काठमाडौं । भ्वाइस अफ नेपाल सिजन ६ को ग्राण्ड फिनाले सम्पन्न भएको छ । यस वर्षका उत्कृष्ट चार प्रतिस्पर्धी रोशन राई, प्रोशेष पाण्डे, प्रमेश राई र अर्पणा आचार्यमध्ये प्रोशेष पाण्डेले उपाधि जित्नुभएको छ । यस सिजनको शीर्ष प्रायोजक क्लोज अपले विजेता पाण्डेलाई एक लाख नगद पुरस्कार प्रदान गरेको छ ।
पुरस्कार युनिलिभर नेपालका कानुन प्रमुख तथा कम्पनी सचिव गोविन्द शाहीले हस्तान्तरण गर्नुभएको हो । कम्पनीका अनुसार क्लोज अपले सधैं संगीत र आत्मविश्वासका साथ आफूलाई जोड्दै आएको छ । ताजगी र नजिकिने आत्मबलमार्फत् मानिसहरूलाई जोड्ने ब्राण्डको मान्यतासँग मेल खाने गरी क्लोज अपको साझेदारी केवल ब्राण्ड प्रवद्र्धनमात्र नभई युवा प्रतिभालाई अभिव्यक्तिका लागि प्रोत्साहित गर्ने उत्सव रहेको कम्पनीले उल्लेख गरेको छ । क्लोज अपले सधैं आत्म-अभिव्यक्ति र ताजगीको विश्वासमा अडिग रही मानिसलाई एकअर्कासँग नजिक ल्याउने प्रयास गर्दै आएको छ ।




