• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
मङ्गलबार, जेठ ०५, २०८३
☰
मङ्गलबार, जेठ ०५, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख ३० गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख ३१ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ १ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ ३ गते (१७ मे २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल जेठ २ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. मासिक राशिफल: जेठ, २०८३

  • ७. आज २०८३ साल जेठ ५ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

भारतीय प्रधानमन्त्री मोदीलाई १९ तोपको सलामी सहित भव्य स्वागत


  •   आइतबार, चैत २४, २०८१ मा प्रकाशित
  • काठमाडौं । कोलम्बोले छिमेकी भारत र यसको सबैभन्दा ठूलो ऋणदाता चीनसँगको सम्बन्धलाई सन्तुलनमा राख्दै गर्दा श्रीलङ्काका राष्ट्रपतिले शनिबार प्रधानमन्त्री नरेन्द्र मोदीलाई भव्य स्वागत गर्नुभएको छ ।

    Advertisement

    राष्ट्रपति अनुरा कुमार दिसानायकेले मोदीलाई १९ तोपको सलामीसहित स्वागत गर्नुभयो । वामपन्थी राष्ट्रपति दिसानायकेले गत वर्षको चुनाव जितेपछि कोलम्बो भ्रमण गर्ने मोदी पहिलो विदेशी गन्यमान्य व्यक्ति हुनुहुन्छ ।

    दिसानायके र मोदीले ऊर्जा, रक्षा र स्वास्थ्यसम्बन्धी सम्झौताहरूमा हस्ताक्षर गर्नुहुने अपेक्षा गरिएको छ तर भ्रमणको मुख्य आकर्षण भारत समर्थित एक सय २० मेगावाटको सौर्य ऊर्जा परियोजनाको सुरुआत हुनेछ ।

    मुलुकको उत्तरपूर्वी त्रिङ्कोमाली जिल्लामा रहेको सौर्य विद्युत् परियोजना वर्षौंदेखि रोकिएको थियो तर नयाँदिल्लीको समर्थनमा संयुक्त परियोजनाका रूपमा पुनर्जीवित भएको छ ।

    शुक्रबार साँझ कोलम्बो आइपुगेपछि श्रीलङ्कामा आफ्नो ‘शानदार स्वागत’ को प्रशंसा गर्दै मोदीलाई राजधानीको इन्डिपेन्डेन्स स्क्वायरमा सम्मान गारद अर्पण गरिएको थियो ।

    कोलम्बोले नयाँदिल्ली र बेइजिङको प्रतिस्पर्धात्मक चासोसँग जुधिरहेको बेला मोदीको भ्रमण भएको हो ।

    नयाँदिल्ली श्रीलङ्कामा चीनको बढ्दो प्रभावको बारेमा चिन्तित छ । यसलाई भारतले आफ्नो भूराजनीतिक प्रभावको क्षेत्रभित्र रहेको ठान्छ ।

    क्षेत्रीय सहयोगीहरू 

    दिसानायकेको पहिलो विदेश भ्रमण डिसेम्बरमा नयाँदिल्ली थियो । तर त्यसपछि उहाँले जनवरीमा बेइजिङको भ्रमण गर्नुभयो । यसले श्रीलङ्काको नाजुक सन्तुलन कायम राख्ने प्रयासलाई उजागर गर्दछ ।

    सन् २०२२ मा श्रीलङ्काले आफ्नो सार्वभौम ऋणमा डिफल्ट गर्दा १४ अर्ब डलरको द्विपक्षीय ऋणको आधाभन्दा बढी हिस्सा ओगटेको चीन श्रीलङ्काको सबैभन्दा ठूलो एकल द्विपक्षीय ऋणदाताका रूपमा देखा परेको छ ।

    चीन श्रीलङ्कालाई आफ्नो ऋणको पुनर्गठन गर्ने पहिलो देश पनि थियो । यस कदमले यस टापु मुलुकुलाई त्यस वर्षको सबैभन्दा खराब आर्थिक मन्दीबाट उम्कन बाटो खुलाएको थियो ।

    कोलम्बोले जनवरीमा चिनियाँ सरकारको स्वामित्वमा रहेको कम्पनीसँग टापुको दक्षिणमा रहेको तेल प्रशोधन केन्द्रमा तीन अर्ब ७० करोड डलर लगानी गर्ने सम्झौतामा पनि हस्ताक्षर गरेको थियो ।

    यो श्रीलङ्काको सबैभन्दा ठूलो एकल विदेशी लगानी हुनेछ र टापुको अर्थतन्त्रका लागि महत्त्वपूर्ण मानिएको छ ।

    नयाँदिल्लीले श्रीलङ्कामा चीनको बढ्दो प्रभावप्रति चिन्ता व्यक्त गरेको छ ।

    मोदीको श्रीलङ्का भ्रमण थाइल्यान्डमा भएको शिखर सम्मेलन र क्षेत्रीय राष्ट्रका नेताहरूसँगको बैठकपछि भएको हो । थाइल्यान्डमा उहाँले छिमेकीहरूसँग भारतको सम्बन्धलाई सुदृढ पार्न खोज्नुभएको थियो ।

    बैंककमा बङ्गालको खाडीमा सात राष्ट्रको समूह बिमस्टेक बैठकको अवसरमा मोदीले म्यानमाका जुन्ता प्रमुख मिन आङ ह्लाइङसँग दुर्लभ आमने–सामने बैठक गर्नुभएको थियो ।

    मोदीले शुक्रबार छिमेकी बङ्गलादेशका अन्तरिम नेता मुहम्मद युनुससँग पनि कुराकानी गर्नुभएको थियो । यो ढाकामा क्रान्तिले नयाँदिल्लीका दीर्घकालीन मित्र शेख हसिनालाई हटाएर सम्बन्धहरू बिगारेपछि पहिलो यस्तो बैठक थियो ।

    भारत हसिनाको सरकारको सबैभन्दा ठूलो हितैषी थियो र उहाँको पतनपछि सीमापारी सम्बन्धहरू बिग्रिको थियो । यसको परिणामस्वरूप युनुसले गत महिना चीनमा आफ्नो पहिलो राजकीय भ्रमण गर्ने निर्णय गर्नुभयो ।

    मोदीले शुक्रबार बैंककमा आफ्ना नेपाली समकक्षी केपी शर्मा ओलीसँग पनि भेटवार्ता गर्नुभएको थियो । साथै उहाँले भुटानका चेरिङ तोबगायसँग पनि भेट गर्नुभएको थियो ।

    आइतबार, चैत २४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ ५ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: जेठ, २०८३
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख ३० गते बुधवार:

    • २.
      आज २०८३ साल वैशाख ३१ गते बिहीवार:

    • ३.
      आज २०८३ साल जेठ १ गते शुक्रवार:

    • ४.
      आज २०८३ साल जेठ ३ गते (१७

    • ५.
      आज २०८३ साल जेठ २ गते शनिवार:

    • ६.
      मासिक राशिफल: जेठ, २०८३

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ ५ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ ३ गते (१७ मे २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      मासिक राशिफल: जेठ, २०८३

    • ५.
      आज २०८३ साल जेठ १ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख ३१ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख ३० गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ वैशाख २९ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer