• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, असार ११, २०८३
☰
बिहिबार, असार ११, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ७. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

अन्तर्राष्ट्रिय पत्रकार महासंघ अमेरिकाद्वारा पुरुषोत्तम दाहाल सम्मानित


  •   बिहिबार, चैत २८, २०८१ मा प्रकाशित
  • काठमाडौं । वरिष्ठ पत्रकार तथा हिमालय टाईम्सका प्रधानसम्पादक प्रा.पुरुषोत्तम दाहाल अमेरिकामा सम्मानित हुनुभएको छ । अन्तर्राष्ट्रिय पत्रकार महासंघ, अमेरिकाले उहाँलाई सम्मान अर्पण गरेको हो । रेडियो पत्रकारितादेखि छापा पत्रकारितासम्म, प्राध्यापनदेखि सामाजिक क्षेत्रसम्म, लेखन तथा साहित्यसम्म उल्लेखनीय योगदान पुर्‍याएको भन्दै महासंघले सम्मान अर्पण गरेको जनाएको छ ।

    Advertisement

    अमेरिका भ्रमणमा रहनुभएका बेला उहाँसँग अमेरिकाको भर्जिनिया मनासस शहरमा भेटघाट, चियापान र उहाँका कुरा सुन्ने कार्यक्रम महासंघले आयोजना गरेको थियो । महासंघ, अमेरिकाका सल्लाहकारसमेत रहनुभएका उहाँको त्यस अवसरमा विभिन्न व्यक्तित्वले यस क्षेत्रमा पुर्‍याएको योगदानको चर्चा गरेका थिए । महासंघका सल्लाहकार, अग्रज पत्रकार, कान्तिपुर दैनिकका संस्थापक योगेश उपाध्यायले दाहालको पत्रकारिता इतिहासदेखि वर्तमानसम्मका बारेमा चर्चा गर्दै उहाँले पत्रकारिताको क्षेत्रमा दिनुभएको योगदान कहिल्यै बिर्सिन नसकिने बताउनुभयो ।

    पत्रकार एवं पुरुषोत्तम दाहालका पत्रकारिताका शिष्य गौतम दाहालले उहाँको पत्रकारिता जीवनको बारेमा चिनारीसहित आफ्ना मन्तव्य राख्नुभएको थियो । सम्मानपश्यात दाहालले भन्नुभयो, ‘आज म अमेरिकामा यसरी सम्मानित हुन पाउँदा अत्यन्त खुशी लागेको छ । आयोजकलाई धन्यवाद दिन्छु ।’ आफ्ना मन्तव्य राख्दै उहाँले भन्नुभयो, ‘अमेरिकामा बस्ने नेपालीले नेपालका नेतालाई सम्मान गर्ने र आफू अपमानित हुने काम नगर्नु होला । बरू आफूपछिको दोस्रो पुस्तालाई आफ्नो भाषा संस्कृति सिकाउने काम गर्नु होला । आफू जन्मेको माटोमा आफूले सिकेको अनुभव प्रयोग गर्न प्रेरणा दिनु होला ।’ उहाँले समसामयिक विविध विषयमा पनि आफ्ना आफूलाई लागेका कुराहरू साझा गर्नुभएको थियो ।

    अन्तर्राष्ट्रिय पत्रकार महासंघ, अमेरिकाका अध्यक्ष रामप्रसाद खनालले सम्मानित दाहालका बारेमा आफ्ना भनाइ राख्दै आफ्नो रेडियो पत्रकारिता र छापा पत्रकारिताको पनि अग्रज अभिभावक भएको बताउनुभयो । खनालले भन्नुभयो, ‘दाहालले नेपालका अग्रज पत्रकार जसले रेडियो पत्रकारितादेखि छापा पत्रकारितासम्म, प्राध्यापनदेखि सामाजिक क्षेत्रसम्म, लेखन तथा साहित्यसम्म महत्वपूर्ण योगदान दिनुभएका अन्तर्राष्ट्रिय पत्रकार महासंघ, अमेरिकाका सल्लाहकार प्राध्यापक पुरुषोत्तम दाहाललाई अमेरिकामा रहेका समस्त पत्रकारहरू, नेपाली समुदाय, एन आर एनका तर्फबाट सम्मान गर्न पाउँदा खुशी लागेको छ ।’

    लेखक साहित्यकारहरू सीता पाण्डे, वसन्त श्रेष्ठ, प्रा.गोपी उप्रेतीदेखि उपस्थित विश्व बन्धु प्रसाईं हुँदै समाजका विभिन्न व्यक्तित्वले आ-आफ्ना भनाइ राख्दै दाहालका विविध पक्षको चर्चा गर्नुभएको थियो । उक्त कार्यक्रममा वासिंटन डिसी मेट्रो एरियाका धेरै संघसंस्थाका अगुवाहरू पनि उपस्थित हुनुहुन्थ्यो । सोही अवसरमा दाहालद्वारा लिखित कृति ‘शान्ता’ पनि वितरण गरिएको थियो भने प्राडा.गोपी उप्रेतीको कृति ‘प्रकृत्या सह जीवनम’ पनि सार्वजनीकरण गरिएको थियो ।

    प्रा.दाहालले सम्मानका लागि महासंघका अध्यक्ष रामप्रसाद खनाल, वरिष्ठ पत्रकार योगेश उपाध्याय, वरिष्ठ कवि साहित्यकार वसन्त श्रेष्ठ, वरिष्ठ पत्रकार गुणराज लुइँटेल र विश्वराज थापासहित केशव बराल, गौतम दाहाल, सीता पाण्डे, रामशरण हुमागाईं, रामचन्द्र सुवेदी, प्राडा.गोपी उप्रेती, प्रभा भट्टराई देउजा, विश्वबन्धु प्रसाईं, परशुराम भण्डारी, राम वस्याल, लक्ष्मीकान्त गौडेल, केदार तिमल्सिना, डिबी सागर, विशाल कार्की, मुकुन्द दाहाल, सुवोध रेग्मी, भरत रेग्मी, मधु भण्डारी, यशोदा भण्डारी र कार्यक्रममा उपस्थित सबै धन्यावाद दिनुभएको थियो ।

    बिहिबार, चैत २८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ५ गते (१९

    • २.
      आज २०८३ साल असार ८ गते (२२

    • ३.
      आज २०८३ साल असार ७ गते (२१

    • ४.
      आज २०८३ साल असार ९ गते (२३

    • ५.
      आज २०८३ साल असार ६ गते (२०

    • ६.
      आज २०८३ साल असार ११ गते (२५

    भर्खरै

    • १.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer