• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, असार ११, २०८३
☰
बिहिबार, असार ११, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ७. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

चिनियाँ उत्पादनमा १०४ प्रतिशत कर लगाउने ट्रम्पको घोषणा


  •   बिहिबार, चैत २८, २०८१ मा प्रकाशित
  • काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दर्जनौं अर्थतन्त्रमाथि दण्डात्मक भन्सार दर बुधबार लागु भएको छ । यसमा चिनियाँ सामानहरूमा १०० प्रतिशत भन्दा बढी कर समावेश छ र यसले विनाशकारी विश्वव्यापी व्यापार युद्धलाई नाटकीय रूपमा बढाएको छ । सप्ताहन्तदेखि लागू भएका व्यापक १० प्रतिशत भन्सार दरहरूले विश्व अर्थतन्त्रलाई हल्लाएपछि बुधबार बिहान १२.०१ बजे (०४०१ जिएमटी) युरोपेली संघ (इयु) वा जापानजस्ता निर्यातकहरूबाट संयुक्त राज्य अमेरिकामा आयातमा दरहरू थप बढेका छन् ।

    Advertisement

    वासिंटनको शीर्ष आर्थिक प्रतिद्वन्द्वी तर प्रमुख व्यापारिक साझेदार समेत रहेको चीन सबैभन्दा बढी प्रभावित भएको छ । ट्रम्प हृवाइट हाउसमा फर्केपछि चिनियाँ उत्पादनहरूमा लगाइएका भन्सार दरहरू अहिले आश्चर्यजनक रूपमा १०४ प्रतिशत पुगेको छ । हृवाइट हाउसले जापान र दक्षिण कोरियाजस्ता सहयोगीलाई प्राथमिकता दिने भन्दै मंगलबार आफ्नो सरकारले व्यापारिक साझेदारसँग ‘अनुकुल सम्झौताहरू’मा काम गरिरहेको ट्रम्पले बताउनुभयो ।

    उहाँका शीर्ष व्यापार अधिकारी जेमिसन ग्रिरले पनि सिनेटलाई अर्जेन्टिना, भियतनाम र इजरायलले आफ्नो कर घटाउने प्रस्ताव गरेको बताउनुभयो । मंगलबार राति साथी रिपब्लिकनसँगको रात्रिभोजमा ट्रम्पले देशहरू सम्झौता गर्न ‘आतुर’ रहेको बताउनुभयो । ‘म तपाईंलाई भन्दैछु, यी देशहरू मलाई चाट्दै हामीलाई फोन गरिरहेका छन्’, उहाँले भन्नुभयो । तर, बेइजिङले पछि हट्ने कुनै संकेत देखाएको छैन । चीनले व्यापार युद्ध ‘अन्त्यसम्म’ लड्ने र आफ्नो हितको रक्षा गर्न प्रतिकारको वाचा गरेको छ ।

    चीनले अमेरिकी सामानमा लगाएको ३४ प्रतिशत कर बिहीबारदेखि लागू हुने भएको छ । अमेरिकी राष्ट्रपतिले आफ्नो नीतिले कम्पनीलाई संयुक्त राज्य अमेरिकामा स्थानान्तरण गर्न बाध्य पार्दै अमेरिकाको हराएको उत्पादन आधारलाई पुनर्जीवित गर्ने विश्वास गर्नुभएको छ । तर, धेरै व्यापार विशेषज्ञहरू र अर्थशास्त्रीहरूले यो कति चाँडो-यदि कहिल्यै-हुन सक्छ भन्नेमा प्रश्न उठाउँदै भन्सार दरले मूल्य बढाउँदा उच्च मुद्रास्फीतिको चेतावनी दिन्छन् । मंगलबार ट्रम्पले संयुक्त राज्य अमेरिकाले करबाट ‘दैनिक लगभग दुई अर्ब डलर’ कमाइरहेको बताउनुभयो ।

    चीन ‘सम्झौता गर्न चाहन्छ’
    उहाँले सुरुमा चिनियाँ सामानहरूमा ३४ प्रतिशत अतिरिक्त भन्सार दर घोषणा गर्नुभएको थियो । तर, चीनले अमेरिकी उत्पादनहरूमा समान मात्राको आफ्नै भन्सार दर लगाएपछि ट्रम्पले अर्को ५० प्रतिशत भन्सार शुल्क थप्नुभयो । फेब्रुवरी र मार्चमा लगाइएको विद्यमान करहरू गणना गर्दा यसले ट्रम्पको दोस्रो राष्ट्रपतिको कार्यकालमा चिनियाँ सामानहरूका लागि सञ्चयी भन्सार शुल्क वृद्धि १०४ प्रतिशत पुग्नेछ ।

    बेइजिङले ‘नराम्रो तरिकाले सम्झौता गर्न चाहन्छ, तर यसलाई कसरी सुरु गर्ने भन्ने थाहा छैन’ भन्दै ट्रम्पले बल चीनको कोर्टमा रहेको जोड दिनुभएको छ । मंगलबार अबेर ट्रम्पले संयुक्त राज्य अमेरिकाले औषधिहरूमा ‘धेरै चाँडै’ प्रमुख भन्सार दर घोषणा गर्ने पनि बताउनुभयो । छुट्टै, क्यानडाले केही अमेरिकी अटो आयातमा आफ्नो भन्सार दर लागू हुने बताएको छ ।

    चीन ‘आत्मविश्वासी’
    पछिल्लो दिनमा विश्वव्यापी शेयर बजारबाट खर्बौं डलरको मूल्य समाप्त भएपछि एसियाका बजारहरू बुधबार फेरि खुल्दा हङ्कङ तीन प्रतिशत भन्दा बढी र जापानको निक्केई दुई दशमलव सात प्रतिशतले घटेको छ । विदेशी मुद्रा बजारमा पनि गिरावट देखिएको छ । दक्षिण कोरियाली वोन यस हप्ता २००९ पछि डलरविरुद्ध सबैभन्दा कमस्तरमा झरेको छ । बेइजिङको केन्द्रीय बैंकले बुधबार युआनलाई कमजोर पार्न कदम चालेसँगै चीनको अपतटीय युआन पनि अमेरिकी डलरविरुद्ध अहिलेसम्मकै कममा झरेको छ । यो गिरावटलाई ब्लुमबर्गले लगातार पाँचौं दिन भनेको छ ।

    तेलको मूल्य घटेको छ । पश्चिम टेक्सास मध्यवर्ती सन् २०२१ अप्रिलपछि पहिलोपटक ४६० भन्दा तल बन्द भयो । युरोपेली संघ (इयु) ले तनाव कम गर्न खोजेको छ । समूहका प्रमुख उर्सुला भन डेर लेयनले चिनियाँ प्रधानमन्त्री ली चियाङसँगको कुराकानीमा व्यापार द्वन्द्व बढाउन नहुने चेतावनी दिनुभएको छ । उहाँले विश्व अर्थतन्त्रको स्थिरताका साथै ‘थप तीव्रता रोक्ने आवश्यकता’ मा जोड दिनुभएको इयुको विवरणले बताएको छ ।

    चिनियाँ प्रधानमन्त्रीले भन डेर लेयनलाई ‘दिगो र स्वस्थ आर्थिक विकास कायम राख्न पूर्ण आत्मविश्वास छ’ भन्दै आफ्नो मुलुकले ‘आँधीबेहरीको सामना गर्न सक्ने’ बताउनुभयो । इयुले अगामी हप्ता २० प्रतिशतको नयाँ करहरूको जवाफमा आफ्नो प्रतिक्रिया सार्वजनिक गर्न सक्छ । इयुको भन्सार व्यवस्थाबारे ट्रम्पले कटु आलोचना गर्नुभएको छ ।

    गत महिना लागू भएको अमेरिकी स्टिल र एलुमिनियम करको बदलामा इयुले सोयाबिनदेखि मोटरसाइकलसम्मका अमेरिकी सामानहरूमा २५ प्रतिशतसम्म कर लगाउने योजना बनाएको एएफपीले उल्लेख गरेको छ ।

    अनुकूलित सम्झौताहरू
    वाल स्ट्रिटका प्रमुख सूचकांकहरू मंगलबार घटेर बन्द भए । व्यापक-आधारित एस एण्ड पी ५०० एक दशमलव छ प्रतिशतले घटेको थियो । भन्सार दरहरूमाथि घर्षणको एक सार्वजनिक संकेतमा ट्रम्पका प्रमुख सहयोगी एलन मस्कले वरिष्ठ हृवाइट हाउस व्यापार सल्लाहकार पिटर नभारोलाई ‘इँटाको झोलाभन्दा मूर्ख’ भनेर वर्णन गर्नुभयो । ट्रम्पको व्यापार नीतिमा आफ्नो विरोधको संकेत दिएका नाभारोले आफ्नो टेस्ला कम्पनीलाई सस्तो विदेशी पाट्र्स चाहने ‘कार एसेम्बलर’ भनेर वर्णन गरेपछि मस्क आक्रोशित हुनुभएको थियो । (एएफपी)

    बिहिबार, चैत २८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ५ गते (१९

    • २.
      आज २०८३ साल असार ८ गते (२२

    • ३.
      आज २०८३ साल असार ७ गते (२१

    • ४.
      आज २०८३ साल असार ९ गते (२३

    • ५.
      आज २०८३ साल असार ६ गते (२०

    • ६.
      आज २०८३ साल असार ११ गते (२५

    भर्खरै

    • १.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer