काठमाडौं । अष्ट्रेलियाले बुधबार १६ वर्ष मुनिका प्रयोगकर्ताहरूमाथिको प्रतिबन्धमा युट्युबलाई पनि समावेश गर्ने घोषणा गरेको छ। यो घोषणाले प्लेटफर्मलाई यस उपायबाट छुट दिएको अघिल्लो निर्णयलाई उल्टाएको छ।
एक अध्ययनले ३७ प्रतिशत नाबालिगहरूले युट्युबमा हानिकारक सामग्रीको सामना गरेको देखाएको छ जुन अन्य सामाजिक प्लेटफर्महरू भन्दा बढी भएको बताइएको छ।
प्रधानमन्त्री एन्थोनी अल्बानीजले “यो निर्णय अष्ट्रेलियाली बालबालिकाको कल्याणको रक्षा गर्न हो” भनि जोड दिएका छन्।
युट्युबले भने यो एक भिडियो प्लेटफर्म भएको र सामाजिक सञ्जाल नभएको वर्णन गर्दै यसले मुख्यतया निःशुल्क र गुणस्तरीय सामग्री प्रदान गर्ने दाबी गरेको छ।
सबै प्लेटफर्महरूलाई अनुपयुक्त सामग्रीबाट युवाहरूलाई जोगाउनका लागि उपायहरू लिन आवश्यक रहेको सरकारले उल्लेख गरेको छ।
यो प्रतिबन्ध डिसेम्बरमा लागू हुने अपेक्षा गरिएको छ भने १६ वर्ष मुनिका बालबालिकाहरूको हकमा उनीहरुका अभिभावक र शिक्षकहरूलाई मात्र प्लेटफर्म प्रयोग गर्न अनुमति दिने टेलीग्राफले रिपोर्ट गरेको छ।(एजेन्सी)