काठमाडौं । गायक कुमा सागर र ख्वपा ब्यान्डको सांगीतिक अष्ट्रेलिया भ्रमण सम्पन्न भएको छ । अष्ट्रेलियाको सिड्नीमा रहेको वाइएनवाई इभेन्टसद्वारा आयोजित सांगीतिक कार्यक्रम ‘हावाको लहरसँगै अष्ट्रलिया टुर २०२’ नाम दिइएको उक्त टुर २४ मार्च २०२५ मा सिड्नीमा सुरु भएर अष्ट्रेलियाको अरू प्रमुख शहरहरू ब्रिसबेन, क्यानबेरा, होबार्ट र पर्थहुँदै अन्तिम शो मेलबर्नमा आयोजना गरिएको थियो ।
Advertisement
कुमा सागर र ख्वपा ब्यान्डको यो पहिलो अन्तर्राष्ट्रिय भ्रमण र प्रस्तुति रहेको थियो । सन् २०२३ को डिसेम्बरमा वाइएनवाइ इभेन्टस र यात्री इन्टरटेन्मेन्टले आयोजना गरेको सिड्नीको एक कार्यक्रममा भने कुमा सागर एक्लैले प्रस्तुति दिनुभएको थियो ।




