• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, असार २०, २०८३
☰
शनिबार, असार २०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

सात महिनामा सवा छ अर्बको लसुन आयात


  •   मङ्गलबार, फागुन २७, २०८१ मा प्रकाशित
  • काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को सात महिनामा नेपालमा छ अर्ब २६ करोड ५४ लाख रुपियाँ बराबरको चार करोड ७५ लाख ६१ हजार केजी सुकेको लसुन आयात भएको छ । यो देशको आन्तरिक खपतका लागि हो वा यसमा अन्य कुनै कारण छ भन्ने आशङ्का भएको छ । भन्सार विभागले पनि यसलाई अस्वाभाविक आयात भएको उल्लेख गरेको छ ।

    Advertisement

    पाँच वर्षअघि आव २०७६/७७ मा ३१ करोडको लसुन आयात भएको नेपालमा यो आवको पहिलो सात महिनामा महिनामा नै छ अर्ब २६ करोड ५४ लाख रुपियाँ बराबरको लसुन आयात भएपछि यसको आन्तरिक खोजीमा सरकारी निकाय लागेको छ । यो अवधिमा नौ लाख २० हजार रुपियाँ बराबरको लसुन निर्यात भएको छ । बाँकी रहेको लसुन कहीँ भण्डारण गरेको पनि देखिँदैन ।

    नेपालमा उपभोक्ताको अलावा चाउचाउ र अचार उद्योगले ठुलो परिणाममा लसुनको प्रयोग गर्ने गरेका छन् ।

    नेपाल दक्षिण एसियाली सौविध्यपूर्ण व्यापार व्यवस्था (साफ्टा) को सदस्य राष्ट्र भएकाले विभिन्न देशबाट आयात भएको सामग्री सहजै भारत निर्यात हुने भएकाले नेपालको बाटो हुँदै चीनको लसुन भारत पुगेको अनुमान सरकारी निकायको छ ।

    अस्वाभाविक रूपमा लसुन आयात भए पनि त्यसको मूल्य पनि अकासिएको छ । धेरै परिमाण आएको समयमा लसुनको मूल्यमा गिरावट आउनुपर्ने भए पनि त्यो हुन सकेको छैन । कालिमाटी फलफूल तथा तरकारी बजारमा आइतबार एक किलो चिनियाँ लसुनको औसत मूल्य २७० रुपियाँ छ । आम उपभोक्ताले एक किलो लसुनको पाँच सय रुपियाँसम्म तिर्ने बाध्यता रहेको उल्लेख गरेका छन् । वर्षअघिसम्म १५० रुपियाँसम्म मूल्य पुग्ने गरेको थियो ।

    वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक राजन पौडेलले नेपालमा लसुन आयातमा कुनै बन्देज नभएको र प्रतिबन्धित सामग्रीमा नपर्ने भएकाले नेपालमा सहज आयात र नेपालबाट भारतमा पनि सहजै जान सक्ने सम्भावना रहेको बताउनुभयो । उहाँले आयातनिर्यातको पाटोमा भन्सार विभागसँग जिम्मेवारी रहने र आफूहरूले पनि सो विषयमा खोजी गरिरहेको उल्लेख गर्नुभयो । भन्सार विभागका निर्देशक तथा सूचना अधिकारी मुक्तिप्रसाद श्रेष्ठले आयातको मात्रा बढेसँगै अनुसन्धान शाखाले त्यसको अध्ययन थालेको उल्लेख गर्नुभयो ।

    नेपालमा वार्षिक १२ हजार मेट्रिक टन लसुन उत्पादन हुने कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्याङ्क छ । नेपालमा उत्पादन भएको लसुनप्याजको भण्डारण गर्ने पूर्वाधार छैन । आव २०७९/८० मा नौ हजार ५७० हेक्टर क्षेत्रफलमा लसुन खेती गरिएको थियो । वरिष्ठ कृषि अर्थविज्ञ महानन्द जोशीले नेपालमा मासिक एक अर्बको लसुन खपत गर्ने उपभोक्ता नै नभएको र त्यत्रो परिमाणमा आयात गरिएको लसुन कहाँ गयो भनेर हेरिरहेको जानकारी दिनुभयो । ठुलो परिमाणमा लसुन आयात हुँदा पनि लसुनको मूल्य नघट्नुले अचम्ममा पारेको उहाँले स्पष्ट पार्नुभयो । नेपालीले वार्षिक ३९ मेट्रिक टन लसुनको खपत गर्ने गरेकोमा पहिलो छ महिनामै त्यसको तीन गुणा धेरै लसुन आयात भइसकेको छ ।

    मङ्गलबार, फागुन २७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १४ गते (२८

    • २.
      आज २०८३ साल असार १६ गते (३०

    • ३.
      आज २०८३ साल असार १८ गते (२

    • ४.
      आज २०८३ साल असार १५ गते (२९

    • ५.
      आज २०८३ साल असार १९ गते (३

    भर्खरै

    • १.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer