• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, असार १२, २०८३
☰
शुक्रबार, असार १२, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ७. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

नियात्रा: गजेन्द्रमोक्ष दिव्य धाम (त्रिवेणी धाम) सं‌‌क्षिप्त परिचय सहित


  •   शुक्रबार, माघ ०५, २०८१ मा प्रकाशित
  • काठमाडौं । त्रिकूट पर्वतको फेदी श्रीकृण्णगण्डकी ( नारायणी ) नदीको तटवर्ती सुन्दर वन देव, गन्धर्व यक्ष- किन्नर सिद्ध चारणगण तथा असङ्ख्य ऋषि महर्षिगणद्वारा सेवित थियो । मयुर कोकिलादी पंक्षीहरुको ध्वनीद्वारा गुञ्जायमान यस सुन्दर वनमा मृग, बदेल, जरायो, गैंडा, वनगाई, दुम्सी, सिंह , बाघ बाँदर आदि धेरै किसिमका जनावरहरु निवास गर्थे ।
    त्रिवेणीधाम नारायणी, तमसा र सोनभद्रा गरी तीन नदीको संगम हो । नवलपरासीको बिनयी त्रिवेणी गाउँपालिका वार्ड नं. ६ मा अवस्थित छ ।

    Advertisement

    परापूर्वकालमा त्यहाँ गजेन्द्र नाम गरेको हात्ती नै त्यहाँको राजा थियो । गजेन्द्रदेखि वनका साना ठूला सबै जनावरहरू डराउथे । एकदिन गजेन्द्र हाती झुण्डका साथ गण्डकी नदीमा जल विहारका लागि आउँदा बलवान गोहीले हात्तीका खुट्टा बेसरी समात्यो । वनको राजा र जलको राजा बीच लामो समयसम्म भयङ्कर लडाइँ चल्यो । गजेन्द्र आफू असफल भएको देखि पूर्व जन्ममा गरेको भगवत भक्तिको स्मृ‌तिद्वारा भगवान नारायणलाई आह्वान गर्छन् । उनको दिव्य स्तुति सुनेर बह‌्मा आदि सबै देवी देवता आ-आफ्नो नामको अपेक्षा गरिरहे । गोहीले जलभित्र तान्दै जाँदा सूड‌मात्र शेष बचेपछि भक्तवत्सल भगवान नारायण अत्यन्त शीघ्र गरुडारूढ भई आएको देखेर श्लोकद्वारा स्वागत गर्दछ । भगवान श्रीहरिले आफ्ना सुदर्शन चक्रद्वारा तत्काल ग्राह (गोही ) को शिर छेदन गरी गजेन्द्रलाई उद्वार गर्नुभएको कुरा श्रीमदभागवत महापुराण, वराहपुराणादिमा वर्णन गरेको पाइन्छ । गजेन्द्र पूर्व जन्ममा पाण्डयवंशी इन्द्रधुम्न नाम गरेका राजा थिए । अगस्त्य ऋषिका श्रापका कारणले हात्ती हुन पुगेका थिए भने ग्राह हुहु नाम गरेका गन्धर्व थिए । उनी पनि देवल ऋषिका श्रापका कारण गोही बन्न पुगेका थिए । दुबै ऋषिले हात्ती र गोही भएता पनि भगवान श्रीह‌रिबाट हात्ती र गोहीको शरीर त्यागी मोक्ष गतिलाई प्राप्त गर्नेछौ भन्ने आशीर्वाद दिनु भएको थियो । भगवानले गजेन्द्र सहित ग्राहलाई पनि जन्म-मरणको चक्रबाट सदाका लागि मोक्ष प्रदान गर्नु भएकाले यस धामको नाम श्रीगजेन्द्र‌मोक्ष दिव्य धाम रहन गएको हो

    वि .सं २०७५ फाल्गुन १९ गते नेपाल तथा भारतका सन्त, महन्त धर्माचार्य एवम् गुरुवर्गहरुका साथ ५५५ जना संस्थापक सदस्यहरू द्वारा यस मन्दिरको सामुहिक रुपमा समुद्‌‌घाटन भई सप्तदिवसीय प्राण-प्रतिष्ठा महा- महोत्सव गरी श्रीगजेन्द्र मोक्ष नारायण भगवान‌को विशाल दिव्य श्रीविग्रह प्रतिष्ठित गरिएको थियो । मन्दिरको बाहिरी बनावट नेपाली प्यागोडा शैली एवम् भित्री दक्षिण भारतीय शैलीमा छ । शङ्ख, चक्र तिलक श्री, पुष्प, गौ, हस्ती, अश्वादि मांगलिक चित्रङ्कन गरिएको मन्दिरमा कुल ३१ ढोका, ९६ झ्याल एवम् ५०० भन्दा बढी मूर्तिहरु निर्मित छन् ।

    वि. सं. २०४८ साल माघ अमावश्या देखि श्रद्वेय श्रीस्वामीज्यू महाराजले १२ वर्षका लागि नित्य हवन गर्ने सङ्‌कल्प लिई बक्सेको थियो । ती सङ्‌कल्पित १२ मध्ये‌का १५५५ दिनसम्म यसै हवनकुण्डमा अखण्ड अग्नि प्रज्वलित राखी हवन गरिएको थियो र १२ वर्ष पूरा भएपछिको महापूर्णाहुति पनि हवन‌कुण्डमा सम्पादन भएको थियो । यसै यज्ञशालामा यज्ञ पूजापाठ गराउँदा भक्तजनहरुको इच्छा सिद्व हुने जनविश्वास रही आएको छ ।

    अष्टकोणात्मक प्यागोडा शैलीमा बनेको शीशमहल धाममा आउने हरेक दर्शनार्थीहरुका लागि नयाँ अनुभवको आभास हुन्छ । शीशमहल भित्र राधा कृष्ण भगवानको दिव्य दर्शन हुन्छ । मुख्य विग्रह शीश महलको बीचमा रहेकाले दर्शकहरु परिक्रमा गर्दा प्रतिबिम्ब देखिन्छ । वि .सं. २०६२ साल कार्तिक २२ गते देखि २८ गतेसम्म भारतका विभिन्न ३३२ स्थानहरुमा एकै तिथि, मिति र मुहूर्तमा प्रारम्भ भई एकैसाथ सम्पादित श्री विश्वशान्ति मुक्तिनाथ १०८ विराट महायज्ञको त्रिदिवसीय पूर्णाहुति एवम् फूलपाती विसर्जन कार्यक्रम देवभूमि हरिद्वारमा मंसिर २ गतेदेखि ४ गतेसम्म सञ्चालित थियो साथै सवा लाख गाईको दुध द्वारा एक हजार आठ शालग्राम भगवान सहित भागिरथी गंगामा महा अभिषेक गरी सवा करोड दीप प्रज्वलन कार्यक्रम सम्पादन भएको थियो । सो अवसरमा निर्मित श्रद्वेय श्री मुक्तिनाथ बाबा ज्यूको उचाई बराबर‌को अष्ट धातु‌को कलश याज्ञावधिभर विधिवत पूजन गरेर नेपाल र भारतका प्राय सबै तिर्थस्थलको परिक्रमा गराई पवित्र नदी , ताल एवम् सरोवरहरूको जल भरी त्रिवेणीमा ल्याइएको थियो । सो कलश अहिले शीशमहलको दोस्रो तलामा स्थापना गरिएको छ।

    श्रीगजेन्द्र‌मोक्ष दिव्य धाममा आउने साधु ,सन्त ,साधक एवम् तीर्थयात्रीका लागि साधना, भोजन, आवासको सहज प्रबन्ध होस् भन्ने ध्येयले साधना हल, धर्मशाला एवम् अन्नदान क्षेत्र सञ्चालित छन् । प्रतिदिन करिब १५० जनासम्म यात्रीहरूका लागि भोजन र आवासको व्यवस्था रहेको छ ।

    संस्कृत वाङ‌्मयको विशाल भण्डारमा प्राचीन ज्ञान, विज्ञान, योग, कला, साहित्य, दर्शन, संस्कृति र समग्र वैदिक इतिहास सुरक्षित छ । श्रीमुक्तिनाथ बाबा ज्यूले वि. सं . २०४८ सालदेखि नै संस्कृत गुरुकुलको स्थापना गरी सञ्चालन गर्नुभयो । वि. सं. २०६४ सालदेखि नेपाल सरकारबाट स्वीकृति लिई श्रीमुक्तिनाथ पीठ वेद विद्याश्रम (आवासीय गुरुकुल मा. वि. ) नामबाट सञ्चालनमा आयो । हाल १०० जना वटुकहरुले शिक्षा लिई रहेका छन् ।

    गाई लागि सुख ,शान्ति, समृद्धि प्रदान गर्ने, धर्म, अर्थ, काम, मोक्ष प्राप्त गर्ने , द‌याकी मुर्ति हुन् । गोसंरक्षणका लागि श्रद्वेय श्रीमुक्तिनाथ बाबा ज्यूले वि. सं. २०५० सालमा विशाल गोसंरक्षण महायज्ञ सम्पन्न गरी सोही अवसरमा यस गजेन्द्र‌मोक्ष दिव्यधाममा “श्रीगजेन्द्र मोक्ष कामधेनु गौशाला” को स्थापना गरी गोसेवा प्रारम्भ गर्नुभ‌यो । हालसम्म गोशालामा १५० वटा वैदिक गाईहरूको सेवा भई रहेको छ ।

    नेपालका प्रकाण्ड विद्वान योगी नरहरिनाथले मेचीदेखि महाकालीसम्म कोटिहोम लगाउने सिलसिलामा त्रिवेणीमा गएर घना जङ्गल भएको ठाउँमा जङ्गल फडानी गरी वि. सं. २०४० सालमा कोटिहोम लगाउनु भएको थियो । उहाँको सहयात्री स्वामी प्रपन्नाचार्य हुनुहुन्थ्यो । तीस वर्षको उमेरमा कखरा सिकेका प्रपन्नाचार्य बेदमा विद्यावारिधि गर्ने पहिलो व्यक्ति हुनुहुन्थ्यो । ढिलो पढ्न सिकेकाले स्वामी प्रपन्नाचार्यले खासै समय दिन भ्याउनु हुदैनथ्यो ।कहिले कसो आउनु हुन्थ्यो । योगी नरहरिनाथले एक महिनासम्म चलेको कोटिहोमको सम्पूर्ण नेतृत्व लिनु भएको थियो । नेपाल भरि योगी नरहरिनाथले १०८ भन्दा बढी ठाउँमा कोटिहोम लगाउनु भएको थियो भन्ने कोटिहोम मन्दिरका पुजारी देवी पान्डेयबाट जानकारी भयो ।

    १३०० वर्ष अगाडि गजेन्द्रमोक्ष धाममा हात्ती र गोहीको लडाई हुदा सोही ठाउँमा भगवान विष्णु विराजमान हुदा माता लक्ष्मी केउलानीमा वृक्षको फेद लागेर हेरेर बस्नु भएको थियो । प्राचीन ढुङ्‌गाको मुर्ति देव भागवतको गीतामा जुन वर्णन गरिन्छ । सत्य , त्रेता, द्वापर र कलि यी चार युगको वर्णन छ । कलि युगको वर्णनमा लक्ष्मी माता केउलानीमा विराजमान हुनुहुन्छ । जुन खुल्ला ठाउँ छ । त्यहाँ मन्दिर बनाई छानो हाल्दा अनिष्ट हुने हुदा भौतिक संरचना बनाउन पूर्णतया निषेध छ भन्ने विश्वास केउलानी मन्दिरका पुजारी नारायण अधिकारीबाट जानकारी पाइयो । केउलानी माता, नरदेवी माता, दाउन्नेदेवी माता र चुवाडीदेवी माता यी चार दिदीबहिनी हुन् । जसमा नरदेवी माताको मन्दिर भारतमा पर्छ।

    चितवनको माडी नगरपालिका -१ मा पर्ने वाल्मीकि आश्रमले रामायण रचना गरेको थियो । वाल्मीकि ऋषिले सीतालाई आश्रय दिएका थिए । लव कुशको जन्मस्थल, शिक्षा लिएको ठाउँ, सीताले प्रयोग गर्ने सिलौटो, तबला, वाल्मीकि ऋषि अन्तर्धान भएको ठाउँ, सीता माताको पाताल प्रवेश रहेको छ। भारतबाट बेला बेलामा आवत जावत गर्न अवरोध खडा भएपछि हाल नेपाल सरकारले झलुङ्गे पुलको निर्माण गरेको छ ।

    यस पौराणिक, ऐतिहासिक एवम् धार्मिक पर्यटकीय क्षेत्र स्वर्णभद्रा, पूर्णभद्रा र नारायणीको संगमस्थल त्रिवेणीधाम, माता सीताको बिरह भूमि, महर्षि वाल्मीकिज्यूले आदि काव्य वाल्मीकिय रामायण लेखेको स्थान , लव र कुशको जन्मभूमि, केउलानी मन्दिर, स्वयम् प्रकट नागस्थान , बालपुरी आश्रम, नागबाबा कुटि, श्रीलक्ष्मीवेंकटेश मन्दिर, लक्ष्मी नारायण मन्दिर , रामजानकी मन्दिर , कोटिहोम शिवालय मन्दिर, भक्तेश्वर मन्दिर, कठवाँ गुफा, विष्णु धाम, गडीगाई र बालपुरी बाबाको जिउँदो समाधि स्थल आदि विभिन्न मठ मन्दिर एवम् धार्मिक स्थलहरु रहेको यस क्षेत्रमा दिनानुदिन धार्मिक पर्यटकहरुको आवागमन बढ्दो क्रममा छ । तीन नदीको संगम विश्व मै शालिकराम शिला पाइने गण्डकी नदी हो । वार्षिक मेलाका रूपमा चल्दै आएको धार्मिक पर्वहरु जस्तै- जनै पूर्णिमा, माघ अमावश्या, ठुली एकादशी , श्रावण मेला, चैत वारुणी, रामनवमी, एवम् औशी पूर्णिमा जस्ता पर्वहरुमा यस धाममा हरेक वर्ष हुने यज्ञ यागादि अनुष्ठानले सुनमा सुगन्ध थप्दै आएको छ । नेपालको हिन्दु धर्म संस्कार, संस्कृतिको स्तम्भको रुपमा विकास गरी बाह्य पर्यटन प्रवर्द्धन गर्दै राष्ट्रिय अर्थतन्त्रलाई समुन्नत गराउन समस्त धर्मानुरागी तथा राष्ट्रप्रेमी सज्जन महानु‌भावहरुको सद्‌भाव र सह‌योगको खाँचो छ ।धार्मिक ऐतिहासिक महत्व बोकेको यस पवित्र भूमिको प्रचार प्रसार गर्नु आवश्यक छ । नेपालको हरिद्वार मानिने त्रिवेणी धाम राष्ट्रिय स्तर‌बाटै संरक्षण र सम्वर्द्धन हुनु आवश्यक छ।

    (लेखक: भूमिका गैरे, तिमिल्सिना गैंडाकोट ४ , नवलपुर)

    शुक्रबार, माघ ०५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ८ गते (२२

    • २.
      आज २०८३ साल असार ७ गते (२१

    • ३.
      आज २०८३ साल असार ९ गते (२३

    • ४.
      आज २०८३ साल असार ११ गते (२५

    • ५.
      आज २०८३ साल असार ६ गते (२०

    • ६.
      आज २०८३ साल असार १२ गते (२६

    भर्खरै

    • १.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer