खाली फौजतर्फ करिब ३० (तीस) जनाको मृत्यु भएको थियो र करिब पाँच सय बन्दुक , दुई थान तोप हात पारेका थिए । उक्त लडाईको जीत पश्चात गोर्खाली सेनाले ठूलो सङ्ख्यामा आधुनिक हतियार हात पारेको थियो । उक्त लडाईको सम्झनामा मकवानपुरगढी दरबार‌मा प्रत्येकवर्ष माघ १० गते विजय उत्सव मनाउने गरिएको छ ।

    ई. सं. १८१४ सालदेखि १८१६ सालसम्म भएको नेपाल अङ्ग्रेज युद्धको समयमा अङ्‌ग्रेज फौजले मकवानपुरगढीमा हम‌ला गरेका थिए । सुगौली सन्धीको हस्ताक्षर गर्न नेपाल पक्षबाट ढिलाइका कारण पुन: अङ्‌ग्रेजहरू असन्तुष्ट भई अक्टरलोनीको नेतृत्व‌मा दोस्रो पटक तराई हुदै मकवानपुर‌गढीमा हमला गरेका थिए तथापि गढीलाई भने कब्जा गर्न सकेका थिएनन् ।

    मकवानपुरगढीले एकीकरण अभियाननलाई साकार पार्न तथा विदेशी सेनाहरुलाई धपाई देशलाई जोगाउन तथा नेपाललाई स्वाधीन राष्ट्रको रूपमा विश्वसामु उभ्याउन महत्त्वपूर्ण भूमिका खेलेको पाइन्छ ।

    लोहाङ सेनसहित मकवानपुरमा राघव सेन, हरिहर सेन, शुभ सेन, माणिक सेन, हेमकर्ण सेन र दिग्बन्धन सेन गरी सात पुस्ताले करिब ३०० वर्ष शासन सञ्चालन गरेका थिए । मकवानपुरका अन्तिम राजा दिग्बन्धन सेन थिए । उनले जम्मा २ वर्ष मात्र शासन गरेको इतिहास पाइन्छ ।

    गढीको बीचभागमा वंशगोपालको मन्दिर छ । वंशगोपाल श्रीकृष्णको मन्दिर हो । वंशगोपालको मुर्तिलाई साङ्‌‌लाले बाधिएको छ । वि. सं. १९९० सालको भुकम्पमा परी वंशगोपालको अग्लो मुर्ति ढलेर हात भाँचिएको हुनाले फेरि नढलोस् भनि साङ्लाले बाधेको भन्ने विश्वास पाइन्छ भने अर्को तर्फ इतिहास हेर्दा सेन वंशीय शासन‌कालमा भगवानको पाउमा तोरीको फूल टाँसिएको देखेपछि वरिपरिका बासिन्दाले पुजारीलाई जानकारी गराएछन् । पुजारीले चियोचर्चो गर्दा भगवान रात्रीकालीन समयमा घुम्नका लागि निस्कनु हु‌दो रहेछ । चितवनको तोरीबारी घुमेर बिहान फर्कने गर्दा उहाँका पाउमा तोरीको फूल टासिएको तथ्य फेला पारेका कारण भगवान उक्त स्थान छाडेर कहीं नजाउन् नत्र अनिष्ट हुन्छ भनि साङ्‌‌लाले बाधेर राखेको हो भन्ने किंवदन्ती मन्दिरका पुजारी चन्द्रप्रसाद घिमिरेबाट जानकारी भयो । उहाँका अनुसार द्वापर युगमा भगवान श्रीकृष्ण रात्रीकालीन समयमा चितवनको तोरी माडी आउने हुनाले चितवन माडी नाम रहन गएको हो भनि बताउनुभयो ।

    वि . सं . १७९५ तिर पृथ्वीनारायण शाह‌को विवाह हेमकर्ण सेनकी छोरी इन्द्र कुमारीसँग यसै दरवारमा भएको थियो । उनका जेठान दिगबन्धन सेन थिए । पृथ्वीनारायण शाह र दिगबन्धन सेन बीच ठाकठुक परेपछि दिगबन्धनले उल्टो सलामी दिएका थिए । पृथ्वीनारायण शाहको विवाह एक राजनीतिक योजना थियो तर जेठान‌सँग विवाद परेपछि उनले काठमाण्डौंका मल्ल राजाहरूलाई कमजोर पार्न मकवानपुरमाथि जीतहासिल गर्नु थियो । सेन वंशमा धेरै सन्तान भएकाले किचलो बढ्दै जाँदा राज्य कमजोर हुदै गयो र पृथ्वीनारायण शाहले मकवानपुरमा विजय प्राप्त गरे ।

    करिब ११०० वर्ष लामो इतिहास बोकेको भए पनि सत्ताच्युत हुनुपरेका कारण कतिपय इतिहास गर्भ मै लुकेका छन् । भारतको टिस्टा कामाख्यामाई मन्दिरसम्म राज्य विस्तार गरेका थिए । पाल्पाका राजा मुकुन्दसेनले आफ्नो जीवनको उत्तरार्र्द्वमा जीवनराजर्षी रुपमा बिताए । उनले रिडी, देवघाट, बराहक्षेत्र, हरिहरक्षेत्र प्राचीन धार्मिक क्षेत्रहरुमा तपस्या गर्दै हिडेका थिए ।

    हामी १:०० त्यहाँबाट फर्यौ र हेटौंडा आएर खाना खायौँ । त्यसपछि हाम्रो गन्तव्य बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय , हेटौंडा आयौँ । त्यहाँ हामीलाई करिब १ घन्टाको पर्खाइपछि मात्र भित्र जाने अनुमति मिल्यो र सभाहलमा विद्यार्थी सहित गयौं ।

    अख्तियार दुरुपयोग अनुसन्धानको काम, कर्तव्य र आफूले पाएको अधिकारको दुरुपयोग गर्दा हुने कार्वाहीका बारेमा स्लाइडबाट जानकारी गराउनु‌भयो । विद्यार्थीहरुले राखेका जिज्ञासालाई बुझाउनुभयो । त्यहाँ चिया खाजा खाई हामी ४:०० बजे निस्क्यौँ ।
    हाम्रो गन्तव्य हेटौंडाको ऐतिहासिक, शक्तिपीठ भूटनदेवी रहेको थियो । महाभारतकालीन पाँच पाण्डवसँग सम्बन्धित हेटौडाबाट करिब १ किलोमिटर भित्र ऐतिहासिक,पौराणिक , पर्यटकीय, धार्मिक स्थल भूटनदेवीको मन्दिर अवस्थित छ । महाभारत कालीन समयमा पाँच पाण्डव बन‌वासमा रहदा हिडिम्बाले भिमसेनलाई देख्दा मोहित भई सुन्दर स्त्रीको रूप धारण गरी विवाहको प्रस्ताव माता कुन्ती समक्ष राखिन् । त्यसै बखतमा हिडिम्बाका दाजु हिडिम्बासु आई भिमसेनसँग युद्ध गर्दा हिडिम्बासुको मृत्यु भएको थियो । भिमसेनले शर्तअनुसार हिडिम्बालाई राक्षसी बानी सबै त्यागी मानव, पशुपंक्षीको सेवा गर्नु र दनुवार जातिलाई माइती र चुरिया माईलाई दिदी मानी देवीको आराधना र पुकार गर्नुपर्छ अनि एउटा सन्तान भएपछि छुट्टिएर बस्नुपर्ने प्रस्ताव राख्दा हिडिम्बाले स्वीकार गरिन् । सोही शर्त अनुरूप भिमसेन र हिडिम्बाको पुत्र घटोत्कचको जन्म पश्चात् दुबै छुट्टिएर बसेका थिए । हडिम्बाले साधना/ तपस्याबाट आफू नवदुर्गा र कालीको शक्ति प्राप्तिको वरदान मागिन् । हिडिम्बाको नामबाटै अपभ्रंश हुँदै हेटौंडा नाम रहन गएको हो, भन्ने भनाई छ । यस मन्दिरमा शुद्ध मनले मागेको पुग्ने जनविश्वास रहेको कुरा यसै मन्दिरका अध्यक्ष राममान श्रेष्ठद्वारा जानकारी भयो । भूटनदेवीलाई भूदेवी भनेर पनि चिनिन्छ ।

    मन्दिर परिसर भित्र देवीको ढलोटको ठूलो मूर्ति, पूर्वमा गणेश भगवान, उत्तर छेउ राधाकृष्ण मन्दिर सीताराम मन्दिर पश्चिमतर्फ भैरव मन्दिर, माता सरस्वतीको मन्दिर , वासुकी मन्दिर, शिवलिङ्ग , भगवान विष्णु पार्वती, गौतम बुद्धका स्तूप रहेका छन् । विशेष कक्ष सभाहलका साथै आवासको व्यवस्था रहेको जानकारी पायौँ ।

    त्यहाँबाट करिब ५:३० बजे हामी गाडी चढ्‌यौ र ८:०० बजे हामी गैंडाकोटको मानसरोवर होटलमा आई खाना खायौँ । करिब १०:०० बजे सबै विद्यार्थीसहित शिक्षकहरु सकुशल घर पुग्यौं ।

    एकदिने शैक्षिक अवलोकनीय भ्रमणबाट पनि धेरै कुरा जान्न, बुझ्न, सिक्न, अध्ययन गर्न सकिन्छ । कुनैपनि स्थानको सतही अवलोकन गर्यो भने त्यो आफैंमा ज्ञानको भण्डार हुन्छ । जति हामीले बुझ्न खोज्छौँ त्यो भन्दा बढी पाउँछौँ । नेपालमा रहेका यस्ता ऐतिहासिक, धार्मिक, पुरातात्त्विक, पर्यटकीय क्षेत्रका बारेमा अध्ययन अवलोकन गरी व्यवहारिक ज्ञान लिन सक्छौँ । विद्यार्थीलाई किताबी ज्ञानभन्दा फरक प्रत्यक्ष देखाएर, बुझाएर , स्थलगत अवलोकन गरी त्यस ठाउँको भाषा , धर्म, संस्कृति, परम्परा, जीवनशैली र परिवेशलाई नजिकैबाट नियाल्नका लागि शैक्षिक अवलोकनीय भ्रमणको महत्त्वपूर्ण भूमिका रहन्छ ।

    (लेखक: भूमिका गैरे तिमिल्सिना गैंडाकोट ४, नवलपुर)

     

     

    शुक्रबार, माघ ०५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ८ गते (२२

    • २.
      आज २०८३ साल असार ७ गते (२१

    • ३.
      आज २०८३ साल असार ९ गते (२३

    • ४.
      आज २०८३ साल असार ११ गते (२५

    • ५.
      आज २०८३ साल असार ६ गते (२०

    • ६.
      आज २०८३ साल असार १२ गते (२६

    भर्खरै

    • १.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer