• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
मङ्गलबार, जेठ ०५, २०८३
☰
मङ्गलबार, जेठ ०५, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख ३० गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख ३१ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ १ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ ३ गते (१७ मे २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल जेठ २ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. मासिक राशिफल: जेठ, २०८३

  • ७. आज २०८३ साल जेठ ५ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

युद्धविरामको दुई घण्टाभित्रै दुई लाख प्यालेस्टिनी घर फर्किए


  •   मङ्गलबार, माघ १६, २०८१ मा प्रकाशित
  • काठमाडौं । गाजा–इजरायल युद्धविरामपछि गाजाका मानिसहरू अब आफ्नो घर फर्कन थालेका छन् ।

    Advertisement

    गाजाका एक सुरक्षा अधिकारीले समाचार एजेन्सी एएफपीलाई बताएअनुसार सोमबार बिहान नेत्जारिम करिडोर खुलेको दुई घण्टाभित्र दुई लाख विस्थापित मानिसहरू पैदल उत्तरी गाजा प्रवेश गरेका थिए ।

    समाचार एजेन्सी एएफपीका अनुसार सरकारी तथ्याङ्कले गाजा सहर र उत्तरमा रहेका आफ्ना ध्वस्त घरहरूमा फर्कनका लागि एक लाख ३५ हजार टेन्ट आवश्यक पर्ने देखाएको छ । घर फर्किरहेका मानिसहरूको अनुहारमा धेरै भाव छन् । उनीहरू घर फर्कन पाउँदा खुसी भए पनि विनाशबाट दुःखी पनि छन् ।

    हमासले उत्तरी गाजामा गाजा शरणार्थीहरूको फिर्तीलाई ‘विजय’को रूपमा वर्णन गरेको छ । अतिवादी संगठन हमासले भनेको छ, ‘विस्थापितहरूको फिर्ती हाम्रा जनताको लागि विजय हो । यो विस्थापन र इजरायली कब्जा योजनाको असफलता र पराजयको संकेत हो ।’

    यसैबिच, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूका अनुसार हमासले अर्बेल येहुद नामक इजरायली बन्धकलाई रिहा गर्न सहमति जनाएपछि यो करिडोर खोलिएको हो । उत्तरी गाजामा मानिसहरूलाई फर्कन अनुमति दिने बदलामा हमासले थप ६ जना इजरायली बन्धकलाई रिहा गर्नेछ ।

    यसअघि इजरायली प्रधानमन्त्री नेतान्याहूले ‘हमासले यसै हप्ता थप ६ जना इजरायली बन्धकलाई रिहा गर्ने र उत्तरी गाजाका मानिसहरूलाई सोमबारदेखि आफ्नो घर फर्कन अनुमति दिइने’ बताएका थिए ।

    सर्वसाधारणलाई रिहा नगरिएका कारण इजरायलले उत्तरी गाजाका मानिसहरूलाई आफ्नो घर फर्कन अनुमति दिइरहेको थिएन । इजरायलले हमासमाथि युद्धविराम सम्झौताका शर्तहरू उल्लंघन गरेको आरोप लगाएको थियो । सम्झौता अन्तर्गत इजरायलका आम नागरिकहरूलाई पहिले रिहा गर्नुपर्ने थियो ।

    गाजामा युद्धविराम सम्झौता लागू भएदेखि हमासले अहिलेसम्म सात जना बन्धकलाई रिहा गरिसकेको छ । बदलामा इजरायलले २०० प्यालेस्टिनी कैदीलाई रिहा गरेको छ । युद्धविरामपछि मानिसहरू घर फर्कन उत्सुक थिए । बीबीसी संवाददाता रुश्दी अबु अलुफले प्यालेस्टिनी जनता घर फर्कन पाउँदा एकैसाथ खुसी र दुःखी भएको उल्लेख गरेका छन् ।

    एक वर्षभन्दा बढी समयदेखि घर फर्कने क्षणको प्रतीक्षामा रहेकाहरू खुसी देखिए पनि टाढा टाढासम्म विनाशका दृश्य देखेर उनीहरू दुःखी भएका छन् । गाजा सहरको उत्तरी र पश्चिमी भागका केही क्षेत्रहरू यहाँ शक्तिशाली भूकम्प गएकोजस्तो देखिन्छ । यद्यपि, केही मानिस अझै पनि घर जान सकिरहेका छैनन् । यिनैमध्येका एक हुन् ५५ वर्षीय खालिद राबा ।

    उनले भने, ‘हामी हाल खान युनिसमा छौँ । यो दक्षिणी गाजा पट्टीमा छ । म मूल रूपमा जबालियाबाट आएको हुँ । यो उत्तरी क्षेत्रमा छ । हामी पनि जाने योजनामा थियौँ तर जबालियामा रहेका हाम्रा आफन्तले हामीलाई नआउन भने । मेरो भाइले मलाई अहिले नआउन भन्यो । त्यहाँ घरहरू भत्किएका छन् । मानिसहरू सडकमा छन् र कसैले पनि सहयोग गरिरहेको छैन ।’

    स्याटेलाइट तस्बिरहरूको विश्लेषण अनुसार, गाजा पट्टीमा सबैभन्दा बढी क्षति उत्तरी गाजामा भएको छ । जनवरी ११ सम्म उत्तरी गाजा प्रशासनिक क्षेत्रका दुई तिहाइभन्दा बढी भवन ध्वस्त भइसकेका थिए । सम्पूर्ण गाजा पट्टीमा यो औसत ५९.८ प्रतिशत हो । जबकि गाजा सहरको प्रशासनिक क्षेत्रमा यो ७४.२ प्रतिशत हो ।

    घर फर्कन चाहनेहरूलई पैदलमात्र नभएर कार लिएर आउन पनि अनुमति दिइएको छ तर यसका लागि उसले अनुसन्धानको चरणबाट गुज्रिनुपर्नेछ । बीबीसी संवाददाता रुश्दी अबु अलुफका अनुसार कारबाट आउने मानिसहरूलाई चेकपोइन्ट पार गर्न धेरै दिन लाग्नेछ ।

    डोनाल्ड ट्रम्पको भनाइप्रति जर्मनीको प्रतिक्रिया

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजालाई ‘ध्वस्त ठाउँ’ भनेका थिए । गाजाबाट विस्थापित प्यालेस्टिनीहरूलाई इजिप्ट र जोर्डनले आश्रय प्रदान गरून् भन्ने उनी चाहन्छन् । यसरी ठाउँ दिने काम अस्थायी पनि हुन सक्ने र दीर्घकालीन पनि हुन सक्ने उनले बताएका थिए ।

    ट्रम्पको यो भनाइको हमास र प्यालेस्टिनी प्राधिकरण दुवैले निन्दा गरेका छन् । जोर्डन र इजिप्टले पनि यो प्रस्ताव अस्वीकार गरेका छन् । जर्मन विदेश मन्त्रालयले पनि यसबारे एक विज्ञप्ति जारी गरेको छ । जर्मनीले युरोपेली संघ, अरब सहयोगीहरू र संयुक्त राष्ट्र संघ प्यालेस्टिनीहरूलाई गाजाबाट विस्थापित गर्नु हुँदैन र गाजा स्थायी रूपमा इजरायलले कब्जा गर्न सक्दैन भन्ने मान्यता राख्दै आएको प्रस्ट पारेको छ ।

    गाजाको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली आक्रमणमा हालसम्म ४७ हजार २०० प्यालेस्टिनीको मृत्यु भइसकेको छ । हमासले सन् २०२३ अक्टोबर ७ मा इजरायलमाथि आक्रमण गर्दा एक हजार २०० इजरायली मारिएका थिए भने २५१ जनालाई हमासले बन्धक बनाएको थियो । (एजेन्सी)

    मङ्गलबार, माघ १६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ ५ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: जेठ, २०८३
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख ३० गते बुधवार:

    • २.
      आज २०८३ साल वैशाख ३१ गते बिहीवार:

    • ३.
      आज २०८३ साल जेठ १ गते शुक्रवार:

    • ४.
      आज २०८३ साल जेठ ३ गते (१७

    • ५.
      आज २०८३ साल जेठ २ गते शनिवार:

    • ६.
      मासिक राशिफल: जेठ, २०८३

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ ५ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ ३ गते (१७ मे २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      मासिक राशिफल: जेठ, २०८३

    • ५.
      आज २०८३ साल जेठ १ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख ३१ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख ३० गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ वैशाख २९ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer